
टोकियो/जापान। जापानको गर्मीले केवल दैनिकी असहज मात्रै बनाइरहेको छैन । निरन्तर बढिरहेको उच्चतापक्रमले ज्यानै लिने खतरनाक स्थितिमा पुगेको छ। पछिल्लो एक सातामै ९ हजार ५ सयभन्दा बढी व्यक्तहरु हिटस्ट्रोक(लु) का कारण अस्पताल भर्ना भए । यो तथ्यांकले जापानभर कायम गर्मी गम्भीर अवस्थामा पुगेको संकेत गरेकोछ। देशका विभिन्न अस्पताल र आपतकालीन सेवाहरू यतिबेला हिटस्ट्रोकका बिरामीहरूको उपचारमा अत्यधिक चापमा छन्।
अग्निनियन्त्रण विभागका अनुसार, जुलाई २८ देखि अगस्ट ३ सम्मको एक सातामा ९,५०७ जना नागरिक हिटस्ट्रोकको लक्षण देखिएपछि एम्बुलेन्समार्फत अस्पताल भर्ना गरिएका छन्।अघिल्लो हप्ताको तुलनामा बिरामीको संख्या केही घटेको देखिए पनि, मृत्यु हुनेको संख्या १८ पुगेको छ,जुन अघिल्लो हप्ताभन्दा २ जना बढी हो।
यसरी अस्पत्ताल भर्ना हुनेहरुमा गम्भीर र मध्यम अवस्थाका ३,५५३ जना रहेका थिए भने सामान्य अवस्थाका ५,८३६ जना रहेका थिए । सोहि अवधीमा १८ जनाको निधन भएको बताईएको छ।
यो वर्षको मे १ देखि अगस्ट ३ सम्म ६२ हजार ६ सय ३३ जना मानिस हिटस्ट्रोकका कारण अस्पताल पुगेका छन्। अघिल्लो वर्षको यो अवधिमा ५८ हजार ८ सय ५ जना मात्रै थिए । यो वर्ष करिब ३?८०० जना बढी बिरामी भएका छन् ।
जापानका थुप्रै क्षेत्रमा तापक्रम ३८ डिग्री सेल्सियस नाघेको छ। गर्मी मात्र हैन, ह्युमिडिटी (आर्द्रता) समेत उच्च हुँदा शरीरमा ताप सन्तुलन गुम्न गई बिरामी खतरा झनै बढेको छ। विशेषगरी वृद्ध, बालबालिका, एक्लै बसोबास गर्नेहरू, अनि खुला क्षेत्रमा काम गर्ने श्रमिकहरू उच्च जोखिममा छन्।
गर्मी अझै जारी रहने अनुमान भएकाले, पानी निरन्तर पिउनुहोस्, एअर कन्डिसनर प्रयोग गर्न नहिच्किचाउनुहोस्, बाहिर काम गर्दा बारम्बार विश्राम लिनुहोस् र टाढा बस्ने वृद्धजन तथा आफन्तसँग नियमित सम्पर्क राख्नुहोस्।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




