काठमाडौं । डिफेन्डर अनन्त तामाङ र फरवार्ड नवयुग श्रेष्ठको गोलमा नेपालले प्रधानमन्त्री थ्री नेसन्स कपमा लाओसमाथि सहज जित हात पारेको छ । घरेलु मैदानमा नेपालले लाओसमाथि २–० को सहज जित हात पारेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलको १८औं मिनेटमा पुजन उपरकोटीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार पोस्टभन्दा माथिबाट बाहिरियो । २५औं मिनेटमा एट भिंगखामले २५ यार्ड टाढाबाट गरेको प्रहारले पनि पोस्टको दिशा लिन सकेन । २९औं मिनेटमा अनन्त तामाङले गोल गर्दे नेपाललाई सुरुवाती अग्रता दिलाए । एरिक विष्टको कर्नरमा अनन्तले हेडरमार्फत गोल गरे । अनन्तले लाओविरुद्ध नै गोल गर्न सफल भएका हुन् । उनले यसअघि सन् २०१६ मा सोलिडोरिटी कपमा गा्ल गरेका थिए ।
एक गोलले पछि परेको लाओसले त्यसपछि आक्रमण बुनेपनि गोलरक्षक किरणलाई समस्या दिन सकेन । दोस्रो हाफको सुरुवातमै नवयुग श्रेष्ठले दर्शनीय गोल गर्दै नेपालको अग्रता दोब्बर पारे । नवयुगले ५६औं मिनेटमा झन्डै ३५ यार्ड टाढाबाट गरेको भली सिधै गोल भएको थियो । लाओसको हाफको मध्यभागमा प्राप्त खुला बललाई नवयुगले पहिलो टचमा नै गोल गरेका थिए ।
गोलरक्षक सेसाभाथ सौभान्शोकले नवयुगको प्रहार ठम्याउन सकेन । ६७औं मिनेटमा अनन्तले गोललाइनबाट बल क्लियर गर्दै नेपालको २–० को अग्रता कायम राखे । बोउनपचान बोउनकोंगले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारमा गोलरक्षक किरण बिट भएपनि अनन्तले क्लियर गर्दै निश्चित गोल टारेका थिए । लगत्तै रोहित चन्दले पनि किरण बिट भएको अवस्थामा ६ यार्ड बक्स भित्रबाट हेडर क्लिअरेन्स गरे ।
७१औं मिनेटमा नवयुगले ६ यार्ड बक्सभित्र दिएको पासमा आयुष घलानले सुवर्ण अवसर खेर फाले । नवयुगको पासमा अन्तिम डिफेन्स पनि बिट भएको अवस्थामा आयुषले वान भर्सेस वानमा बललाई पोस्टको दिशा दिन सकेनन् । ८४औं मिनेटमा मणि कुमार लामाको फ्रिकिकमा रोहित चन्दको प्रहार सदुपयोग हुन सकेन । अनन्त खेलको प्लेयर अफ दि म्याच घोषित भए । उनले २ सय ५० अमेरिकी डलर प्राप्त गरे ।
नेपालले अब प्रतियोगिताको अन्तिम लिग खेलमा भुटानको सामना गर्नेछ । मंगलबार नेपालसँग खेल्नुअघि भुटानले शनिबार लाओसको सामना गर्नेछ । शीर्ष २ टोलीले अर्को शुक्रबार फाइनल खेल्नेछन् । विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ । उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले २ सय ५० डलर पाउने छन् ।

राष्ट्रिय टोलीमा चार खेलाडीको डेब्यु
डिफेन्डर सनिश श्रेष्ठ, मिडफिल्डर मणि कुमार लामा र सुमित श्रेष्ठ र फरवार्ड दीपक राज सिंह ठकुरीले नेपाली राष्ट्रिय फुटबल टोलीमा डेब्यु गरेका छन् । नव नियुक्त प्रशिक्षक भिन्सेन्जो अल्बर्टाे एनेसले लाओसविरुद्ध प्रधानमन्त्री थ्री नेसन्स कपमा सनिशलाई सुरुवाती रोजाईमा तथा मणि, दीपक र सुमितलाई परिवर्तित खेलाडीको रुपमा डेब्यु गराएका हुन् ।
फ्रेन्ड्स क्लबबाट ए डिभिजन लिग खेल्दै प्रभाव जमाएपछि एपीएफ पुगेका सनिसले यो सिजन लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । अग्ला कदका सनिश विपक्षी आक्रमण रोक्न खप्पिस छन् । यस्तै मिडफिल्डर मणि कुमार लामाले नेपाली राष्ट्रिय फुटबल टोलीबाट डेब्यु गरेका छन् ।
लाओसविरुद्ध खेलको ७३औं मिनेटमा नविन लामाको स्थानमा मैदान प्रवेश गर्दै मणिले सिनियर टोलीमा डेब्यु गरेका हुन् । फुटसलको राष्ट्रिय टोलीबाट नियमित खेल्दै आएका मणिले एपिएफ हुँदै राष्ट्रिय टोलीको यात्रा तय गरेका हुन् । सेन्टर मिडफिल्डमा खेल्ने उनी आक्रमणमा बढी आवद्ध देखिन्छन् । बक्स टु बक्स भूमिका निर्वाह गर्दै आएका उनले दर्शनीय गोल पनि गरेका छन् ।
यस्तै फरवार्ड दीपक राज सिंह ठकुरीले नेपाली राष्ट्रिय फुटबल टोलीबाट डेब्यु गरेका छन् । लाओसविरुद्ध खेलको ८२औं मिनेटमा नवयुग श्रेष्ठको स्थानमामैदान प्रवेश गर्दै दीपकले डेब्यु गरेका हुन् । मोफसलको प्रतियोगितामा छाएका सातदोबाटो युथ क्लबका यि फरवार्डले यस सिजन लिगमा चार गोलसहित सर्वाििधक गोलकर्ताको सुचीमा शीर्षस्थानमा रहेका छन् ।
यस्तै सुमित श्रेष्ठले पनि नेपाली राष्ट्रिय फुटबल टोलीबाट डेब्यु गरेका छन् । फुटसलबाट छाएका सुमित छोटो समयमा नै राष्ट्रिय टोलीको बन्द प्रशिक्षण हुँदै डेब्यु गर्न सफल भएका हुन् । स्पोर्ट्स क्यासलबाट फुटसल लिगको उपाधि जित्दा महत्वपूर्ण भूमिका निर्वाह गरेका सुमित राष्ट्रिय यू–२० टोलीमा लेफ्ट ब्याक भूमिकामा खेल्ने उनी मनाङका लागि भने मिडफिल्डमा देखिएका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




