टोकियो । जापानको स्वास्थ्य मन्त्रालयले ती, औषधिहरूको सार्वजनिक स्वास्थ्य बीमा कवरेज पुनरावलोकन गर्ने तयारी गरेको छ, जसका सामग्री र प्रभाव ओभर–द–काउन्टर (OTC) अर्थात् सामान्य रूपमा पाइने औषधिसँग मिल्दोजुल्दो छन्।
यो कदम देशको बढ्दो स्वास्थ्य खर्चलाई नियन्त्रण गर्नका लागि लिइएको हो। हाल बीमाको अन्तर्गत पर्ने कतिपय प्रिस्क्रिप्सन औषधिहरू समान ओटीसी औषधिभन्दा सस्तो मूल्यमा उपलब्ध हुने भएकाले खर्च बढ्न सहयोग पुगेको सुझावपछि मन्त्रालयले यो विषयमा छलफल अघि बढाएको हो।
मन्त्रालयले प्रिस्क्रिप्सन प्रणाली यथावत राख्दै, यस्ता औषधिहरूको व्यक्तिगत तर्फको (out-of-pocket) भुक्तानी दर केही बढाउने योजना पनि अध्ययन गरिरहेको छ।
सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी नयाँ गठबन्धन साझेदार जापान इन्नोभेसन पार्टी (निप्पोन इशिन नो काई) र अहिले प्रतिपक्षमा रहेको कोमेइतोलाई समेत समावेश गरी गत जुन महिनामा भएको सहमतिअनुसार यस्तो पुनरावलोकन अघि बढाइने भएको हो।
तीनै दलबीचको सहमतिमा कामकाजी पुस्ताको बीमा प्रिमियम भार घटाउने उद्देश्य राखिएको छ। साथै, आवश्यक स्वास्थ्य परीक्षण सुनिश्चित गर्ने र दीर्घ रोग भएका बिरामी तथा न्यून आय भएका व्यक्तिहरूमा पर्न सक्ने आर्थिक प्रभावलाई समेत ध्यानमा राखिने उल्लेख गरिएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




