
टोकियो,जापान। जापानका डिपार्टमेन्ट स्टोरहरूमा डिसेम्बर महिनामा चिनियाँ ग्राहकको संख्या र उनीहरूले गर्ने ड्युटी–फ्री किनमेल दुवै अघिल्लो वर्षको तुलनामा करिब ४० प्रतिशत ले घटेको उद्योगसम्बन्धी तथ्यांकले देखाएको छ। जापान–चीनबीच बढ्दो कूटनीतिक तनाव यसको मुख्य कारण मानिएको छ।
जापान डिपार्टमेन्ट स्टोर्स एसोसिएसनका अनुसार, चिनियाँ पर्यटक घटेसँगै समग्र ड्युटी–फ्री बिक्रीमा पनि असर परेको छ। डिसेम्बर महिनामा ड्युटी–फ्री बिक्री १७ दशमलव १ प्रतिशत घटेर करिब ५१ अर्ब ९० करोड येनमा सीमित भयो। सन् २०२५ भरिमा भने ड्युटी–फ्री बिक्री १२ दशमलव ७ प्रतिशत घटेर करिब ५ खर्ब ६६ अर्ब ७० करोड येन पुगेको छ।
एसोसिएसनका एक अधिकारीले “अहिलेकै अवस्था केही समयसम्म कठिन नै रहने” भन्दै फेब्रुअरीमा पर्ने चिनियाँ नयाँ वर्ष (लुनार न्यु इयर) का बिदामा समेत चिनियाँ पर्यटकको आगमन कमजोर रहने संकेत गरे।
सरकारी तथ्यांकअनुसार, कमजोर येन र जापानतर्फका उडान संख्या बढेकाले सन् २०२५ मा जापान भ्रमण गर्ने विदेशी पर्यटकको संख्या कीर्तिमानी करिब ४ करोड २७ लाख पुगेको छ। तर डिसेम्बरमा मात्रै चिनियाँ पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा ४५ प्रतिशत ले घटेर करिब ३ लाख ३० हजार मा झरेको छ।
जापानी प्रधानमन्त्री सानाए ताकाइचीले नोभेम्बरको सुरुमा संसदमा ताइवानमाथि आक्रमण भएमा जापानले कदम चाल्न सक्ने संकेत दिएपछि चीनले आफ्ना नागरिकलाई जापान भ्रमण नगर्न आह्वान गरेको थियो। त्यसयता दुई देशबीचको सम्बन्ध थप चिसिएको बताइन्छ।
एसोसिएसनका अनुसार, सन् २०२५ मा ड्युटी–फ्री सामान खरिद गर्ने ग्राहक संख्या कीर्तिमानी ६२ लाख पुगे पनि महँगा घडी र लक्जरी ब्रान्डका झोलाजस्ता वस्तुको बिक्रीमा ठूलो गिरावट आएको छ। यही कारणले चार वर्षपछि पहिलोपटक वार्षिक ड्युटी–फ्री बिक्री घटेको हो।
देशभरका ७० कम्पनी ले सञ्चालन गरेका १७६ डिपार्टमेन्ट स्टोर को समग्र बिक्री (स्वदेशी ग्राहकसहित) सन् २०२५ मा १ दशमलव ५ प्रतिशत ले घटेर करिब ५ ट्रिलियन ७०० अर्ब येन मा सीमित भएको छ। यो पछिल्ला पाँच वर्षयताकै पहिलो वार्षिक गिरावट हो।
डिसेम्बर महिनामा मात्र समग्र बिक्री १ दशमलव १ प्रतिशत ले घटेको छ, जुन पाँच महिनापछि देखिएको पहिलो गिरावट हो। यसको मुख्य कारण ड्युटी–फ्री बिक्रीमा आएको तीव्र कमी रहेको एसोसिएसनले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




