टोकियो, जापान। जापानमा व्यवसाय गर्दै आएका नेपाली युवा व्यवसायी टिका श्रेष्ठले नेपालका बाढी तथा प्राकृतिक विपदबाट प्रभावित नागरिकहरूको राहतका लागि २१ लाख जापानी येन सहयोग गरेका छन्।

जापानमा पूर्ण ट्रेन्डिङ सञ्चालन गर्दै व्यवसायमा आफ्नो पृथक पहिचान बनाएका श्रेष्ठले विपद्को कठिन समयमा प्रभावित परिवारलाई राहत पुर्‍याउने उद्देश्यले उक्त रकम सहयोग गरेका हुन्।

श्रेष्ठद्वारा प्राप्त विवरणअनुसार आज( अगस्ट ३१मा) येहे रेमिट मार्फत २१ लाख येन पठाइएको हो । उक्त रकम नेपालमा १९ लाख ९६ हजार ५० नेपाली रुपैयाँ बराबर हुने गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइएको नेपालन्युजपोस्टलाई प्राप्त  विवरणमा उल्लेख गरिएको छ।

नेपालमा आएको विपद्का कारण ठूलो संख्यामा नागरिक प्रभावित भइरहेका बेला जापानस्थित नेपाली समुदाय, संघसंस्था तथा व्यवसायीहरूबाट राहत तथा सहयोग जुट्ने क्रम जारी छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार