नयाँ वर्ष बिदामा करिब १० लाख जापानी विदेश भ्रमणमा निस्कने अनुमान, अघिल्लो वर्षको तुलनामा ३१.५ प्रतिशतले वृद्धि

टोकियो,जापान। वर्षअन्त्य तथा नयाँ वर्षको लामो बिदा अवधिमा विदेश यात्रा गर्ने जापानीहरूको संख्या करिब १० लाख पुग्ने अनुमान गरिएको छ। ट्राभल कम्पनी जे–टिबीले गरेको सर्वेक्षणअनुसार यो संख्या अघिल्लो वर्षको तुलनामा ३१.५ प्रतिशतले वृद्धि भएको हो। यससँगै विदेश यात्रा गर्नेको संख्या कोभिड–१९ महामारीअघिको करिब ९० प्रतिशत स्तर मा फर्किने अपेक्षा गरिएको छ। डिसेम्बर २७–२८ शनिबार–आइतबार परेकाले र त्यसपछि नयाँ वर्षका पहिलो...

ईसुमेघ टुर्स एण्ड ट्राभल्स नयाँ कार्यालयमा, कार्यवहाक राजदूत पौडेलद्वारा उद्घाटन

टोकियो। ईसुमेघ टुर्स एण्ड ट्राभल्स प्रा. लि. आज २०२५ डिसेम्बर ०५ देखि नयाँ कार्यालयमार्फत सेवा सञ्चालनमा आएको छ। नयाँ कार्यलयको औपचारिक उद्घाटन जापानका लागि नेपाली कार्यवहाक राजदूत हरिहरकान्त पौडेलको प्रमुख आतिथ्यता गरिएको थियो। उद्घाटन कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका अध्यक्ष सुभाष लामिछाने, नेपाल एयरलाइन्सका कन्ट्री म्यानेजर राजेन्द्र कार्की क्षेत्री, साथै एयर इन्डिया तथा विभिन्न एयरलाइन्सका प्रतिनिधिहरूको उपस्थितिले कार्यक्रमलाई थप...

जापानको पर्यटन उद्योगमा फ्रन्टलाईन श्रमिक अभाव, कम तलब मुख्य कारण

टोकियो,जापान। जापानको पर्यटन क्षेत्रसँग सम्बन्धित व्यक्ति लक्षित एउटा सर्वेक्षणले वर्तमान समयको सबैभन्दा ठूलो चुनौतीको रूपमा अग्रपंक्ति(फ्रन्ट लाईन)मा गर्ने श्रमिकको अभाव देखाएको छ। सर्वेक्षणमा सहभागी मध्ये ४८.६ प्रतिशतले श्रमिक अभावलाई पर्यटन क्षेत्रमा देखा परेको प्रमुख समस्या भएको उल्लेख गरे। यससँगै पर्यटन व्यवस्थापनका लागि आवश्यक विशेष दक्षता भएका जनशक्तिको कमी पनि ठूलो चुनौती बनेको सर्वेक्षणमा सहभागी ४१.३ प्रतिशत ले बताए। पर्यटन क्षेत्रको दीगो...

सन २०२५ को पहिलो ८ महिनामा जापानमा २ करोड ८४ लाख विदेशी पर्यटक भित्रिए

टोकियो/जापान। जापानमा यस वर्षको अगस्ट महिनामा आएका विदेशी पर्यटकहरूको संख्या गत वर्षको सोही महिनाको तुलनामा १६.९ प्रतिशतले बढेर ३४ लाख पुगेको छ । यो अहिलेसम्मकै अगस्ट महिनाको उच्च रेकर्ड भएको जापान सरकारले बुधबार सार्वजनिक गरेको अनुमानमा उल्लेख गरेको छ । जापान राष्ट्रिय पर्यटन संगठनका अनुसार, हङकङ र दक्षिण कोरियाबाट अघिल्लो महिनामा घटेको पर्यटक संख्या अगस्टमा फेरि बढेको छ । अघिल्लो...

जापान पटक-पटक भ्रमण गर्न चाहने गन्तव्यमा मुलुकको सूचीमा पहिलो स्थानमा

टोकियो/जापान। प्रमुख विज्ञापन कम्पनी देन्सु इन्कले हालै गरेको सर्वेक्षणअनुसार, विश्वका विभिन्न देशहरूमा भ्रमण गरेका यात्रुहरूले पुनः भ्रमण गर्न चाहने गन्तव्यका रूपमा जापानलाई पहिलो स्थानमा छनोट गरेका छन्। यसमा जापानी परिकार तथा उच्च गुणस्तरीय उत्पादनहरूको आकर्षण प्रमुख कारण मानिएको छ। अनलाइन सर्वेक्षणमा सहभागी बीस देशका मानिसहरूमध्ये बहु–देश भ्रमण गरेका मध्ये ५२ दशमलब ७ प्रतिशतले जापान फर्केर जान चाहेको बताए। दोस्रो स्थानमा...

जापानमा विदेशी पर्यटकको आकर्षण ऐतिहासिक उच्च, जुलाईमा ३४ लाख विदेशी पर्यटक जापान भित्रिए

टोकियो/जापान। जापानमा जुलाई महिनामा विदेशी पर्यटकहरुको संख्या गत वर्षको तुलनामा करिब ४.४ प्रतिशतले बढेर ३४ लाख पुगेको सरकारी अनुमान बुधबार सार्वजनिक गरिएको छ। यो संख्या जुलाई महिनाको लागि अहिलेसम्मकै सबैभन्दा ठूलो हो। अन्य मुलुकहरूमा विद्यालयको बिदा हुने समयसँगै जापान भ्रमण गर्ने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको हो। हालका वर्षहरूमा जापानको सांस्कृतिक लोकप्रियता, विशेषगरी एनिमे, र येनको अवमूल्यनले गर्दा जापान प्रमुख...

टोकियो विश्वकै नम्बर एक ‘वर्केसन’ शहर घोषित

टोकियो/जापान। विश्वव्यापी सर्वेक्षणअनुसार जापानको राजधानी टोकियोलाई कामसहितको बिदा (वर्केसन) मनाउन उपयुक्त उत्कृष्ट शहरको रूपमा पहिलो स्थानमा राखिएको छ। स्विस कम्पनी इन्टरनेश्नल वर्कप्लेस ग्रुप(International Workplace Group)ले विश्वका ४० वटा शहरलाई लचिलो कार्यस्थल, डिजिटल नोमाड भिसाको पहुँच, इन्टरनेटको गुणस्तर, सुरक्षात्मक वातावरण र प्राकृतिक सौन्दर्य जस्ता सूचकाङ्कमा मूल्याङ्कन गर्दै यो सूची सार्वजनिक गरेको हो। यसपटक पहिलो पटक सूचीमा समावेश गरिएको टोकियोले असाधारण इन्टरनेट स्पिड,...

आर्या होटल एण्ड स्पा : ठमेलको मुटुमा नेपाली भव्यता र आतिथ्यको प्रतीक (फोटोसहित)

काठमाडौँ/नेपाल। जब व्यवसायमा संस्कृति, सेवा, सौन्दर्यता र आधुनिकताको संगम हुन्छ, त्यहाँ एक यस्तो स्थल सिर्जना हुन्छ, जसले केवल सेवा मात्र होइन, मनमा अमिट छाप पनि छोड्दछ। त्यसको जीवन्त उदाहरण बनेको छ- आर्या होटल एण्ड स्पा। राजधानीको पर्यटन मुटु ठमेलको नरसिंह चोकमा अवस्थित यो फाईभस्टार लक्जरी होटल नेपाली आतिथ्य संस्कृतिको गौरवशाली प्रस्तुति हो। यस भव्य परियोजनाका सिर्जनाकर्ता हुन् – कृष्ण प्रसाद सिम्खडा।...

सन् २०२५ को पहिलो छ महिनामा जापानमा २ करोड १५ लाख विदेशी पर्यटक, हालसम्मकै उच्च रेकर्ड

टोकियो/जापान। सन् २०२५ को पहिलो छ महिनामा जापानले अहिलेसम्मकै सबैभन्दा धेरै विदेशी पर्यटक भित्र्याएको छ। जापान राष्ट्रिय पर्यटन संगठनले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार, जनवरीदेखि जुन महिनासम्म २ करोड १५ लाख विदेशी नागरिक जापान भ्रमण गरेका छन्। यो संख्या सन् २०२४ को पहिलो छ महिनाको रेकर्ड १ करोड ७७ लाख ८० हजार भन्दा धेरै हो।केवल जुन महिनामै ३३ लाख ८०...

जापानमा ७५ प्रतिशतले ‘मूल्यहरू धेरै बढेको’ महसुस गरेछन्,तपाईलाई चाहीँ जापानको मूल्यवृद्धि कस्तो लागिरहेको छ ?

टोकियो/जापान। जापानको केन्द्रीय बैंक, बैंक अफ जापानले सोमबार सार्वजनिक गरेकोसर्वेक्षणअनुसार, सन् २०२५ को पछिल्लो एक वर्षको अवधिमा दैनिक उपभोग्य वस्तु र खाद्य सामग्रीको मूल्य निरन्तर बढ्दै जाँदा ७५.३ प्रतिशत उत्तरदाताले “धेरै बढेको” महसुस गरेका छन्। यो संख्या अहिलेसम्मकै सबैभन्दा उच्च हो। “अलिकति बढेको” भन्नेहरू समेत समावेश गर्दा, मूल्य वृद्धि भएको महसुस गर्नेको संख्या ९६.१ प्रतिशत पुगेको छ, जुन अघिल्लो मार्चको...