टोकियो, जापान। जापानमा अत्यधिक गर्मीका कारण हीटस्ट्रोकका बिरामीको संख्या तीव्र रूपमा बढेको छ। जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयअन्तर्गतको अग्नि तथा विपद् व्यवस्थापन एजेन्सीका अनुसार जुलाई १३ देखि १९ सम्मको एक सातामा देशभर १० हजार ८५७ जना हीटस्ट्रोकका कारण अस्पताल पुर्याइएका छन्।
यो संख्या यस वर्ष पहिलो पटक १० हजार नाघेको हो। अघिल्लो साताको ४ हजार ५८० जनाको तुलनामा यो दुई गुणाभन्दा बढी वृद्धि हो। साथै, जुन महिनाभरि अस्पताल भर्ना गरिएका ४ हजार ६४ जनाको कुल संख्याभन्दा पनि धेरै हो।
एक साताको अवधिमा १४ जनाको मृत्यु भएको छ। यस्तै, ४ हजार ३८२ जना गम्भीर वा मध्यम अवस्थाका कारण अस्पतालमा भर्ना भएका छन् भने ६ हजार ३६१ जना सामान्य उपचारपछि घर फर्किएका छन्।
क्षेत्रगतरूपमा ओसाकामा सबैभन्दा धेरै १ हजार ४१ जना, त्यसपछि आइचीमा ७९७ जना र टोकियोमा ७८३ जना अस्पताल पुर्याइएका छन्।
उमेरका आधारमा हेर्दा ६५ वर्ष वा सोभन्दा माथिका ६ हजार ७३४ जना प्रभावित भएका छन्, जुन कुल संख्याको आधाभन्दा बढी हो। त्यसपछि १८ देखि ६५ वर्ष उमेर समूहका ३ हजार २७० जना, ७ देखि १८ वर्षका ७९८ जना र ७ वर्षभन्दा कम उमेरका ५५ जना रहेका छन्।
घटनास्थलका आधारमा सबैभन्दा धेरै घरभित्रै ४ हजार ५२३ जना प्रभावित भएका छन्। त्यसपछि सडकमा २ हजार ३२६ जना तथा खेलमैदान, पार्किङ क्षेत्र, रेल स्टेशनका प्लेटफर्मलगायत बाहिरी स्थानमा १ हजार ९५ जना प्रभावित भएका छन्।
अग्नि तथा विपद् व्यवस्थापन एजेन्सीले अहिलेको अत्यधिक गर्मीलाई “विपद्को अवस्था” सरह रहेको भन्दै प्यास लाग्नुअघि नै बारम्बार पानी पिउन, एयर कन्डिसनर उचित रूपमा प्रयोग गर्न, बाहिर काम गर्दा नियमित विश्राम लिन र गर्मीबाट बच्ने सबै सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




