टोकियो/जापान। जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको विज्ञ समिति बैठकले अगाडि बढाएको नयाँ नीतिअनुसार, अब “आपतकालीन गर्भनिरोधक औषधि” (मर्निङ–आफ्टर पिल) चिकित्सकको प्रेस्क्रिप्सन बिना नै औषधि पसल वा ड्रगस्टोरमा खरिद गर्न सकिने भएको छ।
बैठकले दिएको अनुमतिअनुसार, औषधि खरिद गर्दा अनिवार्य रूपमा फार्मासिस्टसँग प्रत्यक्ष भेटेर व्याख्या सुन्नुपर्ने र त्यसपछि फार्मासिस्टकै उपस्थितिमा त्यहीँ सेवन गर्नुपर्ने नियम लागू हुनेछ।
यो औषधि सम्भोगपछि ७२ घण्टा भित्र सेवन गर्दा गर्भधारण रोक्ने सम्भावना उच्च हुने बताइन्छ। तर हालसम्म जापानमा यसलाई केवल चिकित्सकको प्रेस्क्रिप्सनमार्फत मात्र पाउन सकिन्थ्यो। यस कारण नागरिक समाज र अधिकार समूहहरूले सजिलै उपलब्ध हुने व्यवस्था गर्न माग गर्दै आएका थिए।
नयाँ व्यवस्थाअनुसार, उमेरको कुनै सीमा हुनेछैन। यस व्यवस्थाको कार्यन्वयन पश्चात नाबालिगले पनि आमाबाबुको सहमति बिना खरिद गर्न सक्ने छन् । केवल विशेष तालिम प्राप्त फार्मासिस्टले मात्र बिक्री गर्न पाउने व्यवस्था हुनेछ।
स्वास्थ्य मन्त्रालयले यसबारे सार्वजनिक सल्लाह (पब्लिक कमेन्ट) संकलन गरेर औपचारिक प्रक्रिया अघि बढाउने जनाएको छ। मन्त्रालयका अनुसार, साधारणतया यस्तो अनुमोदनमा तीनदेखि चार महिना लाग्ने भएकाले, आउँदो वसन्तदेखि औषधि पसलमा सहज रूपमा खरिद गर्न सकिने सम्भावना रहेको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




