टोकियो,जापान। अमेरिकी पत्रिका टाइमले सार्वजनिक गरेको सन् २०२६ को ‘विश्वका सबैभन्दा प्रभावशाली १०० व्यक्तिहरू’ को सूचीमा जापानबाट प्रधानमन्त्री सानाए ताकाइची चयन हुनुभएको छ।
टाइमले अप्रिल १५ मा उक्त सूची सार्वजनिक गर्दै राजनीति, कला, खेलकुदलगायत विभिन्न क्षेत्रका प्रभावशाली व्यक्तिहरूलाई समेटेको जनाएको छ।
यस सन्दर्भमा टोकियोकी गभर्नर युरिको कोइके ले प्रतिक्रिया दिँदै जापानको राजनीतिमा पहिले “फलामको छानो” जस्तो अवरोध रहेको उल्लेख गर्नुभयो। उहाँका अनुसार महिलाहरूलाई देशको उच्च निर्णय प्रक्रियामा पुग्न अवरोध हुने गरेको थियो, तर ताकाइचीले त्यो अवरोध तोड्न सफल भएको बताउनुभयो।
यस वर्षको सूचीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिनपिङ, तथा “मिडल पावर” देशहरूको सहकार्यको पक्षमा आवाज उठाएका क्यानडाका प्रधानमन्त्री मार्क कार्नी समेत समावेश छन्।
त्यसैगरी, हालै रोमन क्याथोलिक चर्चका प्रमुख नियुक्त भएका पोप लियो चौधौँ, मिलानो–कोर्तिना ओलम्पिक अन्तर्गत फिगर स्केटिङ महिला एकलतर्फ स्वर्ण पदक जितेकी अमेरिकी खेलाडी एलिसा लिउ पनि सूचीमा परेका छन्।
टाइम पत्रिकाले हरेक वर्ष विश्वभरका प्रभावशाली व्यक्तिहरूलाई समेट्दै यस्तो सूची सार्वजनिक गर्ने गर्दछ। गत वर्ष भने जापानी अभिनेता हिरोयुकी सानादा समेत उक्त सूचीमा परेका थिए।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




