नागानो/जापान। सन् २०१५ को विनाशकारी नेपाल भूकम्पका बेला जापानबाट पाएको सहयोगको गुन तिर्न जापानमा रहेका एक नेपाली व्यवसायीले कुमामोतो भूकम्पपीडितका लागि आफ्नो रेस्टुरेन्टको एक दिनको सम्पूर्ण बिक्री रकम दान गर्ने भएका छन् ।
नागानो प्रिफेक्चरको ओमाची सहरमा सञ्चालित इन्डियन तथा नेपाली रेस्टुरेन्ट ‘साथी’ का सञ्चालक नन्दराज रेग्मीले अगस्ट १२ तारिख नियमित बिदाको दिनसमेत रेस्टुरेन्ट खोलेर विशेष च्यारिटी सञ्चालन गरेका हुन्।
गत जुलाई २८ मा कुमामोतो क्षेत्रमा गएको शक्तिशाली भूकम्पले कुमामोतोमा ठूलो मात्रामा भौतिक तथा मानविय क्षति गरेको थियो।त्यहाँ ठूलो संख्यामा घरहरू क्षतिग्रस्त भएका छन् भने करिब ३ हजार ७ सय मानिस अझै आश्रयस्थलमा बसिरहेको बताइएको छ।
भूकम्पपीडितलाई सहयोग गर्न ‘साथी’ले करी, नान, नेपाली शैलीको चाउमिनलगायत परिकार १ हजार ५ सय येनमा बुफेका रूपमा उपलब्ध गराएको थियो। रेस्टुरेन्टका मौलिक टी-सर्टलगायत सामग्री पनि बिक्री गरिएको थियो। उक्त दिनको बिक्रीबाट उठेको सम्पूर्ण रकम गैरनाफामूलक संस्थामार्फत कुमामोतोका भूकम्पपीडितलाई प्रदान गरिने बताइएको छ। रेग्मीका अनुसार,यस पटक १ लाख ६९ हजार ९ सय ३२ येनको व्यापार भएको छ। उक्त सम्पुर्ण रकम दान गरिनेछ।

रेग्मीले सन् २०१५ मा नेपालमा गएको ७ दशमलव ८ म्याग्निच्युडको विनाशकारी भूकम्प सम्झँदै त्यसबेला जापानी नागरिकबाट प्राप्त सहयोग अहिले पनि नबिर्सिएको बताएका छन्।
“नेपालमा भूकम्प जाँदा जापानका मानिसहरूले हामीलाई सहयोग गर्नुभएको थियो। त्यसैले अहिले म पनि सहयोग गर्न चाहन्छु,” रेग्मीले भने।यो उनको पहिलो मानवीय सहयोग भने होइन। उनले सन् २०१८ को पश्चिम जापानको भीषण वर्षा, सन् २०१९ को टाइफुन नम्बर १९ तथा सन् २०२४ को नोतो प्रायद्वीप भूकम्पका बेला पनि स्वयंसेवा तथा आर्थिक सहयोग गरेका थिए।
नेपालमा विपद् पर्दा जापानले देखाएको सद्भावलाई एक नेपाली व्यवसायीले जापानकै दुःखमा साथ दिएर फर्काएको यो अभियानले नेपाल–जापानबीचको मानवीय सम्बन्धको सुन्दर उदाहरण प्रस्तुत गरेको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




