टोकियो,जापान। जापानले क्षेत्रीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले विदेशी पर्यटकलाई निःशुल्क शिन्कान्सेन (बुलेट ट्रेन) टिकट उपलब्ध गराउने नयाँ योजना सार्वजनिक गरेको छ। यो योजना विशेषगरी क्युशु क्षेत्रको कागोशिमा प्रिफेक्चरमा विदेशी पर्यटक आकर्षित गर्ने लक्ष्यसहित अघि सारिएको हो।
अन्तर्राष्ट्रिय पर्यटकहरू प्रायः तोकाइदो र सान्यो शिन्कान्सेन लाइनमार्फत टोकियोदेखि फुकुओकासम्मको यात्रा गर्छन्, जहाँ क्योतो, ओसाका, कोबे र हिरोशिमा जस्ता प्रमुख पर्यटकीय सहरहरू पर्छन्। तर फुकुओकाको हाकाता स्टेशनपछि क्युशु शिन्कान्सेन लाइन कागोशिमासम्म विस्तार भए पनि धेरै विदेशी पर्यटक त्यहाँसम्म नपुग्ने गरेको तथ्यांक देखिएको छ।
कागोशिमाका गभर्नर कोइची शिओताले फेब्रुअरी १० मा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त योजना घोषणा गरेका हुन्। उनका अनुसार कोभिड–१९ महामारीअघिको तुलनामा कागोशिमामा बसोबास गर्ने विदेशी पर्यटकको संख्या घटिरहेको छ। साथै कागोशिमा विमानस्थलबाट हङकङसँगको सिधा उडान बन्द हुनु र सांघाइसँगको उडान संख्या घट्नुले पनि पर्यटक आगमनमा असर परेको छ।
यसैलाई मध्यनजर गर्दै कागोशिमा सरकारले विदेशी पर्यटकलाई फुकुओकाको हाकाता स्टेशनदेखि कागोशिमा चुओ स्टेशनसम्मको एकतर्फी शिन्कान्सेन टिकट निःशुल्क उपलब्ध गराउने योजना ल्याएको हो। करिब ९० मिनेट लाग्ने उक्त यात्राको भाडा सामान्यतया करिब ११ हजार ५०० येन पर्ने गर्दछ।
सरकारले यस योजनामार्फत क्युशुको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने कागोशिमालाई अन्तर्राष्ट्रिय पर्यटकका लागि थप आकर्षक गन्तव्य बनाउने अपेक्षा गरेको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




