नागोया/जापान। जापानको आइची प्रिफेक्चरको नागोयामा आयोजित २०औँ एशियाली खेलकुद आइतबार सम्पन्न भएको छ। ४५ देश तथा क्षेत्रका करिब ११ हजार खेलाडी सहभागी प्रतियोगितापछि अब सन् २०३० को एशियाली खेलकुद कतारको दोहामा हुनेछ।

चीन १६९ स्वर्णसहित कुल ३४१ पदक जितेर शीर्ष स्थानमा रह्यो। आयोजक जापानले ८३ स्वर्णसहित २६९ पदक जित्दा दक्षिण कोरियाले ३९ स्वर्णसहित १५० पदक हात पार्‍यो।

जापानका १७ वर्षीय शिन ओहाशीले २०० मिटर ब्रेस्टस्ट्रोक २ मिनेट ४.८३ सेकेन्डमा पूरा गर्दै विश्व कीर्तिमान बनाए। चीनकी १३ वर्षीया यु जिदी महिला तथा थाइल्यान्डका धावक पुरिपोल बुनसन पुरुष उत्कृष्ट खेलाडी घोषित भए।

खेलकुद उपलब्धिसँगै प्रतियोगिता व्यवस्थापनका कमजोरीले पनि चर्चा पायो। यातायात र आवासमा समस्या देखिए भने अनुमानित ६५ करोड अमेरिकी डलरको बजेट बढेर करिब २.५ अर्ब डलर पुगेको थियो।

जापानबाट बिदा भएको एसियाली खेलकुद अब चार वर्षपछि दोहामा फर्किनेछ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार