नेपाल भूकम्पको गुन तिर्दै जापानका नेपाली व्यवसायी, एक दिनको सम्पूर्ण कमाइ कुमामोतो भूकम्पपीडितलाई
नागानो/जापान। सन् २०१५ को विनाशकारी नेपाल भूकम्पका बेला जापानबाट पाएको सहयोगको गुन तिर्न जापानमा रहेका एक नेपाली व्यवसायीले कुमामोतो भूकम्पपीडितका लागि आफ्नो रेस्टुरेन्टको एक दिनको सम्पूर्ण बिक्री रकम दान गर्ने भएका छन् । नागानो प्रिफेक्चरको ओमाची सहरमा सञ्चालित इन्डियन तथा नेपाली रेस्टुरेन्ट ‘साथी’ का सञ्चालक नन्दराज रेग्मीले अगस्ट १२ तारिख नियमित बिदाको दिनसमेत रेस्टुरेन्ट खोलेर विशेष च्यारिटी सञ्चालन गरेका हुन्। गत...
माउन्ट फुजी चढ्ने सोचमा हुनुहुन्छ ? जानुअघि यी कुरा थाहा नपाए समस्या पर्न सक्छ
टोकियो/जापान। जापानको सबैभन्दा अग्लो हिमाल माउन्ट फुजी (富士山) केवल प्राकृतिक सुन्दरताका लागि मात्र होइन, जापानी संस्कृति र पहिचानसँग गहिरो रूपमा जोडिएको प्रतीक पनि हो। समुद्री सतहबाट ३,७७६ मिटर अग्लो माउन्ट फुजी चढ्ने सपना धेरैको हुन्छ। तर सुन्दर देखिने यो हिमाल चढ्नुअघि पर्याप्त तयारी र नियमबारे जानकारी आवश्यक छ। पछिल्ला वर्षहरुमा जापानमा बसोबास गरिरहेका थुप्रै नेपालीहरु माउन्ट फुजी आरोहण गर्न...
टिकटकदेखि युट्युबसम्म छायो ‘आमा तिम्रो दुःख’, विशाल क्षेत्रीको सिर्जनाको बढ्दो चर्चा(भिडियो सहित)
टोकियो/जापान। जापानमा रहेर नेपाली लोकसंगीतको सिर्जना र प्रवर्द्धनमा सक्रिय गायक तथा सर्जक विशाल क्षेत्रीको नयाँ तीज गीत ‘आमा तिम्रो दुःख’ यतिबेला दर्शक- श्रोतामाझ चर्चित बनेको छ। करिब दुई दशकअघिका नेपाली आमाहरूले भोगेका दुःख, संघर्ष, पीडा र त्यागका यथार्थ पक्षलाई गीतमार्फत जीवन्त रूपमा प्रस्तुत गरिएको ‘आमा तिम्रो दुःख’ले सार्वजनिक भएको छोटो समयमै उल्लेखनीय माया पाइरहेको छ। मार्मिक शब्द, भावनात्मक कथावस्तु र...
नेपाली विद्यार्थीको रोजाइमा जापान, तर सपना देख्नुअघि बदलिँदो जापान पनि बुझ्न जरुरी !
राजन गौतम/जापान पछिल्ला वर्षहरूमा अध्ययनका लागि विदेशिने नेपाली विद्यार्थीको प्रमुख गन्तव्यमध्ये जापान अग्रस्थानमा आएको छ। जापानी भाषा सिक्दै उच्च शिक्षा हासिल गर्ने, पढाइसँगै काम गर्ने र अन्ततः जापानमै राम्रो करियर बनाउने सपना बोकेर ठूलो संख्यामा नेपाली युवाहरू जापान आइरहेका छन्। तर प्रश्न जापान आउन सकिन्छ कि सकिँदैन भन्ने मात्रै होइन। जापान आएपछि तपाईंले देखेको सपना साकार पार्न र बोकेर आएको...
रामकृष्ण बम मल्लको “तिन बहिनी” सार्वजनिक, पारिवारिक सम्बन्धको मिठास बोकेको नयाँ तीज गीत (भिडियो सहित)
टोकियो/जापान।नेपालीहरूको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ तीज गीतहरू सार्वजनिक हुने क्रम बढेको छ। यसै क्रममा दिदीबहिनीबीचको आत्मीयता, माइतीप्रतिको माया र नेपाली परिवारको जीवनकथा समेटिएको नयाँ तीज गीत ‘तिन बहिनी’ सार्वजनिक भएको छ। जापानमा केहि समय अघि सम्पन्न भएको प्रथम लोकताराका ३ प्रमुख प्रतियोगीहरुको स्वर,लोकप्रिय गायक तथा संगितकार रामकृष्ण बम मल्ल र चर्चित सर्जक रमेश बिजीको...
एनआरएनए यूरोप सम्मेलन डब्लिनमा हुँदै, रास्वपा संसदीय दलका उपनेता गणेश पराजुली प्रमुख अतिथि
टोकियो। गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ यूरोप क्षेत्रीय सम्मेलन आगामी अगस्ट १० र ११ तारिख आयरल्याण्डको राजधानी डब्लिनमा आयोजना हुने भएको छ। सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुली प्रमुख अतिथिका रूपमा सहभागी हुने भएका छन्। सम्मेलनको तयारीबारे आयोजित पत्रकार सम्मेलनमा एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले पराजुलीको प्रमुख आतिथ्य रहने जानकारी दिएका हुन्। उनले वर्तमान राजनीतिक...
नेपाली चलचित्र ‘काँडेतार’ जापानका विभिन्न सहरमा प्रदर्शन हुँदै, निर्मात्री अन्जु केसी पनि जापान आउने
टोकियो। नायक तथा निर्देशक नवल खड्काद्वारा निर्देशित नेपाली चलचित्र ‘काँडेतार’ (Barbed Wire) जापानका प्रमुख सहरमा प्रदर्शन गरिने भएको छ। देशको सीमा, राष्ट्रियता र सामाजिक यथार्थलाई मुख्य विषयवस्तु बनाएको चलचित्रको प्रदर्शन ओसाका, टोकियो–चिबा र होक्काइडोको आसाहिकावामा हुने तय भएको आयोजकले जनाएको छ। सार्वजनिक गरिएको कार्यक्रमअनुसार चलचित्रको पहिलो प्रदर्शन अगस्ट १९, २०२६ (बुधबार) ओसाकाको तोयोनाकास्थित न्यु लिटल इन्डियन रेस्टुरेन्टमा साँझ ५:०० बजे...
निउरे समाज जापानको प्रथम अधिवेशन सम्पन्न, खिमानन्द निउरेको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन
टोकियो, जापान । निउरे समाज जापानको प्रथम अधिवेशन टोकियोस्थित सोलमारी मुरा हल, सिन–ओकुबोमा भव्य रूपमा सम्पन्न भएको छ। निउरे समाज जापानका अध्यक्ष रुद्रमणि निउरेको सभापतित्वमा सम्पन्न अधिवेशनले सन् २०२६–२०२८ कार्यकालका लागि खिमानन्द निउरेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। जापानका विभिन्न क्षेत्रबाट निउरे समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको अधिवेशनले प्रवासमा रहेका निउरे समुदायबीच आपसी एकता, भाइचारा, सहयोग र...
जापानमा ‘चिरियु फुटसल मिनी एसियाली प्रतियोगिता’ हुँदै, नेपालसहित ९ देशका टोली सहभागी हुने
टोकियो, जापान। जापानको आइची प्रिफेक्चरमा विभिन्न देशका विदेशी समुदायबीच खेलकुदमार्फत मित्रता, सहकार्य र सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्ने उद्देश्यले “चिरियु फुटसल मिनी एसियाली प्रतियोगिता” आयोजना हुने भएको छ। आइची खेलकुद प्रवर्द्धन संघ तथा सामाजिक फुटबल टोली एएस कारिया (AS Kariya) को आयोजनामा आगामी अगस्ट १६ मा चिरियु शहरस्थित सुगी फार्मेसी चिरियु कल्याणकारी एरिना मा प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगितामा नेपालसहित...
जापानमा स्थायी बसोबासका लागि आय, पेन्सन र जापानी भाषा मापदण्ड कडा बनाइने प्रस्ताव
टोकियो। जापान सरकारले विदेशी नागरिकलाई स्थायी बसोबास अनुमति प्रदान गर्ने मापदण्ड थप कडा बनाउने प्रस्ताव सार्वजनिक गरेको छ। प्रस्तावअनुसार अब स्थायी बसोबासका लागि आवेदन दिने व्यक्तिको वार्षिक घरपरिवारको आम्दानी जापानी घरपरिवारको औसत आम्दानीभन्दा माथि हुनुपर्ने, निश्चित स्तरको पेन्सन सुनिश्चित भएको हुनुपर्ने तथा जापानी भाषा ज्ञानको न्यूनतम स्तर पूरा गर्नुपर्ने व्यवस्था गरिने भएको छ। प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सरकारले अघि सारेको...

