विश्वव्यापी तेल आपूर्ति सङ्कटले एशिया–प्रशान्त क्षेत्रमा ‘अत्यन्त ठूलो प्रभाव’ पार्‍यो: प्रधानमन्त्री ताकाइची

काठमाडाैँ । जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले सोमबार विश्वव्यापी तेल आपूर्ति सङ्कटले एशिया–प्रशान्त क्षेत्रमा ‘अत्यन्त ठूलो प्रभाव’ पारेको बताएकी छन्। अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजसँग क्यानबेरामा भएको भेटवार्तापछि उनले दुवै देशले ऊर्जा आपूर्तिलाई सुरक्षित र स्थिर बनाउन आपसी सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेकी हुन् । उनका अनुसार विश्वको करिब एक–पाँच भाग तेल सामान्य अवस्थामा होर्मुज जलडमरूमध्य हुँदै आपूर्ति हुने गर्छ...

टाइम पत्रिकाको ‘विश्वका १०० प्रभावशाली व्यक्तिहरू’ सूचीमा जापानबाट सानाए ताकाइची

टोकियो,जापान। अमेरिकी पत्रिका टाइमले सार्वजनिक गरेको सन् २०२६ को ‘विश्वका सबैभन्दा प्रभावशाली १०० व्यक्तिहरू’ को सूचीमा जापानबाट प्रधानमन्त्री सानाए ताकाइची चयन हुनुभएको छ। टाइमले अप्रिल १५ मा उक्त सूची सार्वजनिक गर्दै राजनीति, कला, खेलकुदलगायत विभिन्न क्षेत्रका प्रभावशाली व्यक्तिहरूलाई समेटेको जनाएको छ। यस सन्दर्भमा टोकियोकी गभर्नर युरिको कोइके ले प्रतिक्रिया दिँदै जापानको राजनीतिमा पहिले “फलामको छानो” जस्तो अवरोध रहेको उल्लेख गर्नुभयो। उहाँका...

जापानको इबाराकी प्रान्तमा अवैध विदेशी कामदार सम्बन्धी “सूचना दिनेहरुलाई पुरस्कार” योजना छिट्टै लागु हुने

टोकियो,जापान। जापानको इबाराकी प्रान्तका गभर्नर काजुहिको ओइगावा ले विदेशी कामदारलाई अवैध रूपमा काममा राख्ने रोजगारदाताको जानकारी दिने व्यक्तिलाई पुरस्कार दिने योजना छिट्टै लागू गर्ने संकेत दिएका छन्। उनले यो योजना “विदेशीविरुद्धको घृणा होइन” भन्दै स्पष्ट पारेका छन्। यो योजनाअन्तर्गत, यदि कसैले अवैध रोजगारीबारे जानकारी दिएर त्यसको पुष्टि भएमा, सूचना दिने व्यक्तिलाई आर्थिक पुरस्कार प्रदान गरिनेछ। गभर्नर ओइगावाले “अवैध काम गराउनु...

नेपालमा आज आम निर्वाचन, नयाँ दलले कति सिट जित्ला भन्नेमा जापानमा समेत चासो

टोकियो,जापान। नेपालमा गत वर्ष युवाहरूले नेतृत्व गरेको ठूलो विरोध प्रदर्शनपछि सरकार ढलेको पृष्ठभूमिमा आज मार्च ५ तारिख राजनीतिक परिवर्तनपछि पहिलो पटक आम निर्वाचन हुँदैछ। राजधानी काठमाडौँका पूर्वमेयरलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको नयाँ राजनीतिक दलले युवाहरूबाट व्यापक समर्थन पाइरहेको भनाइबीच सो दलले कति सिट जित्छ भन्ने विषय मुख्य चासोको केन्द्र बनेको छ। लामो समयदेखि भ्रष्टाचार र उच्च बेरोजगारी दर समस्याका रूपमा रहेको...

जापानको सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टीलाई ऐतिहासिक सफलता , एउटै दलले एक्लै दुई तिहाइ बहुमत

टोकियो, जापान । जापानको प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीबाट चयन हुने कुल ४६५ सिटको अन्तिम मतगणना परिणाम सार्वजनिक भएको छ। सत्तारूढ लिब्रल डेमोक्रेटिक पार्टी(एलडिपी) ले एक्लै ३१६ सिट जित्दै प्रतिनिधिसभाको दुई तिहाइभन्दा बढी अर्थात् ३१० सिटको संवैधानिक सीमा पार गरेको छ। यो परिणामसँगै युद्धपछिको जापानी राजनीतिमा एउटै दलले एक्लै दुई तिहाइ बहुमत ल्याएको पहिलो ऐतिहासिक घटना...

राष्ट्रपति रामचन्द्र पौडेल र जापानी सम्राटबिच शिष्टाचार भेटवार्ता सम्पन्न

टोकियो,जापान। जापानका सम्राट नारुहितो र महारानी मासाकोले आज फेब्रुअरी ३ तारिख नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सबिता पौडेललाई टोकियोस्थित उम्पेरियल प्यालेस(राजदरबार)मा स्वागत गर्दै शिष्टाचार भेटवार्ता गर्नुभएको छ। जापान–नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठको अवसरमा जापान सरकारको औपचारिक निमन्त्रणामा राष्ट्रपति पौडेल दम्पती जापान भ्रमणमा रहनुभएको छ। भेटवार्ताका क्रममा दुवै देशबीचको ऐतिहासिक मित्रता, आपसी समझदारी तथा सहकार्यका विषयमा विचार–विमर्श...

सानाए ताकाइचीको दलको ऐतिहासिक जितको संकेत, जापानको तल्लो सदन निर्वाचनमा एलडिपीले भारी मत ल्याउने सम्भावना

टोकियो,जापान। जापानकी प्रधानमन्त्री सानाए ताकाइचीको दलले आगामी तल्लो सदनको निर्वाचनमा ऐतिहासिक जित हासिल गर्ने संकेत देखिएको छ। जापानी दैनिक असाही शिम्बुनले गरेको सर्वेक्षणअनुसार ताकाइचीको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले कुल ४६५ सिटमध्ये २३३ सिटको बहुमत सहजै पार गर्ने सम्भावना छ। हाल १९८ सिट रहेको एलडीपीको संख्या उल्लेख्य रूपमा बढ्ने अनुमान गरिएको छ। गठबन्धन साझेदार जापान इनोभेसन पार्टीसँग मिलेर सत्तारूढ...

जापानमा फेब्रुअरी ८ को प्रतिनिधिसभा निर्वाचनका लागि जापानमा चुनावी प्रचार सुरु, प्रधानमन्त्री ताकाइचीले जनमत खोज्दै

जापानमा फेब्रुअरी ८ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मङ्गलबारदेखि आधिकारिक चुनावी प्रचार सुरु भएको छ। प्रधानमन्त्री सानाए ताकाइचीले आफ्नो नेतृत्वमा अघि बढाइरहेका आर्थिक तथा सुरक्षा नीतिहरूलाई निरन्तरता दिन नयाँ जनादेश खोज्दै चुनावी मैदानमा उत्रिएकी हुन्। प्रधानमन्त्री ताकाइचीले सन् २०२५ को अक्टोबर २१ मा पद सम्हालेपछि यो पहिलो राष्ट्रिय निर्वाचन हो। यस निर्वाचनमा प्रतिनिधिसभाका कुल ४ सय ६५ सिटका लागि करिब...

जापानको पासपोर्ट विश्वकै दोस्रो शक्तिशाली, पहिलो नम्बरमा सिंगापुर,अनि नेपाल ?

टोकियो,जापान।सन २०२६ को हेनली पासपोर्ट इन्डेक्स सार्वजनिक भएसँगै विश्वका विभिन्न देशका पासपोर्टको शक्ति पुनः तुलना गरिएको छ। भिसा-रहित वा आगमनमा(अनअराईभल)भिसा लिएर यात्रा गर्न सकिने देश तथा क्षेत्रको सङ्ख्यालाई आधार मानेर तयार गरिएको यस सूचिमा सिंगापुरको पासपोर्ट पहिलो र जापानको पासपोर्ट विश्वकै दोस्रो शक्तिशाली सूचिमा परेको छ, जबकि नेपालको पासपोर्ट भने विश्व सूचीको धेरै तल रहेको देखिएको छ। हेनली पासपोर्ट इन्डेक्स...

१३ जनवरी(आज)उच्चस्तरीय जापान–दक्षिण कोरिया शिखर वार्ता, प्रधानमन्त्री ताकाइची नारा प्रान्तमा

टोकियो,जापान। जापानकी प्रधानमन्त्री सानाए ताकाइची १३ जनवरीमा (आज)हुने जापान–दक्षिण कोरिया शिखर वार्ताअघि १२ जनवरी दिउँसो आफ्नै गृहप्रान्त नारा पुगेकी छन्। प्रधानमन्त्री पद सम्हालेपछि ताकाइची पहिलो पटक आफ्नो गृहप्रान्त पुगेकी हुन्। प्रधानमन्त्री ताकाइचीले १३ जनवरी नारा प्रान्तमै दक्षिण कोरियाका राष्ट्रपति लि जे म्युङ्गसँग शिखर वार्ता गर्ने कार्यक्रम छ। उनी १२ जनवरी दिउँसो टोकियोबाट विमानमार्फत ओसाका विमानस्थल पुगेपछि कारबाट नारा प्रान्त गएकी...