टोकियो/जापान। हङकङ एयरलाइन्सले यो गर्मी याममा जापानमा ठूलो भूकम्प र सूनामी आउने अफवाह फैलिएको कारण देखाउँदै जुलाई र अगस्ट महिनाका लागि जापानको दक्षिणी क्षेत्रतर्फका सबै उडानहरू रद्द गर्ने निर्णय गरेको एनएचएके वर्ल्डमा खबर प्रकाशन भएको छ।
हङकङमा फैलिएको उक्त हल्लाले गर्दा जापानतर्फको पर्यटकको माग घटेको छ, जसले गर्दा मे महिनादेखि हङकङ र जापानका विभिन्न गन्तव्यहरूबीचको उडान संख्या पनि घटेको छ।
एयरलाइन्सले जुलाई र अगस्टमा कागोशिमा र कुमामोतो प्रिफेक्चरतर्फका सबै उडानहरू रद्द गर्ने निर्णय गरेको हो।कागोशिमा मार्गमा भने एयरलाइन्सले गत वर्ष वसन्त ऋतुमा चार वर्षपछि पुनः उडान सुरु गरेको थियो।यात्राको उच्च मागका कारण, एयरलाइन्सले डिसेम्बर महिनादेखि साप्ताहिक उडान संख्या तीनबाट चार पुर्याएको थियो।
तर यस वसन्तयामदेखि यात्रु संख्या घट्दै गएको एयरलाइन्स स्रोतहरूले बताएका छन् । जापानमा एक कमिक्स(माङ्गा) राईटरले जापानमा निकट भविष्यमै इतिहासकै ठूलो प्राकृतिक विपत्ती आउने भविष्यवाणी गरेको बताइएपछि भूकम्पसम्बन्धी हल्ला फैलिन सुरु भएको छ।
हङकङस्थित कागोशिमा प्रिफेक्चरल अफिसले एयरलाइन्स तथा अन्य सम्बन्धित निकायहरूलाई सकेसम्म चाँडो उडान पुनः सुरु गर्न आग्रह गर्ने जनाएको छ।
जापान नेशनल टुरिज्म अर्गनाइजेशन (JNTO) ले भने यो हल्लामा वैज्ञानिक कुनै आधार नरहेको स्पष्ट पार्दै, आधिकारिक संस्थाबाट प्राप्त वैज्ञानिक सूचनाको आधारमा यात्रा योजना बनाउन आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




