टोकियो। नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा स्याङ्जा समाज जापानको आयोजनामा ‘तीज धमाका–२०२६’ हुने भएको छ। विपद् व्यवस्थापन राहतकोष सहयोगार्थ आयोजना हुन लागेको कार्यक्रम आगामी सेप्टेम्बर १३ तारिख टोकियोको कोगानेईस्थित कोगानेई मियाजिगाक्की हलमा हुनेछ।
स्याङ्जा समाज जापानका अध्यक्ष वेद कार्कीका अनुसार तीजको मौलिक संस्कृति र नेपाली समुदायबीचको आपसी सद्भावलाई प्रवर्द्धन गर्नुका साथै विपद्का बेला आवश्यक सहयोग जुटाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।
कार्यक्रममा वरिष्ठ लोक तथा दोहोरी गायक पुरुषोत्तम न्यौपानेसहित चर्चित कलाकारहरू रविन लामिछाने, काजल गुरुङ र जीवन सिग्देलको सांगीतिक प्रस्तुति रहनेछ।
कार्यक्रमको विशेष आकर्षणका रूपमा गोला प्रथाद्वारा एक भाग्यशाली विजेतालाई सुनको गहना उपहार प्रदान गरिने आयोजकले जनाएको छ।
स्याङ्जा समाज जापानकी कोषाध्यक्ष सारा श्रेष्ठ कार्यक्रम संयोजक रहेकी छन्। कार्यक्रमलाई व्यवस्थित र भव्य बनाउन आवश्यक तयारी भइरहेको संयोजक श्रेष्ठले जानकारी दिएकी छन्।
साँझ ६ बजेदेखि राति ९:३० बजेसम्म सञ्चालन हुने कार्यक्रममा पुरुषका लागि प्रवेश शुल्क २ हजार येन तोकिएको छ भने महिलाका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।
कार्यक्रमको सह–आयोजक औँधीखोला तमु (गुरुङ) समाज जापान रहेको छ।
आयोजक स्याङ्जा समाज जापानले जापानमा रहेका नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई तीजको सांस्कृतिक उत्सवसँगै विपद् व्यवस्थापन राहतकोष सहयोग अभियानमा साथ दिन आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




