युएईंलाई हराउँदै नेपाल एसिसी प्रिमियर कप च्याम्पियन, अब एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने

काठमाडौं । एसिसी प्रिमियर कपको फाइनलमा युएईलाई ७ विकेटले हराउँदै नेपालले एसिया कपमा स्थान बनाएको छ । नेपाल च्याम्पियन बन्दै एसिया कपमा भारत र पाकिस्तानसँगको भेट पक्का गरेको हो । नेपाल सन् २००२ पछि पहिलो पटक एसिया कपमा स्थान बनाएको हो । १ सय १८ रनको सामान्य विजयी लक्ष्य नेपालले ३० ओभर ३ बलमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।...

जापानमा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा २ नेपाली तेक्वान्दो खेलाडीहरुले रजत र कास्य पदक हात पारे

ओसाका/जापान। जापानको ओसाकामा भएको जापान खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालले रजत र कास्य पदक हात पारेको छ। जापानको ओसाकामा भएको उन्नाईसौँ जापान वाटा ओपन च्याम्पियनसिप २०२३ खेल प्रतियोगितामा नेपालले तेक्वान्दो तर्फ दोस्रो स्थान हासिल गरेको छ। ब्ल्याक बेल्ट ४० वर्ष मुनिको खेलमा नेपालको तर्फबाट असोक खड्काले दोस्रो स्थान हासिल गर्दै रजत पदक हात पारेका छन् । उनले ६.२७ अंक सहित...

ओमानमाथि नेपालको कीर्तिमानी जित

काठमाडौं । कीर्तिमानै कीर्तिमान बनेको एसीसी प्रिमियर कपको खेलमा नेपालले ओमानमाथि ८४ रनको सानदार जित हात पारेको छ । लगातार दोस्रो जितसँगै नेपाल सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ । शुक्रबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले अहिलेसम्मकै उच्च ३ सय १० रनको योगफल खडा गर्यो । कुशल मल्लले सानदार शतक, अनि सोमपाल कामीले अर्धशतक बनाएपछि...

अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन जापान आईपुगेका नेपाली खेलाडीहरुलाई एन्फा समन्वय समिति जापानद्वारा स्वागत

टोकियो/जापान। जापानमा हुने १२ बर्ष मुनिका उमेर समुहको फुटबल प्रतियोगितामा सहभागि हुन जापान आईपुगेका नेपाली फुटबल खेलाडीहरुलाई अखिल नेपाल फुटबल संघ (एन्फा ) समन्वय समिति जापानले स्वागत गरेको छ । गत मंगलबार साँझ सिनओकुबो स्थित नेपाली रेष्टुरेन्ट पाराडाईजमा सम्पन्न भएको स्वागत कार्यक्रममा एन्फा समन्वय समिति जापानले नेपालबाट फुटबल खेल्न आएका १२ खेलाडी एवं प्रशिक्षकहरुलाई उपहार सहित जितको शुभकामना प्रदान गरिएको...

लाओसलाई हराउँदै नेपालले जित्यो थ्री नेसन्स कपको उपाधि

काठमाडौं । लाओसमाथि २–१ को सानदार पूनरागमन जित निकाल्दै नेपालले प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको छ । शुक्रबार दशरथ रंगशालामा सम्पन्न फाइनलमा नेपालको पूनरागमन जितमा आयुष घलान र मनिष डाँगीले गोल गरे । लाओसका लागि फोन्साक सिसाभाथको गोल सान्त्वना बन्यो । खेलको १७अ‍ौं मिनेटमा लाअ‍ोसले अग्रता लिन सफल भयो । उत्कृष्ट पासिङ मुभमा निर्मित आक्रमणलाई फोन्साक सिसाभाथले गोलमा परिणत...

थ्री नेसन्स कपमा लाओसमाथि नेपालको सहज जित

काठमाडौं । डिफेन्डर अनन्त तामाङ र फरवार्ड नवयुग श्रेष्ठको गोलमा नेपालले प्रधानमन्त्री थ्री नेसन्स कपमा लाओसमाथि सहज जित हात पारेको छ । घरेलु मैदानमा नेपालले लाओसमाथि २–० को सहज जित हात पारेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलको १८औं मिनेटमा पुजन उपरकोटीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार पोस्टभन्दा माथिबाट बाहिरियो । २५औं मिनेटमा एट भिंगखामले २५ यार्ड टाढाबाट...

साफ यू–१७ महिला च्याम्पियनसिपमा भारतसँग नेपालको हार

काठमाडौं । बंगलादेशको ढाकामा सोमबारदेखि शुरु भएको साफ यू–१७ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपाली युवा टोली बलियो भारतसँग ४–१ ले पराजित भएको छ । बिएसएसएस मोस्ताफा कमल स्टेडियममा भारतको जितमा शिलजी शाहजीले ह्याट्रिक तथा पुजाले एक गोल गरिन् । नेपालकी वर्षा ओलीले एक गोल फर्काइन् । १०औं मिनेटमा शिलजी शाहजीले गोल गर्दै भारतलाई १–० को अग्रता दिलाइन् । ४०औं मिनेटमा शिलजीले...

आसिफले जिते सिएमजे स्पिरिट अवार्ड

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा विकेटकिपर आसिफ शेखले मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले प्रदान गर्ने सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड २०२२ जितेका छन् । आसिफले सन् २०२२ को टी–२० विश्वकप छनोटमा आयरल्यान्डविरुद्ध देखाएको खेल भावनाको कारण इंग्ल्यान्डलाई दुई स्टारलाई पछि पार्दै उक्त अवार्ड जितेका हुन् । विश्व चर्चित क्रिकेट क्लब एमसिसीले सिएमजे स्प्रिरिट क्रिकेट अवार्ड २०१३ देखि प्रदान...

नेपालकी अन्जनी टेली आइबा वुमन्स वल्ड बक्सिङको क्वाटरफाइनलमा

काठमाडौं । नेपालकी अन्जनी टेली भारतको नयाँ दिल्लीमा जारी आइबा वुमन्स वल्ड बक्सिङ च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेकी छिन् । ५२ केजी तौल समुहमा हाइटीकी क्याटरिन मारिया स्टालिङलाई ५–० अंकले पराजित गर्दै अन्जनीले क्वाटरफाइनलमा स्थान बनाएकी हुन् । अब नेपाल विश्व च्यामपियनसिप पदकको लागि एक जित मात्र टाढा छ । पहिलो राउण्डमा ५ जना जजहरुले अन्जलीलाई जिताउँदा दोस्रो राउण्ड मारियाको पक्षमा...

विश्वकप छनोटमा पुर्याउने नेपाली क्रिकेट खेलाडीलाई सरकारले जनही ३ लाख दिने घोषणा

काठमाडौं । नेपाल सरकारले सोझै विश्वकप छनोटमा पुर्याउने नेपाली क्रिकेट खेलाडीलाई जनही तीन लाख रुपैयाँ दिने घोषणा गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालमार्फत क्रिकेट खेलाडीलाई जनही तीन लाख दिने घोषणा गरेका छन् । विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दै प्रतिखेलाडी ३ लाख पुरस्कारको घोषणा...