टोकियो/जापान। नेपाल जापान फुटबल संघ (NJFA) जापानको आयोजनामा आज पहिलोपटक नेपाली बालबालिकाहरूका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम वाराबीस्थित निशिकिचो स्पोर्ट्स हिरोबामा सफलता पूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा ४३ जना नेपाली बालबालिकाहरूले उत्साहपूर्वक भाग लिएका थिए। प्रशिक्षण बिहान ९:०० देखि ११:०० बजेसम्म सञ्चालन भएको थियो। कार्यक्रमको प्रमुख आकर्षणका रूपमा पूर्व नेपाली राष्ट्रिय खेलाडी तथा नेपाल जापान फुलबल संघका पूर्व अध्यक्ष बसन्त गौचनले मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए।
संघका अध्यक्ष रोशन बजिमायो र उपाध्यक्ष सुजित थापा मगरले पनि प्रशिक्षण दिनुका साथै बालबालिकाहरूलाई प्रेरित गर्न सक्रिय सहभागिता जनाएका थिए। कार्यक्रमलाई सफल बनाउन विभिन्न स्वयंसेवी तथा अभिभावकहरूको समेत महत्वपूर्ण साथ रह्यो।
संघका पूर्व अध्यक्ष बसन्त गौचनप्रति विशेष आभार व्यक्त गर्दै,गौचनको प्रेरणादायी अनुभव, मार्गदर्शन र उत्साहवर्धक उपस्थितिले कार्यक्रमलाई थप सफल र व्यवस्थित बनाउन मद्दत गरेको संघले जनाएको छ।
आगामी प्रशिक्षण तालिका
नेपाल जापान फुटबल संघले अगामी दिनहरूमा पनि नियमित रूपमा फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै जाने जनाएको छ। तालिका यसप्रकार छ:
वाराबी (Nishikicho Sports Hiroba):
• ९ अगस्ट (शुक्रबार), बिहान ९:०० – ११:००
• १६ अगस्ट (शुक्रबार), बिहान ९:०० – ११:००
• २३ अगस्ट (शुक्रबार), बिहान ९:०० – ११:००
• ६ सेप्टेम्बर (शुक्रबार), बिहान ९:०० – ११:००
इचिकावा (Edogawa Riverbed Green Space):
• प्रत्येक आइतबार बिहान ९:०० – ११:००
सम्पर्क व्यक्तिहरू:
• बिशाल कार्की
• कमल बलाल
नेपाल जापान फुटबल संघ (NJFA) जापानले सबै अभिभावक, स्वयंसेवी र सहभागीहरूलाई हार्दिक धन्यवाद दिँदै जापानमा रहेका नेपाली बालबालिकाहरूको खेलकुद क्षमताको विकास र उज्ज्वल भविष्य निर्माणमा सबैको सहकार्यको अपेक्षा राखेको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




