टोकियो/जापान। प्रमुख विज्ञापन कम्पनी देन्सु इन्कले हालै गरेको सर्वेक्षणअनुसार, विश्वका विभिन्न देशहरूमा भ्रमण गरेका यात्रुहरूले पुनः भ्रमण गर्न चाहने गन्तव्यका रूपमा जापानलाई पहिलो स्थानमा छनोट गरेका छन्। यसमा जापानी परिकार तथा उच्च गुणस्तरीय उत्पादनहरूको आकर्षण प्रमुख कारण मानिएको छ।
अनलाइन सर्वेक्षणमा सहभागी बीस देशका मानिसहरूमध्ये बहु–देश भ्रमण गरेका मध्ये ५२ दशमलब ७ प्रतिशतले जापान फर्केर जान चाहेको बताए। दोस्रो स्थानमा दक्षिण कोरिया २० प्रतिशत र तेस्रोमा संयुक्त राज्य अमेरिका १६ दशमलब ६ प्रतिशतसहित परे।
जापानी खानपान र सामानप्रतिको रुचि, विशेषगरी प्रयोग भइसकेका वस्तुको गुणस्तरसमेत उच्च ठहरिनु, कमजोर येनभन्दा बढी पर्यटक वृद्धि हुने कारणका रूपमा देखाइएको छ।
कनभिनियन्स स्टोरमा सबैभन्दा लोकप्रिय वस्तुका रूपमा ४६ दशमलब ९ प्रतिशतले सुशी रोजे भने, ४५ दशमलब १ प्रतिशतले आइसक्रिमलाई मन पराए। त्यस्तै, ४३ दशमलब ३ प्रतिशतले ओनिगिरी र मिठाईलाई रोजेका छन्।
यो सर्वेक्षण मेदेखि जुन महिनासम्म गरिएको हो जसमा अस्ट्रेलिया, बेलायत, क्यानडा, चीन, फ्रान्स, जर्मनी, हङकङ, भारत, इन्डोनेसिया, इटाली, मलेसिया, फिलिपिन्स, साउदी अरब, सिङ्गापुर, दक्षिण कोरिया, स्पेन, ताइवान, थाइल्यान्ड, भियतनाम र संयुक्त राज्य अमेरिकाका कुल १२ हजार ४ सय जनाले सहभागिता जनाएका थिए।
जापानका ४७ प्रिफेक्चरमध्ये टोकियो, होक्काइदो, ओसाका र क्योटो सर्वाधिक परिचित र आकर्षक गन्तव्यका रूपमा देखिएका छन्। तर, ग्रामीण क्षेत्रमा पुगेका यात्रुको प्रतिशत भने कम रहेको सर्वेक्षणमा देखिएको छ।
यद्यपि ग्रामीण क्षेत्र पुगेका ९६ दशमलब २ प्रतिशत यात्रुहरूले आफ्नो अनुभवप्रति सन्तुष्टि व्यक्त गरेका छन् र ९३ दशमलब ४ प्रतिशतले पुनः जान चाहेको बताएका छन्।
डेन्सुका एक अधिकारीले ग्रामीण पर्यटनमा “उच्च सम्भावना” रहेको बताए पनि त्यहाँका चुनौतीहरू समाधान गर्नुपर्नेमा जोड दिनुभयो। वाइ–फाइ स्पटहरूको कमी, बहुभाषिक सहयोगको अभाव र यातायात पहुँच कठिनाइ ग्रामीण क्षेत्रमा पर्यटक आकर्षणका बाधक तत्व रहेको सर्वेक्षणले देखाएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




