एभरेस्ट इन्टरनेसनल स्कुल, जापानद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ८ लाख ४८ हजार रुपैँया सहयोग
टोकियो/जापान। नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत, उद्धार र पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले एभरेस्ट इन्टरनेसनल स्कुल, जापान परिवारले जापानी येन ८८८,८४८ संकलन गरी नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाएको छ। जापान रेमिट फाइनान्स कम्पनी लिमिटेडमार्फत पठाइएको उक्त रकम विनिमयपश्चात् नेपाली रुपैयाँ ८४८,८४९ बराबर रहेको छ। सहयोग रकम विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक–कर्मचारी, सञ्चालक, संरक्षक तथा...
बाढीपीडितका लागि दिपवे जापानद्वारा ३६ लाख येन सहयोग
टोकियो । भोटेकोसी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि डिपवे जापान कम्पनी प्रालिले ३६ लाख येन सहयोग प्रदान गरेको छ। कम्पनीका अध्यक्ष एवं प्रबन्ध निर्देशक दीपक सुवेदीका अनुसार दिपवे जापान कम्पनीका तर्फबाट ३० लाख येन र कम्पनी परिवारका तर्फबाट ६ लाख येन गरी कुल ३६ लाख येन दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको हो। श्रीकृष्ण जन्माष्टमीका अवसरमा सहयोगको घोषणा गर्दै...
जापानमा न्यूनतम पारिश्रमिक थप बढ्ने, साना तथा मझौला व्यवसायलाई सरकारी सहयोग
टोकियो /जापान। जापान सरकारले न्यूनतम पारिश्रमिक वृद्धिबाट प्रभावित हुने साना तथा मझौला व्यवसायलाई आवश्यक सहयोग उपलब्ध गराउने भएको छ। सन् २०२६ का लागि जापानको औसत न्यूनतम पारिश्रमिक प्रतिघण्टा ५५ येनले बढाएर १ हजार १७६ येन पुर्याउने मापदण्ड तय गरिएको छ। नयाँ दर अघिल्लो वर्षको तुलनामा ४ दशमलव ९ प्रतिशत बढी हो। क्षेत्रअनुसार प्रतिघण्टा ५४ देखि ५६ येनसम्म वृद्धि गर्ने प्रस्ताव छ।...
जापानका नेपाली व्यवसायी टिका श्रेष्ठद्वारा बाढी प्रभावितका लागि २१ लाख येन सहयोग
टोकियो, जापान। जापानमा व्यवसाय गर्दै आएका नेपाली युवा व्यवसायी टिका श्रेष्ठले नेपालका बाढी तथा प्राकृतिक विपदबाट प्रभावित नागरिकहरूको राहतका लागि २१ लाख जापानी येन सहयोग गरेका छन्। जापानमा पूर्ण ट्रेन्डिङ सञ्चालन गर्दै व्यवसायमा आफ्नो पृथक पहिचान बनाएका श्रेष्ठले विपद्को कठिन समयमा प्रभावित परिवारलाई राहत पुर्याउने उद्देश्यले उक्त रकम सहयोग गरेका हुन्। श्रेष्ठद्वारा प्राप्त विवरणअनुसार आज( अगस्ट ३१मा) येहे रेमिट मार्फत २१...
विदेशबाट नयाँ कामदार ल्याउन रोकिएपछि जापानका रेस्टुरेन्टमा जनशक्ति तानातान, ग्रामीण क्षेत्र थप दबाबमा
टोकियो/जापान। जापान सरकारले खाद्य सेवा अर्थात् रेस्टुरेन्ट क्षेत्रमा ‘तोकुतेइ गिनोउ१’ (विशिष्ट सीपयुक्त कामदार–१) अन्तर्गत विदेशबाट नयाँ कामदार ल्याउने प्रक्रिया गत अप्रिलदेखि रोक लगाएपछि जनशक्ति अभाव झेलिरहेको रेस्टुरेन्ट उद्योगमा थप दबाब परेको छ। विशेषगरी टोकियोजस्ता ठूला सहर र ग्रामीण क्षेत्रबीच विदेशी कामदार भर्ना गर्ने प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। सरकारको पछिल्लो रोक मुख्यतः विदेशबाट नयाँ कामदार जापान ल्याउने प्रक्रियामा लागू भएको...
नेपालका बाढी–पहिरो प्रभावितका लागि धादिङ समाज जापानद्वारा १० लाख ५० हजार येन सहयोग
टोकियो, जापान। नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले धादिङ समाज जापानले सञ्चालन गरेको ४८ घण्टे आर्थिक सहयोग अभियानबाट संकलित १० लाख ५० हजार येन नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाएको छ। नेपालमा बाढी–पहिरोबाट ठूलो जनधनको क्षति भएपछि धादिङ समाज जापानले जापानमा रहेका नेपाली समुदायमाझ छोटो अवधिको आर्थिक सहयोग...
जापानका करिब २० सुपरमार्केटमा नेपालका बाढीपीडितका लागि राहत संकलन अभियान
टोकियो/जापान। नेपालमा हालै आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको सहयोगका लागि जापानमा कार्यरत एक नेपाली युवाको पहलमा करिब २० वटा सुपरमार्केटमा राहत रकम संकलन अभियान सञ्चालन हुने भएको छ। जापानमा कार्यरत,सामाजिक कार्यमा समेत सक्रिय नेपाली युवा सरोज भुषालको पहलमा उनी कार्यरत कम्पनी शिनानोयाको स्वीकृतिपछि कम्पनीअन्तर्गतका करिब २० वटा सुपरमार्केटमा सहयोग रकम संकलनका लागि ‘बोकिनबाको’ अर्थात् दान पेटिका राखिएको...
जापानबाट नेपाल पैसा पठाउन क्यूएस रेमिटको डिजिटल सेवा विस्तार, रेमिट्यान्ससँगै ग्राहकलाई पोइन्ट बोनस
टोकियो, जापान। जापानमा रहेका नेपालीलाई लक्षित गर्दै क्यूएस रेमिट (QS Remit) ले डिजिटल माध्यमबाट नेपाल पैसा पठाउने प्रक्रियालाई थप सहज, सरल र सुविधाजनक बनाउने उद्देश्यसहित आफ्नो डिजिटल सेवा तथा मोबाइल एपका सुविधाहरू विस्तार गरेको छ। जापानबाट नेपालमा रेमिट्यान्स पठाउने नेपालीको संख्या बढ्दै जाँदा छिटो, सहज र पारदर्शी डिजिटल कारोबारको आवश्यकता पनि बढिरहेको छ। यही आवश्यकतालाई ध्यानमा राख्दै क्यूएस रेमिटले मोबाइल...
नेपालका बाढी प्रभावितहरुको लागि तनहुँ समाज जापानले राहत कोष स्थापना गर्ने, तीजको दर खाने कार्यक्रम रद्द
टोकियो, जापान। नेपालमा हालै आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा सहयोगका लागि तनहुँ समाज जापानले राहत कोष स्थापना गर्ने निर्णय गरेको छ। विपद्को अवस्थालाई मध्यनजर गर्दै समाजले यसअघि आयोजना गर्ने तयारी गरेको तीजको दर खाने कार्यक्रमसमेत रद्द गरेको छ। तनहुँ समाज जापानका अध्यक्ष डा. भोजराज पन्थको अध्यक्षतामा बिहीबार, अगष्ट २७ मा बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो। बैठकले नेपालमा बाढीबाट...
बाढी–पहिरो प्रभावितका लागि धादिङ समाज जापानको ४८ घण्टे आर्थिक अभियान, संस्थाबाट ५ लाख येन सहयोग
टोकियो, जापान। नेपालका विभिन्न क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई राहत पुर्याउने उद्देश्यले धादिङ समाज जापानले ४८ घण्टे आर्थिक सहयोग अभियान सञ्चालन गर्ने भएको छ। अभियानको सुरुवात गर्दै समाजले संस्थाको तर्फबाट ५ लाख येन सहयोग गर्ने घोषणा गरेको छ। धादिङ समाज जापानका महासचिव सुशान्त बानियाँका अनुसार रसुवा, नुवाकोट र धादिङलगायत बाढी तथा पहिरो प्रभावित क्षेत्रका पीडितलाई सहयोग पुर्याउने उद्देश्यले...

