जुलाई ५ मा ठूलो विपद् आउने अफवाहले जापानमा ५ खर्ब ६० अर्ब येन बराबरको आर्थिक क्षति
टोकियो/ जापान । जुलाई ५ मा ठूलो भूकम्प वा प्राकृतिक विपद् आउँछ भन्ने हल्लाले जापानभरि त्रास फैलायो । हल्लाकै कारण फैलिएको त्रास अझै कायम छ। कुनै वैज्ञानिक प्रमाण नभएको यो अफवाहले जापानको पर्यटन क्षेत्रमा गम्भीर असर पारेको छ। चिन्ताजनक रूपमा, भ्रमका कारण जापानको पर्यटनबाट हुने आम्दानीमा ५ खर्ब ६० अर्ब येनभन्दा बढीको गिरावट भएको अनुमान गरिएको छ। यो अफवाह एकजना...
मे महिनामा झण्डै ३७ लाख विदेशीले जापान भ्रमण गरे, मे महिनाकै अहिलेसम्मकै सबैभन्दा बढी
टोकियो/जापान। जापान सरकार पर्यटन विभाग अनुसार, यस वर्षको मे महिनामा जापान भ्रमण गर्ने विदेशी पर्यटकको संख्या अनुमानित ३६ लाख ९३ हजार ३०० रहेको छ, जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा २१.५ प्रतिशतले वृद्धि भएको हो। यो संख्या मे महिनाका लागि हालसम्मकै सबैभन्दा बढी हो। यसमा चीनबाट आउने पर्यटकहरूको संख्या ४४.८ प्रतिशतले बढेको छ, जुन त्यहाँको लामो बिदाको कारण सहज यात्रा...
भूकम्पको हल्लाका कारण हङकङ एयरलाइन्सद्वारा जापानका उडानहरू स्थगित
टोकियो/जापान। हङकङ एयरलाइन्सले यो गर्मी याममा जापानमा ठूलो भूकम्प र सूनामी आउने अफवाह फैलिएको कारण देखाउँदै जुलाई र अगस्ट महिनाका लागि जापानको दक्षिणी क्षेत्रतर्फका सबै उडानहरू रद्द गर्ने निर्णय गरेको एनएचएके वर्ल्डमा खबर प्रकाशन भएको छ। हङकङमा फैलिएको उक्त हल्लाले गर्दा जापानतर्फको पर्यटकको माग घटेको छ, जसले गर्दा मे महिनादेखि हङकङ र जापानका विभिन्न गन्तव्यहरूबीचको उडान संख्या पनि घटेको छ। एयरलाइन्सले...
जुन २१ तारिख तोचिगीमा प्रथम नेपाल फेस्टिवल आयोजना गरिने
तोचिगी/जापान। “नेपाल जापान मित्रताको सम्मान,भाषा कला सँस्कृतिको आदान प्रदान” भन्ने मूल नाराका साथ तोचिगीमा पहिलो पटक नेपाल फेस्टिवल आयोजना गरिने भएको छ। जापान लगायत जापानमा रहेका अन्तर्राष्ट्रीय समुदायमा नेपाली भाषा,कला,सँस्कार सँस्कृति,रितिरिवाज,खानपान र भेषभुषाको प्रचार प्रसार गरी देशको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउनुका साथै जापान संगको नेपालको सम्बन्ध थप प्रगाढ बनाउनका लागि उचुनोमियाको एकी स्थीत लाइटक्युवमा प्रथम नेपाल फेस्टिबलको आयोजन गर्न लागिएको...
नारिता विमानस्थल संचालक कम्पनीको ऐतिहासिक आम्दानी
टोकियो/जापान। जापानको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालक नारिता कम्पनीले अघिल्लो आर्थिक वर्ष मा इतिहासकै सर्वाधिक आम्दानी गर्न सफल भएको छ। येन अवमूल्यनका कारण विदेशी पर्यटकहरूको संख्यामा उल्लेखनीय वृद्धि भएपछि कम्पनीको आम्दानी तथा यात्रु संख्यामा ठूलो मात्रामा वृद्धि आएको हो। कम्पनीका अनुसार, अघिल्लो वर्षको समग्र बिक्री आम्दानी २ खर्ब ६३ अर्ब ७० करोड येन पुगेको छ, जुन त्यस अघिको वर्षको तुलनामा २१...
जापानमा ट्रक, बस र ट्याक्सी कम्पनीहरूले विदेशी चालकहरू भर्ना गर्न थाले,सन २०२८ सम्म २४ हजार विदेशी चालक भित्र्याउने लक्ष
टोकियो / जापान। चालू आर्थिक वर्षदेखि जापानभर ट्रक, बस र ट्याक्सीहरू विदेशी चालकहरूले चलाइरहेका दृश्यहरू सामान्य बन्नेछ। जापानमा चालक अभाव झेलिरहेका ट्रान्सपोर्ट कम्पनीहरूका लागि सहजता थप्ने प्रयास स्वरूप सरकारले ‘स्पेसिफाइड स्किल्ड वर्कर (SSW)’ नामक भिसा प्रणालीअन्तर्गत सवारी साधन यातायात क्षेत्रलाई नयाँ रूपमा समावेश गरेपछि यस्तो सम्भव हुने देखिएको हो। भाषा र सुरक्षा सम्बन्धी चासो विदेशी चालकहरूले सुरक्षित रूपमा सवारी चलाउँछन् कि...
जापानको प्रस्थान करको आम्दानी ऐतिहासिक रूपमा उच्च, सन् २०२४ मा ४८ अर्ब येन नाघ्यो
टोकियो/जापानं जापानले सन् २०२४ को आर्थिक वर्षमा विदेशी यात्रुहरूबाट लिएको प्रस्थान करबाट अहिलेसम्मकै उच्च आम्दानी गरेको छ। यात्रुहरूको संख्यामा उल्लेखनीय वृद्धि भएका कारण यो कर राजस्व नयाँ कीर्तिमा पुगेको, वित्त मन्त्रालयले जानकारी दिएको छ। जसअनुसार, अप्रिलदेखि मार्चसम्मको आर्थिक वर्षको अन्तिम हिसाब अझै बाँकी भए पनि मे महिनासम्मको संकलन अनुसार राजस्व ४८ अर्ब १० करोड येन पुगेको छ। यो रकम सन् २०१९...
जापान र दक्षिण कोरियाबीच चार विमानस्थलमा पर्यटकका लागि विशेष छिटो प्रवेश प्रणाली सुरु
टोकियो/ जापान ।जापान र दक्षिण कोरियाले आपसी कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सवको अवसर पारेर आइतवारदेखि चार विमानस्थलमा एकअर्काको देशबाट आउने पर्यटकका लागि विशेष छिटो प्रवेश प्रणाली (फास्ट-ट्र्याक) सञ्चालनमा ल्याएका छन्। यो सुविधा जापानको टोकियोस्थित हानेदा विमानस्थल, फुकुओकाको विमानस्थल, तथा दक्षिण कोरियाको सउलस्थित गिम्पो र बुसानस्थित गिम्हे विमानस्थलमा लागू गरिएको हो। यो सुविधा जुन ३० तारिखसम्म लागू हुनेछ। प्रवेश प्रक्रियालाई सहज बनाउँदै...
जापानमा मुद्रास्फीति वृद्धिः ऊर्जामा दिइने अनुदान कटौतीपछि अप्रिलमा महँगी तीव्र
टोकियो/जापान। जापानमा उपभोक्ता मूल्यको सूचक (सीपीआई) अप्रिल महिनामा वार्षिक ३.५ प्रतिशतले वृद्धि भएको छ। सरकारद्वारा विद्युत तथा ग्यासमा दिइने अनुदान कटौती र चामलको मूल्य उच्च भएको कारण यो वृद्धिदर सन् २०२३ को जनवरी यता सबैभन्दा उच्च हो। सरकारले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार, मुलुकभरको कोर उपभोक्ता मूल्य सूचकांक (CPI) मार्चमा ३.२ प्रतिशतले बढेको थियो भने अप्रिलमा सो दर ३.५ प्रतिशत पुगेको...
कमिक पुस्तकको भूकम्प भविष्यवाणीपछि पर्यटकहरू जापान आउने हिच्किचाउन थाले
टोकियो/जापान। जापानको चर्चित मंगा (कमिक) पुस्तकमा उल्लेखित सम्भावित भूकम्पको भविष्यवाणीका कारण आगामी गृष्मकालीन सिजनअघि प्रमुख एसियाली देशहरूबाट जापानतर्फको पर्यटक बुकिङमा भारी गिरावट आएको छ। यो डर फैलनुको मूल कारण हो— मांगा कलाकार रियो ताचुकीद्वारा लेखिएको “The Future I Saw” नामक कमिक पुस्तकमा उल्लेख भएको अनुमान हो । सन् १९९९ मा पहिलो पटक प्रकाशित यो ग्राफिक मांगामा जुलाई, सन २०२५ मा...

