ओसाकामा ‘औरा होम्स’को औपचारिक सुरुवात, विदेशी समुदायलाई लक्षित गर्दै रियल एस्टेट सेवा
ओसाका, जापान। जापानमा बसोबास गर्ने विदेशी समुदायलाई लक्षित गर्दै ‘औरा होम्स’ ले ओसाकाबाट औपचारिक रूपमा आफ्नो रियल एस्टेट (फुदोसान) सेवा सुरु गरेको छ। कम्पनीका प्रमुख विकास अधिकारीका अनुसार औरा होम्सले विदेशी नागरिकलाई जापानमा कोठा तथा घर भाडामा खोजिदिने, घर तथा जग्गा खरिद–बिक्रीमा सहजीकरण गर्ने, होम लोन सम्बन्धी परामर्श तथा आवश्यक प्रक्रिया पूरा गर्न सहयोग गर्ने सेवा प्रदान गर्नेछ। साथै रेस्टुरेन्ट...
प्रवास नेपाली सम्पर्क विभाग जापानको कान्तो शाखा समिति अधिवेशन अगस्ट २ मा हुने
टोकियो। प्रवास नेपाली सम्पर्क विभाग, जापानले कान्तो शाखा समिति अधिवेशन तथा अन्तरक्रिया कार्यक्रम आगामी अगस्ट २ तारिख आयोजना गर्ने भएको छ। आयोजकका अनुसार कार्यक्रम दिउँसो १२ बजेदेखि टोकियोको कामाता चौतारो हलमा सञ्चालन हुनेछ। कार्यक्रममा प्रतिनिधिसभा सदस्य दीपक बोहरा र प्रतिनिधिसभा सदस्य बसुमाया तामाङ प्रमुख अतिथिका रूपमा सहभागी हुने जनाइएको छ। उहाँहरूले प्रवासी नेपालीसँग अन्तरक्रिया गर्नुका साथै समसामयिक विषय, संगठनको भावी कार्यदिशा...
गल्कोट समाज जापान क्षेत्रीय समिति टोकियोद्वारा सेप्टेम्बर १० मा ‘तीज सांगीतिक उत्सव २०२६’ आयोजना गरिने
टोकियो। गल्कोट समाज जापान क्षेत्रीय समिति टोकियोले नेपाली हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा ‘तीज सांगीतिक उत्सव २०२६’ आयोजना गर्ने भएको छ। कार्यक्रम आगामी सेप्टेम्बर १० तारिख दिउँसो ३ बजेदेखि टोकियोको नाकानो जेरो हलमा हुने आयोजकले जनाएको छ। समाजका अध्यक्ष ईश्वर बस्नेतका अनुसार नेपाली कला, संस्कृति, भाषा र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले विगत वर्षहरूदेखि निरन्तर आयोजना हुँदै...
सूर्य खड्का र देवी घर्तीको सुमधुर स्वरमा मौलिक तीज गित ‘पिर नल्यु आमाले’ सार्वजनिक(भिडियो सहित)
टोकियो,जापान। गायक सूर्य खड्का र गायिका देवी घर्तीको सुमधुर स्वरमा सजिएको नयाँ तीज गीत ‘पिर नल्यु आमाले’ (पिर नल्यु बाबाले) को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। परदेशमा रहेका छोराछोरीले आफ्ना आमाबुबालाई चिन्ता नगर्न आग्रह गर्दै आफूहरू सुखी रहेको भाव व्यक्त गरिएको यस गीतले नेपाली परिवारको माया, जिम्मेवारी र भावनात्मक सम्बन्धलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको छ। भिडियोमा स्मारिका ढकाल र सूर्य खड्काले...
जापानभर अत्याधिक गर्मी, एक सातामै १० हजारभन्दा बढीलाई हीटस्ट्रोक, १४ जनाको मृत्यु
टोकियो, जापान। जापानमा अत्यधिक गर्मीका कारण हीटस्ट्रोकका बिरामीको संख्या तीव्र रूपमा बढेको छ। जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयअन्तर्गतको अग्नि तथा विपद् व्यवस्थापन एजेन्सीका अनुसार जुलाई १३ देखि १९ सम्मको एक सातामा देशभर १० हजार ८५७ जना हीटस्ट्रोकका कारण अस्पताल पुर्याइएका छन्। यो संख्या यस वर्ष पहिलो पटक १० हजार नाघेको हो। अघिल्लो साताको ४ हजार ५८० जनाको तुलनामा यो...
अगस्ट १ देखि जापानमा पुराना स्वास्थ्य बीमा कार्ड प्रयोग नहुने
टोकियो। जापानमा अगस्ट १ देखि पुराना (कागजी) स्वास्थ्य बीमा कार्ड अस्पताल, क्लिनिक र औषधि पसलमा मान्य नहुने भएको छ। अब बीमाअन्तर्गत उपचारका लागि स्वास्थ्य बीमासँग दर्ता गरिएको ‘माइ नम्बर कार्ड’ वा ‘शिकाकु काकुनिनशो’ (बीमा योग्यता पुष्टि प्रमाणपत्र) अनिवार्य रूपमा देखाउनुपर्नेछ। यीमध्ये कुनै पनि कागजात नभए उपचारको पूरै खर्च आफैंले अग्रिम तिर्नुपर्ने हुन सक्छ। सरकारले सन् २०२४ डिसेम्बरदेखि नयाँ कागजी स्वास्थ्य बीमा...
जापानमा जारी नेपाल फेस्टिवलमा नेपालीको जनसागर ! तर संस्कार र अपनत्व खै ?
टोकियोको ओदाइबास्थित सिओखाजे पार्कमा १५औँ नेपाल फेस्टिवल चलिरहेको छ। तीनदिने फेस्टिवलको आज अन्तिम दिन हो। जापानमा आयोजना भएका आधा दर्जनभन्दा बढी नेपाल फेस्टिवलमा प्रत्यक्ष सहभागी भएको र सञ्चारमाध्यममार्फत जोडिएको अनुभवका आधारमा हेर्दा, पछिल्ला वर्षहरूमा नेपाल फेस्टिवल पूर्णतः नेपालीहरूको आफ्नै मात्रै, फेस्टिवलजस्तो बन्दै गएको अनुभूति हुन हुन्छ।यस पटक पनि जापानीलगायत विदेशी समुदायको उपस्थिति भने अत्यन्तै निकै न्यून देखिएको छ। एक दृष्टिकोणबाट हेर्दा...
एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स जापान–२०२६ जुलाई २५ मा हुने
टोकियो/जापान। विश्वभर रहेका नेपाली सञ्चारकर्मी तथा सञ्चार क्षेत्रसँग आबद्ध व्यक्तिहरूलाई एउटै मञ्चमा जोड्ने उद्देश्यसहित एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स जापान–२०२६ आगामी जुलाई २५ (शनिबार) टोकियोमा आयोजना हुने भएको छ। टोकियोको सेन्ट लुक्स गार्डेन टावर, आकाशिचो, चुओ सिटी मा हुने सम्मेलनको मूल नारा “Bridging Nepal and the World Through Media: The Voice of the Diaspora” अर्थात् “सञ्चारमार्फत नेपाल र विश्वलाई जोड्दैः प्रवासी...
जापानमा चौतारो ग्रुपद्वारा ‘चुहाईबल’ सञ्चालनमा
टोकियो । जापानमा एक दशकभन्दा लामो समयदेखि विभिन्न क्षेत्रमा व्यवसाय गर्दै आएको चौतारो ग्रुपले कानागावा प्रिफेक्चरको योकोसुका सहरमा नयाँ बार ‘चुहाईबल’ सञ्चालनमा ल्याएको छ। चौतारो ग्रुपका सञ्चालक केशव अधिकारीका अनुसार यो बार योकोसुकास्थित अमेरिकी नौसैनिक बेस (युएस नेभल बेस) नजिकै सञ्चालनमा ल्याइएको हो। उनले यस क्षेत्रका अमेरिकी समुदाय, स्थानीय बासिन्दा तथा विभिन्न पेय पदार्थका पारखी ग्राहकलाई लक्षित गरी ‘चुहाईबल’ सुरु...
बिहुँकोट समाज जापानद्वारा जापानका तीन सहरमा तिज विशेष कार्यक्रम आयोजना गरिने
टोकियो/जापान। हिन्दु नारीहरुको महान् पर्व हरितालिका तिजको अवसरमा बिहुँकोट समाज जापानले यस वर्ष पनि जापानका तीन प्रमुख सहरमा ‘तिज विशेष कार्यक्रम २०२६’ आयोजना गर्ने भएको छ। समाजले सार्वजनिक गरेको जानकारीअनुसार नेपालबाट आमन्त्रित राष्ट्रिय कलाकार सम्झना लामिछाने मगर र सीता परियारका साथै जापानमा रहेका स्थानीय कलाकारहरूको प्रस्तुति रहने कार्यक्रम ओसाका, ओकायामा र टोकियोमा आयोजना हुनेछ। कार्यक्रमको तालिका अनुसार सेप्टेम्बर १० मा ओसाकामा,...

