ओसाका, जापान । जापानको ओसाकामा नेपाली युवाहरूको सामाजिक संस्था ‘ब्लु ब्वाइज युनियन’को प्रथम महाधिवेशन तथा दोस्रो वार्षिकोत्सव समारोह भव्य रूपमा सम्पन्न भएको छ। महाधिवेशनले मोहन कुँवरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
संस्थापक अध्यक्ष बासुदेव लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एनआरएनए जापान कान्साईका संयोजक भीम काउचा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा जापानस्थित विभिन्न नेपाली सामाजिक संस्थाका प्रतिनिधि तथा समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता थियो।
कार्यक्रममा सहभागी अतिथिहरूले संस्थालाई दोस्रो वार्षिकोत्सवको शुभकामना दिँदै आगामी दिनमा सहकार्य र समन्वय गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सो अवसरमा संस्थामा आबद्ध नयाँ सदस्यहरूलाई स्वागत गर्नुका साथै सांस्कृतिक नृत्य तथा देउडा प्रस्तुति गरिएको थियो।
संस्थाका उपाध्यक्ष रामकुमार पाण्डेयले शुभकामना मन्तव्य राख्नुभएको थियो भने कोषाध्यक्ष मोहन कुँवरले वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
संस्थापक अध्यक्ष लामिछानेले ब्लु ब्वाइज युनियनले दुई वर्षको अवधिमा उपलब्ध क्षमता र स्रोतअनुसार नेपाली समुदायलाई लक्षित गरी विभिन्न सामाजिक तथा सेवामूलक गतिविधि सञ्चालन गरेको बताउनुभयो। उहाँले आगामी दिनमा पनि समुदायको हितलाई प्राथमिकतामा राखेर संस्था अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमको सञ्चालन नवनिर्वाचित सचिव अनिल पाण्डेयले गर्नुभएको थियो भने कार्यक्रम संयोजन संस्थाका सदस्य अम्सुल पाण्डेले गर्नुभएको थियो।
नवनिर्वाचित अध्यक्ष मोहन कुँवरले संस्थाले विगतमा गरेका सकारात्मक तथा सामाजिक कामलाई निरन्तरता दिँदै देखिएका कमजोरी सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सदस्यहरूको विचार, सुझाव र सल्लाहलाई सम्मान गर्दै संस्थालाई थप व्यवस्थित, सक्रिय र सशक्त बनाइने बताउनुभयो।
साथै, जापानमा रहेका नेपाली समुदायलाई लक्षित गरी सामाजिक सेवा, आपसी सहयोग, युवा सहभागिता तथा रचनात्मक कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाइने उहाँको भनाइ थियो।
नवनिर्वाचित कार्यसमितिः अध्यक्ष: मोहन कुँवर,उपाध्यक्ष: सन्तोष धिताल,सचिव: अनिल पाण्डेय,सहसचिव: झमेन्द्रकुमार कुँवर,कोषाध्यक्ष: मदन विक र सहकोषाध्यक्ष: जय अधिकारी चयन हुनुभएको छ।
उपाध्यक्ष पदमा भएको आन्तरिक मतदानबाट सन्तोष धिताल निर्वाचित हुनुभएको हो। कार्यसमितिका बाँकी सदस्यहरूको टुङ्गो संस्थाको पहिलो बैठकले लगाउने नवनिर्वाचित सचिव अनिल पाण्डेयले जानकारी दिनुभयो।
नयाँ नेतृत्वसँगै संस्थागत सुशासन, सामाजिक सेवा, सदस्यहरूको सक्रिय सहभागिता तथा जापानस्थित नेपाली समुदायसँगको सहकार्य थप सुदृढ हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




