काठमाडौं । आइसिसी विश्वकप छनोट २०२३ मा आफ्नो समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएसँगै नेपालको सुपर सिक्स हुँदै विश्वकप खेल्ने सपना समाप्त भएको छ । नेपाल चार मध्ये तीन खेलमा हारका साथ समूह चरणबाटै बाहिरिएको हो ।
१ सय ६८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले २७.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । नेदरल्यान्ड्सको जितमा ओपनर म्याक्स ओडाउडले सर्वाधिक ९० रन बनाए । बास डि लिडे ३९ बलमा ६ चौकासहित ४१ रनमा नट आउट रहे ।
पहिलो विकेटका लागि ओपनर म्याक्स ओडाउड र विक्रमजित सिंहले १३ ओभरमा ८६ रनको साझेदारी गर्दै सानदार सुरुवात दिलाए । विक्रमजितले ३० रन बनाए । वेस्ली ब्यारी ३ रनमा आउट भए । सन्दीप लामिछानेले २ तथा गुलशन झाले १ विकेट लिए ।
त्यसअघि जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लबमा शनिबार टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४४.३ ओभरमा १ सय ६७ रनमा अल आउट भएको थियो । कप्तान रोहित पौडेलले सर्वाधिक ३३ रन बनाए । सन्दीप लामिछानेले २७ रन जोडे । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
ओपनर आसिफ शेख शून्यमा आउट भए । कुशल भुर्तेल २७ रनमा आउट भए । कुशल आउट हुँदा नेपाल १४.५ ओभरमा ४६–२ को अवस्थामा थियो । कुशल र भीमले दोस्रो विकेटका लागि ३७ रनको साझेदारी गरे । आरिफ शेख ६ रनमा पेभेलिएन फर्किए । भीम सार्की २२ रनमा क्याच आउट भए ।
कुशल मल्ल १२ रनमा क्याच भए । दीपेन्द्र सिंह ऐरी १४ रनमा क्याच आउट भए । आठौं विकेटका लागि गुलशन र सन्दीपले ३२ रनको साझेदारी गरेका थिए । लोगन भान बीकले ४ विकेट लिए । बास डि लिडे र बिक्रमजित सिंहले समान दुई विकेट लिए ।
नेपाल समूह ए बाट ४ खेलमा ३ मा हार र १ मा जितसहित चौथो स्थानमा रहेर बाहिरियो । अमेरिका यसअघि नै लगातार तीन खेलमा हारका साथ बाहिरिएको थियो । समूह ए बाट वेस्टइन्डिज, जिम्बावे र नेदरल्यान्ड्स सुपर सिक्समा पुगेका छन् । नेपालले अव ७ औं देखी १० औं स्थान सम्मको लागि प्लेअफ खेल्नेछ । प्लेअफमा नेपालले समूह बी को पुछारको टोलीसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




