धादिङ समाज जापानको बीबीक्यू र तीज कार्यक्रम स्थगित, बाढी प्रभावितका लागि ५ लाख येनसहित राहत संकलन गर्ने

टोकियो, जापान। धादिङ समाज जापानले हालको विपद् तथा आपत्कालीन अवस्थालाई मध्यनजर गर्दै पूर्वनिर्धारित बीबीक्यू तथा तीज कार्यक्रम स्थगित गरी बाढी प्रभावितको राहत तथा सहयोगमा केन्द्रित हुने निर्णय गरेको छ। समाजका अध्यक्ष विमल श्रेष्ठका अनुसार बिहीबार बसेको अनलाइन बैठकमा सहभागी पदाधिकारी तथा सदस्यहरूको सुझाव र छलफलपछि यसअघि आयोजना गर्ने भनिएको बीबीक्यू तथा तीज कार्यक्रम हाललाई स्थगित गर्ने निर्णय गरिएको हो। बैठकले यसअघि...

शून्यबाट जापानमा ‘सर्टिफाइड जाभा इन्जिनियर’ सम्म : श्री पौडेलको प्रेरणादायी यात्रा

जीवनमा स्थापित भइसकेको बाटो छोडेर फेरि शून्यबाट सुरु गर्नु सजिलो हुँदैन। त्यसमाथि नयाँ देश, नयाँ भाषा, फरक शिक्षा प्रणाली र पहिलेको भन्दा बिल्कुलै फरक पेशागत क्षेत्र रोज्नु अझ चुनौतीपूर्ण हुन्छ। तर स्पष्ट लक्ष्य, सिक्ने दृढता र निरन्तर मेहनत भयो भने नयाँ ठाउँमा पनि नयाँ पहिचान बनाउन सकिन्छ भन्ने उदाहरण बनेका छन्- पोखराका श्री पौडेल। नेपालमा रहँदा पौडेलको परिचय सूचना प्रविधिभन्दा फरक...

जापानमा ५ वर्षदेखि सेवा दिँदै आएको रेड बड ट्राभल्सको नेपालमा पनि शाखा विस्तार

काठमाडौं। जापानमा विगत पाँच वर्षदेखि ट्राभल तथा हवाई टिकटसम्बन्धी सेवा दिँदै आएको रेड बड ट्राभल्सले नेपालमा पनि आफ्नो शाखा सञ्चालनमा ल्याएको छ। कम्पनीले काठमाडौंको कान्तिपथबाट नेपाल शाखाको सेवा सुरु गरेको हो। रेड बड ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत नारायण रिमालका अनुसार नेपाल शाखाबाट संसारभरका गन्तव्यका लागि हवाई टिकट बुकिङसँगै विभिन्न देशका टुर प्याकेज उपलब्ध गराइनेछ। जापान, इन्डोनेसिया, माल्दिभ्स, युएई, भियतनाम, थाइल्यान्ड...

ब्लु ब्वाइज युनियनको प्रथम महाधिवेशन सम्पन्न, अध्यक्षमा मोहन कुँवर

ओसाका, जापान । जापानको ओसाकामा नेपाली युवाहरूको सामाजिक संस्था ‘ब्लु ब्वाइज युनियन’को प्रथम महाधिवेशन तथा दोस्रो वार्षिकोत्सव समारोह भव्य रूपमा सम्पन्न भएको छ। महाधिवेशनले मोहन कुँवरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। संस्थापक अध्यक्ष बासुदेव लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एनआरएनए जापान कान्साईका संयोजक भीम काउचा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा जापानस्थित विभिन्न नेपाली सामाजिक संस्थाका प्रतिनिधि तथा समुदायका सदस्यहरूको...

अनेसास जापानको ८४औँ नियमित साहित्य शृङ्खला सम्पन्न, साहित्यकार सुष्मा ओमातालाई ‘दीर्घ साहित्य साधना सम्मान’

टोकियो/जापान। अनेसास जापानले टोकियोमा एक विशेष कार्यक्रमको आयोजना गरी आफ्नो ८४औँ नियमित साहित्य शृङ्खला सम्पन्न गरेको छ। अनेसासकी बोर्ड अफ ट्रस्टी सदस्य तथा अग्रज साहित्यकार एवं सितार वादक सुष्मा शाह ओमाताको ८४औँ वर्ष प्रवेश र संस्थाको ८४औँ शृङ्खलाको दुर्लभ संयोगको अवसर पारेर कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा सुष्मा ओमातालाई वहाँले नेपाली भाषा, साहित्य, कला र संस्कृतिको विकास र विस्तारमा...

नेपाली ब्रान्ड ‘हाइलाइफ’का उत्पादन जापानी बजारमा, आधिकारिक विक्रेता पूर्ण ट्रेडिङ

टोकियो/जापान। नेपालमै उत्पादित ‘हाइलाइफ’ ब्रान्डका खाद्यवस्तुले जापानी बजारमा आधिकारिक रूपमा प्रवेश पाएका छन्। जापानमा हाइलाइफका उत्पादनको आधिकारिक बिक्री तथा वितरणको जिम्मेवारी पूर्ण ट्रेडिङ कम्पनीले लिएको छ। यसबारे सोमबार साँझ टोकियोमा आयोजित विशेष कार्यक्रममा औपचारिक जानकारी गराइएको हो। पूर्ण ट्रेडिङका सञ्चालक टिका श्रेष्ठका अनुसार नेपाली उत्पादनलाई जापानी बजारमा प्रवर्द्धन गर्नुका साथै जापानमा बसोबास गर्ने नेपालीलाई आफ्नै मौलिक स्वाद उपलब्ध गराउने उद्देश्यले...

भिसा अस्वीकृतदेखि जापानका ४७ प्रिफेक्चरसम्मः रक्तदानले चिनिएका नेपाली विद्यार्थी राहुल कुमार साह

जापानको ओकिनावास्थित नाहा सहरमा बस्दै आएका राहुल कुमार साहको जीवनमा पटक–पटक यस्ता मोड आए, जहाँबाट उनको यात्रा समाप्त हुन सक्थ्यो। पहिलोपटक जापानको विद्यार्थी भिसा अस्वीकृत भयो। जापान आएपछि नियमविपरीत निर्धारित समयभन्दा बढी काम गर्दा भिसा नवीकरण हुन सकेन र करिब १८ महिना पढाइ रोकियो। त्यसपछि अर्को शैक्षिक संस्थामा भर्ना भए पनि बीचमै कलेज छोड्नुपर्ने अवस्था आयो। तर राहुलले हरेक बन्द...

धादिङको विकट गाउँदेखि टोकियोसम्म : भारी बोक्ने किशोरबाट सफल व्यवसायी बनेका केशव अधिकारी

ठमेलमा कहिले भारी बोके, होटलमा भाँडा माझे, जापानमा घर भत्काउने मजदुरी गरे र आज जापानमा आधा दर्जन व्यवसाय सम्हाल्दै नेपालमा लगानी विस्तार गरिरहेका छन् केशव अधिकारी । धादिङको एउटा सामान्य गाउँबाट काठमाडौं छिरेका १३- १४ वर्षका किशोरसँग ठूलो पुँजी थिएन, न त उनिसंग भविष्यको स्पष्ट खाका नै। थियो त केवल अभावले चाँडै सिकाएको मेहनत र जीवन बदल्ने चाहना। – ती...

एनआरएनए चिबाले मानसिक स्वास्थ्यसम्बन्धी विशेष वेबिनार आयोजना गर्दै

टोकियो/जापान। गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानअन्तर्गत क्षेत्रीय समन्वय परिषद् चिबाले मानसिक स्वास्थ्य, तनाव तथा चिन्ता व्यवस्थापनसम्बन्धी विशेष वेबिनार आयोजना गर्ने भएको छ। ‘एनआरएनए चिबा वेबिनार कार्यक्रम २०२५–२०२७’ अन्तर्गत चौथो शृङ्खलाका रूपमा आयोजना हुने कार्यक्रममा मानसिक स्वास्थ्यसम्बन्धी जान्नैपर्ने आधारभूत विषय, तनाव तथा चिन्ता व्यवस्थापन र अपनाउनुपर्ने आवश्यक तयारीबारे विशेषज्ञसँग प्रत्यक्ष जानकारी लिन सकिने आयोजकले जनाएको छ। कार्यक्रममा नेपाल मेडिसिटी अस्पताल, ललितपुरकी क्लिनिकल...

सेप्टेम्बर १३ मा स्याङ्जा जापानको ‘तीज धमाका-२०२६’, चर्चित कलाकारको प्रस्तुति र सुनको गहना उपहार

टोकियो। नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा स्याङ्जा समाज जापानको आयोजनामा ‘तीज धमाका–२०२६’ हुने भएको छ। विपद् व्यवस्थापन राहतकोष सहयोगार्थ आयोजना हुन लागेको कार्यक्रम आगामी सेप्टेम्बर १३ तारिख टोकियोको कोगानेईस्थित कोगानेई मियाजिगाक्की हलमा हुनेछ। स्याङ्जा समाज जापानका अध्यक्ष वेद कार्कीका अनुसार तीजको मौलिक संस्कृति र नेपाली समुदायबीचको आपसी सद्भावलाई प्रवर्द्धन गर्नुका साथै विपद्का बेला आवश्यक सहयोग जुटाउने उद्देश्यले कार्यक्रम...