प्रवास नेपाली सम्पर्क विभाग जापानद्वारा सामाजिक अभियन्ता दीपक नेपाललाई सम्मान

टोकियो। प्रवास नेपाली सम्पर्क विभाग जापानले लामो समयदेखि जापानमा रहेर समाजसेवा, मानवसेवा तथा स्वयंसेवी गतिविधिमा निरन्तर योगदान पुर्‍याउँदै आएका सामाजिक अभियन्ता दीपक नेपाललाई सम्मान–पत्र प्रदान गरेको छ। विभागले प्रदान गरेको सम्मान–पत्रमा नेपालले दुई दशकभन्दा लामो समयदेखि जापानमा निस्वार्थ भावनाका साथ नेपाली समुदायको हितमा सक्रिय भूमिका निर्वाह गरेको उल्लेख गरिएको छ। नेपाल फेस्टिभललगायत विभिन्न सामाजिक, सांस्कृतिक तथा सामुदायिक कार्यक्रमहरूमा व्यक्तिगत व्यस्तताका...

टोकियोमा प्रवास नेपाली सम्पर्क विभाग जापानद्वारा रास्वपा सांसदहरूसँग अन्तरक्रिया, कान्तो क्षेत्रीय समिति गठन

टोकियो/जापान। प्रवास नेपाली सम्पर्क विभाग जापानले आइतबार टोकियोस्थित चौतारो हलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य दीपक बोहोरा तथा प्रतिनिधिसभा सदस्य बसुमाया तामाङसँग अन्तरक्रिया तथा भेटघाट कार्यक्रम संगै कान्तो क्षेत्रको अधिवेशन सम्पन्न गरेको छ। प्रवास नेपाली सम्पर्क विभाग जापानका प्रमुख दीपक कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख भोजेन्द्र सुबेदीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सहसचिव फणिन्द्र...

अनेसास जापानद्वारा जनवादी गायक जीवन शर्मासँग विशेष सांगीतिक तथा साहित्यिक भेटघाट सम्पन्न

टोकियो। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरको आयोजनामा वरिष्ठ जनवादी गायक जीवन शर्मासँग विशेष सांगीतिक तथा साहित्यिक भेटघाट कार्यक्रम टोकियोमा सम्पन्न भएको छ। केही दिनयता जापानका विभिन्न शहरमा सांगीतिक प्रस्तुतिमा व्यस्त रहेका गायक शर्माले यस कार्यक्रमलाई अन्य भेटघाटभन्दा फरक, आत्मीय र सिर्जनशील अनुभवका रूपमा लिएको बताए। औपचारिकताभन्दा सिर्जना, संगीत र साहित्यलाई केन्द्रमा राखेर आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले शर्माका सांगीतिक...

जापान भ्रमणमा आउने विदेशी पर्यटकले जापानीभन्दा धेरै भात खाने, नयाँ तथ्यांक सार्वजनिक

टोकियो। जापान भ्रमणमा आउने विदेशी पर्यटकले यसअघि अनुमान गरिएभन्दा निकै बढी चामल(भात)खाने गरेको नयाँ सरकारी तथ्यांकले देखाएको छ। जापानको कृषि, वन तथा मत्स्य मन्त्रालयले जुलाई २७ मा सार्वजनिक गरेको आर्थिक वर्ष २०२५ को अध्ययनअनुसार, विदेशी पर्यटकले जापान बसाइका क्रममा प्रतिदिन औसत ५७० ग्राम पकाएको भात खाने गरेका छन्। यो करिब ४ वटा सामान्य आकारका भातका कचौरा बराबर हो। यसअघि मन्त्रालयले विदेशी...

निलुवा समाज जापानले जापानको टोकियो सहरमा तिजको दरखाने कार्यक्रम गर्ने

टोकियो/जापान। निलुवा समाज जापानले तिजको अवसरमा टोकियोमा दरखाने कार्यक्रम गर्ने भयको छ। बागलुङ जिल्ला गलकोटको ‘सुन्दर निलुवा हाम्रो सान, पूर्वाधार विकासमा हामी सबैको अभियान’ भन्ने मूल नाराका साथ सन् २०१५ मा स्थापना भएको निलुवा समाज जापान ले वार्षिक रुपमा मनाउदै आएको हिन्दू नेपाली महिला हरुको महान पर्व ‘हरितालिका तिज’ को अबसरमा तिजको दरखाने कार्यक्रम लाई यस वर्ष पनि भब्य रुपमा...

नेपाली युवा व्यवसायीहरुले करिब ४ करोड येन लगानीमा टोकियोमा खोले ‘चाँदनी रोधी घर टोकियो’

टोकियो/जापान। नेपाली कला, संस्कृति, स्वाद र सांगीतिक मनोरञ्जनलाई एउटै छानामुनि प्रस्तुत गर्ने उद्देश्यसहित टोकियो सिन्जुकु वार्डस्थित सिनओकुबोमा ‘चाँदनी रोधी घर टोकियो’सञ्चालनमा आएको छ। युवा व्यवसायीहरु मोती गुरुङ, एबी गुरुङ, प्रकाश गुरुङ, प्रकाश श्रेष्ठ, ऋषि ढकाल, पल गुरुङ र अरुण तामाङको संयुक्त लगानीमा सञ्चालनमा आएको रोधीमा करिब ३ करोड ५० लाखदेखि ४ करोड जापानी येनसम्म लगानी गरिएको सञ्चालकहरूले बताएका छन्। करिब ११०...

अभियोगपछि एनआरएनए चिबा र पर्बत समाज जापानको जिम्मेवारीबाट अलग भए विमल न्यौपाने

टोकियो/जापान। नाबालिका बलात्कारको अभियोग लागेका पर्बत समाज जापानका महासचिव एवं गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानअन्तर्गत चिबाका क्षेत्रीय समितिका कोषाध्यक्ष विमल न्यौपाने संस्थागत जिम्मेवारीबाट हटेका छन् । पर्वत समाज जापानका अध्यक्ष राम बास्तोलाका अनुसार,न्यौपानेले आफूमाथि लागेको अभियोगबारे विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि अनुसन्धान प्रक्रियामा सहयोग गर्ने उद्देश्यले दुवै संस्थाको पदीय जिम्मेवारीबाट अलग रहने निर्णय गरेका हुन्।न्यौपाने पर्बत समाज जापानका महासचिव तथा...

जापानमा अगस्टदेखि २,३०० भन्दा बढी खाद्यवस्तुको मूल्य बढ्ने, शरद ऋतुमा महँगी थप चुलिने संकेत

टोकियो/जापान। जापानमा आगामी अगस्ट महिनादेखि २,३११ खाद्यवस्तुको मूल्य बढ्ने भएको छ। निजी अनुसन्धान संस्था तेइकोकु डाटाबैंकले १९५ प्रमुख खाद्य उत्पादक कम्पनीमाथि गरेको सर्वेक्षणमा यस्तो तथ्य सार्वजनिक भएको हो। २,००० भन्दा बढी खाद्यवस्तुको मूल्य बढ्ने क्रम लगातार दोस्रो महिनासम्म पुगेको छ। क्षेत्रगत रूपमा हेर्दा सबैभन्दा धेरै प्रशोधित खाद्य पदार्थ महँगिने छन्। यसअन्तर्गत ह्याम, ससेज, कप नुडल्स लगायतका १,४१९ वस्तुको मूल्य बढ्नेछ।...

टोकियो सिटी युनिभर्सिटीका डीन डा. होम बहादुर रिजाललाई ‘नेपाली डायस्पोरा एक्सिलेन्स इन्जिनियर अवार्ड’ प्रदान

टोकियो/ जापान। जापानको टोकियो सिटी युनिभर्सिटीका डीन तथा वरिष्ठ अनुसन्धानकर्ता डा. होम बहादुर रिजाललाई प्रतिष्ठित ‘नेपाली डायस्पोरा एक्सिलेन्स इन्जिनियर अवार्ड’ (Nepali Diaspora Excellence Engineer Award) प्रदान गरिएको छ। ६४ औं ईन्जिनियर्स डेको अवसरमा यसै महिना,ललितपूरको ग्वार्कोमा, नेपाल इन्जिनियर्स एसोसिएसन (NEA) द्वारा प्रदान गरिएको यो अवार्ड डा. रिजालले इन्जिनियरिङ क्षेत्रमा पुर्‍याएको विशिष्ट योगदान र अन्तर्राष्ट्रिय स्तरमा हासिल गरेको प्राज्ञिक सफलताको कदर...

नेपाल प्रेस युनियन जापानद्वारा पत्रकार महासंघका पदाधिकारी तथा केन्द्रीय सदस्यलाई स्वागत र सम्मान

टोकियो, जापान । नेपाल प्रेस युनियन जापान शाखाले जापान भ्रमणमा रहनुभएका नेपाल प्रेस युनियनमा आबद्ध नेपाल पत्रकार महासंघका केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको सम्मानमा आयोजना गरेको स्वागत, सम्मान तथा भेटघाट कार्यक्रम जापानस्थित प्रेस युनियनकर्मीहरूको उल्लेखनीय सहभागिता र उत्साहपूर्ण उपस्थितिका बीच सम्पन्न भएको छ। नेपाल प्रेस युनियन जापान शाखाका संयोजक राजविन थापाको सभापतित्व तथा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)का वरिष्ठ उपाध्यक्ष...