काठमाडौं । एसिसी प्रिमियर कपको फाइनलमा युएईलाई ७ विकेटले हराउँदै नेपालले एसिया कपमा स्थान बनाएको छ । नेपाल च्याम्पियन बन्दै एसिया कपमा भारत र पाकिस्तानसँगको भेट पक्का गरेको हो ।
नेपाल सन् २००२ पछि पहिलो पटक एसिया कपमा स्थान बनाएको हो । १ सय १८ रनको सामान्य विजयी लक्ष्य नेपालले ३० ओभर ३ बलमा ३ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा गुलशन झाले ८३ बलमा ३ चौका र ६ छक्कासहित अविजित ६७ रनको योगदान दिए । भीम सार्की ७२ बलमा ४ चौकासहित ३६ रनमा क्रिजमा रहे ।
नेपालको सुरुवात भने राम्रो हुन सकेको थिएन । नेपालले दोस्रो ओभरको दोस्रो बलमै ओपनर कुशल भुर्तेललाई एक रनमा गुमाएको थियो । अर्का ओपनर आसिफ शेख ८ रनमा आउट भए । कप्तान रोहित पौडेललाई १ रनमै बोल्ड हुँदा नेपाल २२–३ को अवस्थामा पुगेको थियो । युएईका स्पिनर रोहन मुस्तफाले १० ओभरमा ३ मेडनसहित १३ रन खर्चेर २ विकेट लिए ।
त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३३.१ ओभरमा १ सय १७ रनमा अल आउट भयो । सोमबार वर्षाको कारण २७.३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ रन बनाएको अवस्थामा खेल रोकिँदा मंगलबार ११ रन जोड्दै युएई १ सय १७ रनमा अल हुन पुगेको थियो ।
आसिफ खानले सर्वाधिक ४६ रन बनाए । जहुर खान पनि आउट भए । तर पानी परेपछि खेल स्थगित भएको थियो । अन्तिम विकेटको रुपमा जुनैद सिद्दिक १० रनमा आउट भए । युएईका कप्तान मोहम्मद वासिम ११ रनमा आउट भए । वृत्य अरविन्द ८ रनमै क्याच आउट भए । आर्यन लाक्रा १३ रनमा आउट भए । रमिज शाहजाद ५ रनमा क्याच आउट भए । रोहन मुस्तफा २ रनमा क्याच आउट भएपछि युएई ५१–५ को दयनीय अवस्थामा पुगेको थियो ।
बसिल १० रनमा बोल्ड आउट भए । नेपालको जितमा स्पिनर ललितनारायण राजवंशीले ७.१ ओभरमा २ मेडनसहित १४ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा २ मेडनसहित ३४ रन खर्चेर २ विकेट लिए । करण केसीले ७ ओभरमा १ मेडनसहित २६ रन खर्चेर २ विकेट लिए । सोमपाल कामी र गुलशन झाले सामान एक विकेट लिए ।
एसिया कप आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुनेछ । समूह ए मा नेपाल र पाकिस्तान हुनेछन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




