टोकियो/जापान। जापानमा हुने १२ बर्ष मुनिका उमेर समुहको फुटबल प्रतियोगितामा सहभागि हुन जापान आईपुगेका नेपाली फुटबल खेलाडीहरुलाई अखिल नेपाल फुटबल संघ (एन्फा ) समन्वय समिति जापानले स्वागत गरेको छ ।
गत मंगलबार साँझ सिनओकुबो स्थित नेपाली रेष्टुरेन्ट पाराडाईजमा सम्पन्न भएको स्वागत कार्यक्रममा एन्फा समन्वय समिति जापानले नेपालबाट फुटबल खेल्न आएका १२ खेलाडी एवं प्रशिक्षकहरुलाई उपहार सहित जितको शुभकामना प्रदान गरिएको समितिका संयोजक एव पूर्व राष्ट्रिय खेलाडी शिव खडकाले जानकारी दिए ।

संयोजक खडकाले पूर्व राष्ट्रिय खेलाडी एवं सगै खेलेका खेलाडी राजेन्द्र तामाङ प्रशिक्षकको रुपमा जापान आईपुगेकोमा खुशी थप खुसी लागेको बताएका थिए । कार्यक्रममा पूर्व राष्ट्रिय खेलाडी हरि ठकुरी, बसन्त गौचन एवं राजेन्द्र तामाङले आफ्ना बिगतका अनुभवहरु साटेका थिए ।

अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि हुन १२ बर्ष मुनिका १२ खेलाडीका साथमा नेपालबाट एक प्रशिक्षक एव टिम म्यानेजर सहित १४ जनाको टोलि जापान आईपुगेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




