काठमाडौं । घरेलु टोली नेपाल एनएससी काभा महिला भलिबल च्यालेन्ज कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा बलियो प्रतिस्पर्धी भारतसँग पराजित भएको छ ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद ९राखेप० को कभर्डहलमा बुधबार भएको खेलमा नेपाल भारतसँग ३–१ को सेटमा पराजित भएको हो । ]

यस जितसँगै भारत समूह ‘ए’ को विजेता तथा नेपाल समूह उपविजेता बनेको छ । पहिलो सेटमा बिर्सन लायक प्रदर्शन गर्दा नेपाल १२–२५ ले पछि परेको थियो । पहिलो सेट सहजै गुमाएको नेपालले दोस्रो सेटमा भारतलाई बलियो चुनौती पेश गर्दै अग्रता समेत लिएपनि भारतलाई २४–२६ ले नतिजा सुम्पन पुग्यो ।

प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको तेस्रो सेटमा १७–१७ को बराबरीबाट अग्रता लिदै २५–२१ ले खेल आफ्नो पक्षमा पार्दै नेपाललाई खेलमा कायम राखे । प्रतिस्पर्धातमक बनेको चौथो सेटमा नेपालले सुरुवातदेखि नै अग्रता बनाउँदै एक समय ३ अंकको अग्रता लिएपनि नेपालले त्यसलाई जोगाउन नसक्दा नतिजा नै सुम्पन पुग्यो । २०–२० को बराबरीबाट अवस्थाबाट पछि परेको नेपालले २१–२५ ले खेल सुम्पन पुग्यो ।

यस हारसँगै नेपालले भारतसँग हारको श्रृंखला जारी राख्यो । सन् २०१९ मा पछि पहिलोपटक प्रतिस्पर्धा गर्दा भारत नै हावी बन्यो । त्यसबेला नेपालले सुरुवाती दुई सेटमा अग्रता लिएपनि त्यसपछिको तीन सेट गुमाउँदै ऐतिहासिक जितबाट वञ्चित बनेको थियो ।

यस खेलसँगै काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनल समिकरण पूरा भएको छ । अब सेमिफाइनलमा नेपालले समूह ‘बी’ को विजेता काजकस्तानसँग खेल्नेछ । अर्को सेमिफाइनलमा समूह ‘ए’ को विजेता भारतले समूह ‘बी’ को उपविजेता उज्वेकिस्तानसँग खेल्नेछ । समूह ‘ए’ मा अपराजित रहेको भारतले ३ खेलबाट ९ अंक जोड््यो । भारतसँग हारेको नेपालले ३ खेलबाट ६ अंक जोड्यो ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार