काठमाडौं । नेपालकी अन्जनी टेली भारतको नयाँ दिल्लीमा जारी आइबा वुमन्स वल्ड बक्सिङ च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेकी छिन् । ५२ केजी तौल समुहमा हाइटीकी क्याटरिन मारिया स्टालिङलाई ५–० अंकले पराजित गर्दै अन्जनीले क्वाटरफाइनलमा स्थान बनाएकी हुन् ।

अब नेपाल विश्व च्यामपियनसिप पदकको लागि एक जित मात्र टाढा छ । पहिलो राउण्डमा ५ जना जजहरुले अन्जलीलाई जिताउँदा दोस्रो राउण्ड मारियाको पक्षमा गएको थियो तर तेस्रो तथा अअन्तिम राउण्डमा मारियामाथि हावी हुँदै अन्जनीले खेल ५–० अंकले आफ्नो पक्षमा पार्न सफल भइन् ।

अब अन्जलीले बुधबार बेलारुसकी युलिया अपनासोमिचसँग प्रतिस्पर्धा गर्नेछिन् । युलियाले उजवेकिस्तानकी खेलाडीलाई स्पिट डिसिजनमा पराजित गरेको थियो । यसअघि नेपालको लागि पदकको अपेक्षा गरिएको सुष्मा तामाङ ४८ केजी तौल समुहमा बुल्गेरियाकी खेलाडीसँग ४–३ को झिनो अंको आधारमा पराजित हुँदै बाहिरिइन् ।

संगिता सुनार ६० केजी तौल समूहमा अष्टे«लियाकी खेलाडीसँग ४–१ को अन्तरले पराजित भइन् । ७० केजी तौल समुहको नेपालकी सरस्वती राना सर्वियाकी खेलाडीसँग ५–० अंकले पराजित भइन् । त्यस्तै मिनु गुरुङ ५४ केजी तौल समुहमा थाइल्याण्डसँग, ५७ केजी तौल समुहमा चन्द्रकला थापा भेजुएलासँग तथा ५० केजी तौल समुहमा अस्मिता दुवाल बोत्स्वानाका खेलाडीसँग ५–० अंकको आधारमा पराजित भइन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार