काठमाडौ। हानुल टुर एण्ड ट्राभलको दोश्रो बार्षिकोत्सवको उपलक्ष्यमा कोरिया गई फर्किनुभएका कोरिया रिटर्नी साथीहरू र नेपालमै बसोबास गर्नुहुने कोरियनहरूको बीचमा आउदै गरेको कोरियन महान चाड(पर्व) छुसकको अवसरमा काठमाडौं तार्केश्वर स्थित “PRARAMVA WORLD SCHOOL & COLLAGE” मा मैत्रीपूर्ण फुट्सल प्रतियोगिता,सुमधुर भेटघाट कार्यक्रम, लक्कि-ड्र मार्फत् उपहार प्रदान सँगसँगै कोरियन-नेपाली विभिन्न परिकारको खाना सहित एकआपसमा शुभकामना आदानप्रदानको कार्यक्रम सम्पन्न भएको छ।
यस कार्यक्रममा नेपालमा बिभिन्न पेशा र ब्यबसायमा लामो समय देखि बसोबास गर्दै आउनु भएका कोरियन नागरिकहरू र कोरियाबाट फर्केका नेपाली दाजुभाई दिदीबहिनीहरूको बाक्लो उपस्थिती रहेको थियो।
मैत्रीपूर्ण फुटसल प्रतियोगितामा कोरियाका विद्यार्थीको एक टिमसहित ३ समुह र कोरिया गई नेपाल फर्किएका नेपाली रिटर्नी र विद्यार्थी सहित ४ टिमले फुटसलमा सहभागी जनाएका थिए ।
दक्षिण कोरियादेखि नेपाल आई विभिन्न व्यापार व्यवसाय गरी नेपालमै बसोबास गरिरहनुभएका कोरियन नागरिक तथा कोरियामा वर्षौंसम्म रोजगार गरी नेपालमै आई पुनः विभिन्न व्यवसायमा व्यस्त रहनुभएका कोरिया रिटनिस्टहरुबीच अर्को वर्षदेखि बृहत रुपमा कार्यक्रम गर्ने हानेउल टुर्स एण्ड ट्राभल्सका प्रमुख बिनोद चापागाईले बताए ।
यस प्रकारको कार्यक्रमले आपसी कोरियन नेपाली बिचको सुमधुर सम्बन्ध कायम रहि कला संस्कृति आदान प्रदान हुने नेपालमा रहेका कोरियनहरूको एक मात्र साझा संस्था हान्ईन ह्वे का अध्यक्षले बताए।
हानुल टुर्स एण्ड ट्राभल्सले कार्यक्रममा सहभागीहरुमध्ये एकजनालाई काठमाडौँदेखि कोरियासम्मको आउने जाने टिकट र काठमाडौँदेखि पोखरासम्मको चारजनालाई एकतर्फी हवाई टिकट र एक रातको लागि होटेल सहितको उपहार लकी ड्रबाट वितरण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




