टोकियो/जापान। जापानमा अध्ययनरत नेपाली विद्यार्थीलाई शिक्षा, कानुनी व्यवस्था र रोजगारीबारे जानकारी दिँदै करियर योजनामा सहयोग पुर्याउने उद्देश्यले ‘विद्यार्थी सेमिनार–२०२६’ सम्पन्न भएको छ।
किरात राई यायोक्खा, टोकियो क्षेत्रीय समितिले आइतबार सिन्जुकुमा आयोजना गरेको सेमिनारमा नेपाली विद्यार्थी, विभिन्न क्षेत्रका विज्ञ तथा अतिथिहरू सहभागी भएका थिए। कार्यक्रममा जापानमा अध्ययनका अवसर, विद्यार्थीले सामना गर्ने चुनौती र अध्ययनपछिको रोजगारीबारे प्रस्तुति तथा अन्तरक्रिया गरिएको थियो।
अन्तर्राष्ट्रिय कानुनी व्यवसायी डा. बलराम श्रेष्ठले ‘जापानका नयाँ नियम तथा विदेशी विद्यार्थीले सामना गर्ने चुनौतीहरू’ विषयमा प्रस्तुति दिनुभएको थियो। उहाँले विद्यार्थीले अध्ययन तथा दैनिक जीवनमा ध्यान दिनुपर्ने कानुनी विषय र व्यावहारिक चुनौतीबारे जानकारी गराउनुभएको थियो।
डा. दिपेन्द्र ढकालले ‘जापानमा उच्च शिक्षाका अवसर तथा विदेशी विद्यार्थीका चुनौतीहरू’ विषयमा बोल्दै उच्च शिक्षाका सम्भावना, उपलब्ध अवसर र अध्ययनका क्रममा आइपर्ने कठिनाइबारे चर्चा गर्नुभएको थियो।
त्यस्तै, डा. विकास लम्सालले ‘अवसरहरू सिर्जना गर्दै जापानमा भविष्य निर्माण’ विषयमा धारणा राख्नुभएको थियो। उहाँले अध्ययनसँगै सीप र क्षमता विकास गर्दै उपलब्ध अवसरलाई दीर्घकालीन करियरसँग जोड्नुपर्नेमा जोड दिनुभएको थियो।
‘जापानमा अध्ययन, काम र करियर योजना’ विषयक सत्रमा विद्यार्थीहरूले अध्ययनपछि रोजगारीको बाटो तय गर्ने, आफ्नो शिक्षा तथा सीपअनुसार अवसर खोज्ने र भविष्यको योजना बनाउने विषयमा वक्ताहरूसँग प्रत्यक्ष छलफल गरेका थिए।
प्रश्नोत्तर तथा खुला अन्तरक्रियामा सहभागीले अध्ययन, रोजगारी र कानुनी व्यवस्थासम्बन्धी जिज्ञासा राखेका थिए। वक्ताहरूले उपलब्ध अवसरसँगै आफ्नो जिम्मेवारी र प्रचलित नियम–कानुनप्रति पनि सचेत रहनुपर्ने बताएका थिए।
समितिका अध्यक्ष भविन्द्र चाम्लिङ राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष म्यामराज राईले स्वागत मन्तव्य राख्नुभएको थियो। अर्का उपाध्यक्ष सन्तोष राईले सेमिनारको उद्देश्य तथा विषयवस्तुबारे जानकारी गराउनुभएको थियो भने कार्यक्रमको सञ्चालन टम्पशेर राईले गर्नुभएको थियो।
आयोजकले विद्यार्थी र विज्ञबीचको प्रत्यक्ष संवादले विद्यार्थीका वास्तविक समस्या तथा भविष्यका योजनाबारे स्पष्टता बढाउन सहयोग पुगेको जनाएको छ। कार्यक्रमको अन्त्यमा वक्ताहरूलाई प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा असामान्य रूपमा चाँडै फैलियो इन्फ्लुएन्जा, संक्रमितको संख्या लगातार बढ्दै
- एशियाली खेलकुद जापानमा सकियो, अब २०३० मा कतारमा हुने
- ओसाकास्थित नेपाली मन्दिरमा पाँचौँ चरणको सरसफाइ गर्दै ब्लु ब्वाइज युनियन
- जापानबाट जन्मभूमिमा खेलकुद अभियान जोड्दै दिलेन्द्र जोशी, लेकममा दशैं कप हुने
- जापानमा अक्टोबरदेखि भिसा नवीकरण शुल्क बढ्दै : १ वर्षको ३३ हजार, स्थायी बसोबासको २ लाख येन
- जापानमा नेपाली विद्यार्थीको पढाइ, रोजगारी र भविष्यबारे सेमिनार सम्पन्न
- नवलपुर समाज जापानको अध्यक्ष पदका लागि तीन जनाको नाम चर्चामा
- जनसम्पर्क समिति जापानले सबै क्षेत्रमा अधिबेसन गर्ने, प्रवक्तामा राजेश खनाल मनोनीत
- डायस्पोरा : विदेशमा नेपालको ‘बाह्रौँ खेलाडी’स्टेडियम भराउने नेपाली भीडले खेलाडीको प्रदर्शनमा कति फरक पार्छ?
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने




