युएईमाथि सानदार जित निकाल्दै नेपाल १० वर्षपछि टी–२० विश्वकपमा

काठमाडौं । आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा युएईमाथि ८ विकेटको सानदार जित दर्ता गर्दै नेपालले टी–२० विश्वकपमा स्थान बनाएको छ । नेपालले १० वर्षपछि टि२० विश्वकपमा स्थान बनाएको हो । नेपालले २०१४ मा पहिलो टि२० विश्वकप खेलेपनि त्यसपछि पुन खेल्न सकेको थिएन । जितको लागि १ सय ३५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले १७ ओभर...

करातेकी एरिकालाई एसियाडमा ऐतिहासिक रजत पदक

काठमाडौं । नेपाली कराते खेलाडी एरिका गुरुङले १९ औं एसियाली खेलकुदमा शनिबार ऐतिहासिक रजत पदक जितेकी छन् । हाङझावस्थित लिन्पिङ स्पोर्ट्स सेन्टर जिम्न्याजियममा एरिकाले महिला ६८ केजीमाथि तौलसमूहमा नेपालका लागि ऐतिहासिक रजत दिलाएकी हुन् । फाइनलमा एरिका काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३–० अंकले पराजित भइन् । यसअघि एरिकाले सेमिफाइनलमा हङकङकी यान काई होलाई ८–४ अंकले हराउँदै स्वर्ण भिडन्त पक्का गरेकी थिइन्...

सानदार प्रदर्शनका बावजुत नेपाल भारतसँग पराजित

काठमाडौ. । एसियाली खेलकुद (एसियाड) अन्तर्गत क्रिकेटको क्वाटरफाइनलमा नेपालले सानदार ब्याटिङ प्रदर्शन गरेपनि भारतसँग २३ रनले पराजित भएको छ। यससँगै नेपाल एसियाडबाट बाहिरिएको छ । जितको लागि २ सय ३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७९ रनमात्र बनाउन सक्यो । नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३२ रनको योगदान दिएपनि हार टार्न सकेन ।...

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा म्यानमारसँग नेपालको हार

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत सोमबार घरेलु टोली म्यानमारसँग १–० ले पराजित भएको छ । म्यानमारको यांगोनस्थित थुवुना रंगशालामा नेपाल खेलको अन्त्यतिर गोल खाँदै पराजित हुन पुगेको हो । विन नाइन तुनले काउन्टर अट्याकमा निर्णायक गोल गरे । यसअघि पहिलो खेल गोलरहित बराबरीमा टुंगिएको थियो । पहिलो हाफमा नेपालले पाएको अवसर सदुपयोग गर्न नसक्दा...

भारतसँगकाे हारसँगै नेपाल साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरियो

काठमाडौं । आयोजक भारतसँग २–० ले पराजित हुँदै नेपाल साफ च्याम्पियनसिप २०२३ को समूह चरणबाटै बाहिरिएको छ । बेंगलोरस्थित कन्तिरभा रंगशालामा भारतले समूह ए को दोस्रो खेलमा भारतसँग २–० ले पराजित भएसँगै नेपाल लगातार दोस्रो हार बेहोर्दै साफको समूह चरणबाट बाहिरिएको हो । भारतको जितमा कप्तान सुनिल क्षेत्री र मिडफिल्डर महेश नाओरेमले गोल गरे । पहिलो हाफमा नेपालले राम्रो प्रदर्शन...

नेदरल्यान्ड्ससँगकाे हारसँगै नेपालको विश्वकप खेल्ने सपना समाप्त

काठमाडौं । आइसिसी विश्वकप छनोट २०२३ मा आफ्नो समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएसँगै नेपालको सुपर सिक्स हुँदै विश्वकप खेल्ने सपना समाप्त भएको छ । नेपाल चार मध्ये तीन खेलमा हारका साथ समूह चरणबाटै बाहिरिएको हो । १ सय ६८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले २७.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । नेदरल्यान्ड्सको जितमा ओपनर...

वेस्ट इन्डिजसँग नेपाल १ सय १ रनले पराजित

काठमाडौं । आइसिसी विश्वकप छनोटमा नेपाल चार पटकको विश्व च्याम्पियन वेस्ट इन्डिजसँग १ सय १ रनको फराकिलो अन्तरले पराजित भएको छ । ३ सय ४० रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपाल ४९.४ ओभरमा २ सय ३८ रनमा अल आउट भयो । आरिफ शेखले सर्वाधिक ६३ रन बनाए । गुलशन झाले ४२ रन बनाए । करण केसीले २८ रन बनाए ।...

आइसीसी एकदिवसीय विश्वकप छनोटमा अमेरिकामाथि नेपालको सानदार जित

काठमाडौ । अलराउन्डर करण केसीको उत्कृष्ट बलिङ र भीम सार्कीको अर्धशतकीय योगदानमा नेपालले आइसीसी एकदिवसीय विश्वकप छनोटमा अमेरिकामाथि ६ विकेटको सानदार जित दर्ता गरेको छ । यस जितसँगै नेपालको शीर्ष तीनमा रहेर सुपर सिक्समा रहने सम्भावना बलियो बनेको छ । २ सय ८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ४३ ओभरमा ४ विकेट गुमाउँदै पूरा ग¥यो । नेपालको जितमा भीम सार्की...

आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपाल जिम्बावेसँग ८ विकेटले पराजित

काठमाडौं । कप्तान क्रेग एर्विन र सेन विलियम्सको शतक पूरा गरेको खेलमा नेपाल आइसिसी एकदिवसीय विश्वकप छनोटको पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग ८ विकेटले पराजित भएको छ । जितको लागी २ सय ९१ रनको बलियो विजयी लक्ष्य पछ्याएको जिम्बावेले ४४.१ ओभरमा २ विकेट गुमाउँदै पूरा ग¥यो । जिम्बावेको जितमा क्रेग इर्विनले १ सय २८ बलमा १५ चौका र १ छक्कासहित...

एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा भारतसँग नेपालको हार

काठमाडौं । घरेलु टोली नेपाल एनएससी काभा महिला भलिबल च्यालेन्ज कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा बलियो प्रतिस्पर्धी भारतसँग पराजित भएको छ ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद ९राखेप० को कभर्डहलमा बुधबार भएको खेलमा नेपाल भारतसँग ३–१ को सेटमा पराजित भएको हो । ] यस जितसँगै भारत समूह ‘ए’ को विजेता तथा नेपाल समूह उपविजेता बनेको छ । पहिलो सेटमा बिर्सन लायक प्रदर्शन...