
टोकियो,जापान। जापानको चिकित्सा खर्च सन २०२३ को बितिय वर्षमा इतिहासकै सबैभन्दा उच्च स्तरमा पुगेको छ। जापानको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको अन्तिम प्रतिवेदनअनुसार सन् २०२३ अप्रिलदेखि २०२४ मार्चसम्मको एक वर्षमा कुल चिकित्सा खर्च त्यस अघिको वर्षको तुलनामा ३ प्रतिशतले बढ्दै ४८.१ ट्रिलियन येन पुगेको हो। यो जापानको चिकित्सा इतिहासकै सबैभन्दा ठूलो खर्च मानिएको छ।
रोग वा चोटपटकको उपचारका लागि स्वास्थ्य संस्थाहरूमा तिर्नुपर्ने प्रतिव्यक्ति औसत चिकित्सा खर्च ३ दशमलव ५ प्रतिशतले वृद्धि भई ३ लाख ८६ हजार ७ सय येन पुगेको छ। यो रकम पनि अहिलेसम्मकै उच्च हो, जसले स्वास्थ्य प्रणालीमा आर्थिक दबाब बढेको संकेत गर्दछ।
चिकित्सा खर्च बढ्नुका प्रमुख कारणहरूमा इन्फ्लुएन्जा (फ्लू) का संक्रमणमा उल्लेख्य वृद्धि, वृद्ध जनसंख्या तीव्र गतिमा बढ्नु, र अत्याधुनिक प्रविधि प्रयोग हुने महँगा उपचारहरूको विस्तार रहेका छन्। यी कारणहरूले आगामी वर्षहरूमा खर्च अझ बढ्न सक्ने आँकलन गरिएको छ।
विशेषगरी ६५ वर्ष वा सोभन्दा माथिका व्यक्तिहरूको प्रतिव्यक्ति खर्च ७ लाख ९७ हजार २ सय येन पुगेको छ, जुन ६५ वर्ष मुनिका व्यक्तिहरूको औसत खर्च २ लाख १८ हजार येनको तुलनामा ३ दशमलव ७ गुणा बढी हो। यस उमेर समूहले मात्र २८ खरब ९ सय अर्ब येन खर्च गरेका छन्, जुन राष्ट्रिय कुल चिकित्सा खर्चको करिब ६० प्रतिशत हो।
चिकित्सा खर्च धान्न प्रयोग गरिएका मुख्य आर्थिक स्रोतहरूमा केन्द्र तथा स्थानीय सरकारको कोषबाट १८ खरब येन, सार्वजनिक स्वास्थ्य बीमा प्रिमियमबाट २४ खरब १ अर्ब येन, र बिरामीहरूले प्रत्यक्ष तिर्नुपरेको रकम ५ खरब ७ अर्ब येन रहेको छ। यसले सरकार, बीमित नागरिक र उपचार लिने व्यक्तिमा प्रत्यक्ष आर्थिक दबाब परेको स्पष्ट देखिन्छ।
प्रान्तगत रूपमा हेर्दा कोची प्रान्तको प्रतिव्यक्ति चिकित्सा खर्च सबैभन्दा बढी ४ लाख ९६ हजार ३ सय येन रहेको छ। त्यसपछि कागोशिमा ४ लाख ६९ हजार ८ सय येन, र तोकुसिमा तथा नागासाकी ४ लाख ६७ हजार १ सय येनमा समान खर्च भएको छ।
सबैभन्दा कम खर्च भएको प्रान्त साइतामा हो, जहाँ प्रतिव्यक्ति चिकित्सा खर्च ३ लाख ४२ हजार ५ सय येन मात्र रहेको छ।
स्वास्थ्य विशेषज्ञहरूका अनुसार वृद्ध जनसंख्या बढ्दै गएको, उपचार प्रविधि अझ महँगिँदै जाने र दीर्घरोगीहरूको संख्या बढिरहेको हुनाले आगामी वर्षहरूमा जापानको चिकित्सा खर्च निरन्तर बढ्ने अनुमान गरिएको छ। यसका लागि रोकथाममुखी स्वास्थ्य नीति, बीमा प्रणाली सुधार र उपचार सेवाको कार्यक्षमता वृद्धि अत्यावश्यक रहेको सुझाव दिइएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




