टोकियो, जापान। नेपालका विभिन्न क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई राहत पुर्याउने उद्देश्यले धादिङ समाज जापानले ४८ घण्टे आर्थिक सहयोग अभियान सञ्चालन गर्ने भएको छ। अभियानको सुरुवात गर्दै समाजले संस्थाको तर्फबाट ५ लाख येन सहयोग गर्ने घोषणा गरेको छ।
धादिङ समाज जापानका महासचिव सुशान्त बानियाँका अनुसार रसुवा, नुवाकोट र धादिङलगायत बाढी तथा पहिरो प्रभावित क्षेत्रका पीडितलाई सहयोग पुर्याउने उद्देश्यले तत्काल आर्थिक संकलन अभियान सञ्चालन गर्ने निर्णय गरिएको हो।
विपत्तिका कारण प्रभावित परिवारहरू कठिन परिस्थितिमा रहेको उल्लेख गर्दै समाजले जापानमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई आ–आफ्नो क्षमताअनुसार अभियानमा सहभागी हुन अपिल गरेको छ।
“सानो सहयोगले पनि विपत्तिमा परेका परिवारका लागि ठूलो अर्थ राख्न सक्छ,” समाजले जारी गरेको अपिलमा भनिएको छ। संकलित सहयोग पीडित परिवारसम्म राहतका रूपमा पुर्याउने समाजले जनाएको छ।
आर्थिक सहयोग गर्न चाहने व्यक्तिले धादिङ समाज जापानको खाता नम्बर १००६०–४९९४९८९१ मा रकम जम्मा गर्न सक्नेछन्। खाताको नाम ダハディン サマズ ジャパン रहेको छ।
समाजले विपत्तिको समयमा एकताबद्ध भएर पीडितको दुःखमा साथ दिन जापानवासी नेपाली समुदायलाई आग्रह गर्दै ४८ घण्टे अभियानमा सक्रिय सहभागिता जनाउन अपिल गरेको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




