काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी ‘साम्बा’ ले फ्रान्सको शीर्ष डिभिजन फुटबल खेल्ने भएकी छन्।
युरोपको प्रतिष्ठित शीर्ष पाँच लिगमा पर्ने फ्रान्सको शीर्ष डिभिजन क्लबमा अनुबन्धन भएसँगै उनी ऐतिहासिक उपलब्धि प्राप्त गर्ने नेपाली महिला खेलाडी बनेकी छन्। उनलाई फ्रेन्च क्लब अन आभान्ट ग्वेंगाम्पसँग डेढ वर्षको सम्झौता गरेको छ ।
केही समयअघि उनी इजरायली क्लब हापोएल रानानाबाट ब्यबसायिक फुटबल खेलेकी थिइन्। तर युद्धका कारण उनी इजरायलबाट फर्किएकी थिइन्। उनले छोटो समयमा नै इजरायली क्लबमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्दा उनी फ्रेन्च क्लबको नजरमा परेकी थिइन्। उनी सोमबारनै फ्रान्स प्रस्थान गर्दै औपचारिक अनुबन्धनपछि उनले आफ्नो आवद्धता सार्वजानिक गरेकी हुन्।
सावित्राले ग्वेंगाम्पमा २८ नम्बर जर्सी प्रयोग गर्नेछिन्। क्लबले उनको अनुबन्धन घोषणा गरेसँगै अब शनिबार हुने लिग खेलमा उनको डेब्यु हुन सक्ने सम्भावना रहेको छ। अंक तालिकामा पछिल्लो क्रममा संघर्षरत ग्वेंगाम्पले बोर्डोको सामना गर्दैछ।
ग्वेंगाम्प लिगको १२ खेलमा २ जित, २ बराबरी र ८ हारका साथ ८ अंक जोड्दै दसौं स्थानमा छ। बोर्डोको १२ खेलमा ५ अंक छ। १२ टोली सम्मिलित लिगमा अझै यो सिजन १० खेल बाँकी रहेको छ।
फ्रान्सेली लिग महिला फुटबलमा विश्वकै उत्कृष्ट मध्यको एक मानिन्छ। ओलम्पिक लिओने र पेरिस सेन्ट जर्मेनमा विश्व स्तरीय फुटबलर खेल्छन् र च्याम्पियन्स लिगमा पनि दाबेदारी रहँदै आएको छन्।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




