टोकियो/जापान। जापानको सबैभन्दा अग्लो हिमाल माउन्ट फुजी (富士山) केवल प्राकृतिक सुन्दरताका लागि मात्र होइन, जापानी संस्कृति र पहिचानसँग गहिरो रूपमा जोडिएको प्रतीक पनि हो। समुद्री सतहबाट ३,७७६ मिटर अग्लो माउन्ट फुजी चढ्ने सपना धेरैको हुन्छ। तर सुन्दर देखिने यो हिमाल चढ्नुअघि पर्याप्त तयारी र नियमबारे जानकारी आवश्यक छ। पछिल्ला वर्षहरुमा जापानमा बसोबास गरिरहेका थुप्रै नेपालीहरु माउन्ट फुजी आरोहण गर्न जाने गरेका छन्। त्यसैले आज हामीले यसबारे एउटा सामाग्री तयार पारेका छौँ।
सन् २०२६ मा माउन्ट फुजी चढ्ने मुख्य सिजन जुलाईदेखि सेप्टेम्बर १० सम्म हो। योशिदा र सुबाशिरी रुट जुलाई १ देखि तथा फुजिनोमिया र गोटेम्बा रुट जुलाई १० देखि खुल्ला भएका छन्। मौसम तथा हिउँको अवस्थाका कारण मिति परिवर्तन हुन सक्ने भएकाले यात्राअघि आधिकारिक सूचना जाँच गर्नु आवश्यक छ। (富士登山オフィシャルサイト)
माउन्ट फुजी पुग्ने चार प्रमुख रुट:
माउन्ट फुजीको शिखरसम्म पुग्न योशिदा, सुबाशिरी, गोटेम्बा र फुजिनोमिया गरी चार प्रमुख रुट छन्। दूरी, उचाइ, भीडभाड तथा बाटोमा उपलब्ध माउन्टेन हटको संख्या प्रत्येक रुटमा फरक हुन्छ। पहिलो पटक चढ्नेहरूले आफूलाई उपयुक्त रुट पहिले नै छनोट गर्नु राम्रो हुन्छ।
प्रवेश शुल्क पनि लाग्छः
सन् २०२६ मा माउन्ट फुजी चढ्दा प्रतिव्यक्ति ४,००० येन हाइकिङ शुल्क तिर्नुपर्छ। योशिदा रुटमा दैनिक अधिकतम ४,००० जनाको सीमा पनि तोकिएको छ। योशिदा रुटमा माउन्टेन हटमा बस्नेबाहेकका यात्रुलाई दिउँसो २ बजेदेखि बिहान ३ बजेसम्म प्रवेश रोक लगाइन्छ।
शिजुओका क्षेत्रतर्फका फुजिनोमिया, गोटेम्बा र सुबाशिरी रुटमा पनि ४,००० येन शुल्क तथा सुरक्षा र प्रकृति संरक्षणसम्बन्धी पूर्वजानकारी/तालिम पूरा गर्नुपर्ने व्यवस्था छ। दिउँसो २ बजेदेखि बिहान ३ बजेसम्म प्रवेश गर्ने हो भने माउन्टेन हटमा बस्ने व्यवस्था आवश्यक हुन्छ।
के–के लैजाने ?
माउन्ट फुजीको मौसम तलको सहरभन्दा निकै फरक हुन सक्छ। न्यानो कपडा, दुई भाग भएको वर्षातबाट जोगिने कपडा, उपयुक्त ट्रेकिङ जुत्ता, पानी, खाना तथा हेडलाइटजस्ता सामग्री तयार राख्नु महत्त्वपूर्ण हुन्छ। विशेषगरी योशिदा रुटमा आवश्यक कपडा र जुत्ता नभए प्रवेशमै रोक लगाउन सकिने व्यवस्था छ।
उचाइको असरलाई हल्का नलिनुहोस्ः
३,७७६ मिटर उचाइमा पुग्दा शरीरमा उचाइसम्बन्धी समस्या देखिन सक्छ। त्यसैले हतार नगरी शरीरलाई उचाइसँग अभ्यस्त गराउँदै चढ्नु राम्रो हुन्छ। अस्वस्थ महसुस भए जबरजस्ती शिखरतर्फ अगाडि बढ्नुभन्दा फर्किनु सुरक्षित विकल्प हो।
मौसम खराब भए ‘शिखर पुग्नैपर्छ’ भन्ने सोच नराख्नुहोस्ः
भारी वर्षा वा अन्य कारणले बाटो असुरक्षित भए तत्काल रुट बन्दसमेत गर्न सकिन्छ। निर्धारित सिजनबाहिर शिखरतर्फ जाने बाटाहरू बन्द रहने भएकाले सामान्य पर्यटकले अफ-सिजनमा चढ्ने प्रयास गर्नु हुँदैन।
फुजीबाट केही नल्याउनुहोस्, फोहोर पनि नछोड्नुहोस्:
माउन्ट फुजी संरक्षित प्राकृतिक तथा सांस्कृतिक क्षेत्र हो। यहाँ फोहोर फाल्न, वनस्पति टिप्न, ढुंगा वा लाभा लिएर आउन, जथाभावी लेख्न तथा टेन्ट लगाउन निषेध गरिएको छ। आफूले उत्पादन गरेको फोहोर आफैंसँग फिर्ता ल्याउनु माउन्ट फुजीको महत्वपूर्ण नियम हो।
माउन्ट फुजी चढ्नु केवल शिखरमा पुग्नु होइन- प्रकृतिको सम्मान गर्दै सुरक्षित रूपमा फर्किनु पनि यात्राको उत्तिकै महत्वपूर्ण हिस्सा हो।
जाने योजना छ भने मौसम, रुटको अवस्था, आरक्षण र नियमबारे अन्तिम जानकारी माउन्ट फुजी क्लाइम्बिङको आधिकारिक वेबसाइट बाट जाँच गरेर मात्र यात्रा सुरु गर्नुहोस्।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




