काठमाडौं । जिल्ला अदालत काठमाडौंले युवती बलात्कार मुद्दामा दोषी ठहर भएका नेपाली क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछानेलाई ८ वर्ष जेल सजायसँगै ५ लाख रुपैयाँ जरिवाना र क्षतिपूर्ति सुनाएको छ ।

जिल्ला अदालत काठमाडौंले दुई साताअघि सन्दिपलाई बलात्कार गरेको आरोप दोषी ठहर  गरेको थियो । आज सन्दीपलाई ८ वर्ष जेल तथा जरिवाना र क्षतिपुर्ती गरि ५ लाख रुपैयाँ जिल्ला अदालत काठमाडौंंले सजाय सुनाएको छ ।

सन्दीपलाई ३ लाख जरिवाना र २ लाख युवतीलाई आर्थिक क्षतिपुर्ती तोकिएको छ । गतवर्ष भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर नाबालिगलाई बलात्कार गरेको आरोप सन्दीपमाथि लागेको थियो ।
भदौ २१ गते एक नाबालिगले सन्दीपले आफूलाई पटक पटक बलात्कार गरेको भन्दै प्रहरी वृत गौशालामा किटानी जाहेरी दिएकी थिइन ।
सन्दीपलाई गत पुष २८ मा उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
गत फागुन देखी सन्दीपले नेपाली क्रिकेट टोलीबाट खेल्दै आएका थिए । उनीको जिल्ला अदालत काठमाडौंमा लगातार बहस र पेशी चल्दै आएको थियो । पेशी लगातार सर्दै आएको थियो ।
सन्दीपले ९९ दिन काठमाडौंको सुन्धारामा रहेको जेलमा जीवन विताउनु परेको थियो । पाटनले धरौटीमा छाड्न आदेश दिएपछि उनी नेपाली टोलीमा फर्किएका थिए ।
नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजका पछिल्ला १२ खेल मध्य ११ खेल जित्दा सन्दीपको प्रदर्शन महत्वपूर्ण थियो ।
नेपालको ओडिआई मान्यता निरन्तरता दिन, नेपाललाई एसिया कपमा पुर्याउन र टि२० विश्वकपमा पुर्याउन सन्दीपले महत्वपूर्ण प्रदर्शन गरेका थिए ।
विदेश भ्रमणमा भने पेसीको कारण केहि झन्झटमा पर्दै आएका थिए । सन्दीप अब निर्दोष साबित नहुन सम्म नेपाली क्रिकेट टोलीबाट पनि खेल्न नपाउने क्यानका अध्यक्ष चतुर बहादुर चन्दले बताई सकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार