जापानमा अर्को महिनासम्ममा चामलको मूल्य प्रति ५ किलो २ हजार येनमा झार्ने नयाँ कृषि मन्त्रीको पहल

टोकियो/जापान। जापानको कृषि मन्त्रालयमा हालसालै नियुक्त भएका नयाँ कृषि, वन तथा मत्स्यपालन मन्त्री कोइजुमीको नेतृत्वमा चामल आपूर्ति तथा मूल्य व्यवस्थापनमा चमत्कारिक सुधार हुने संकेत गरेको छ। चामलको मूल्य लगातार आकासिएको अवस्थामा मन्त्री कोइजुमीले २३ तारिखका दिन मन्त्रिपरिषद् बैठकपछि दिएको अभिव्यक्तिले बजारमा आशाको किरण देखिएको छ। कृषि मन्त्री कोइजुमीले जानकारी दिए अनुसार सरकारले भण्डारण गरेको चामल(जुन प्रायः आपतकालीन स्थिति वा आपूर्तिमा...

जापान भ्रमण गर्ने विदेशीहरूका लागि रहेको कर छुट प्रणालीको पुनरावलोकनबारे जापानी सांसदहरूबीच छलफल सुरु

टोकियो/ जापान। जापान भ्रमणमा आउने विदेशी पर्यटकहरूलाई दिइने उपभोग कर (消費税) छुट सम्बन्धी प्रणालीलाई लिएर अब यसको पुनरावलोकन गर्ने विषयमा छलफल सुरु गरिएको छ। सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (LDP) का केही सांसदहरूको पहलमा गठन गरिएको अध्ययन समूहले यो प्रणालीलाई दुरुपयोग गरी लाभ कमाउने क्रम बढ्दै गएको भन्दै प्रणाली हटाउने विकल्पसमेत समेटेर पुनरावलोकन गर्नुपर्ने निष्कर्षमा पुगेका छन्। हालको प्रणालीअनुसार, जापान भ्रमण...

जापानमा आउने विदेशी पर्यटकहरुको संख्या ऐतिहासिक उच्च,अप्रिलमा ३९ लाख भन्दा बढि पर्यटक भित्रिए

टोकियो/ जापान । जापान भ्रमण गर्ने विदेशी पर्यटकको संख्या यस वर्षको अप्रिलमा जापानको इतिहासमै पहिलोपटक ३९ लाख ९ हजार पुगेको छ। एकै महिनामा जापान आएका पर्यटकको यो संख्या हालसम्मकै सर्वाधिक हो। जापान सरकार अन्तर्गतको पर्यटन निकाय तथा सरकारी पर्यटन विभागका अनुसार, सन् २०२४ अप्रिलको तुलनामा यो वर्ष अप्रिलमा २८.५ प्रतिशत (लगभग ९ लाख) बढी पर्यटक जापान आएका हुन्। यसअघि गत...

जापानको सेन्दाइमा ‘ प्रथम नेपाल फेस्टिवल सेन्दाई २०२५’ आयोजना हुने, नेपाली कला संस्कृतिको प्रवर्द्धन प्रमुख लक्ष्य

टोकियो/ जापान। नेपाली कला, संस्कृति तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित जापानको सेन्दाइ सहरमा ‘ प्रथम नेपाल फेस्टिवल सेन्दाइ २०२५’ आयोजना हुने भएको छ। आउँदो जुन ७ र ८ तारिख (शनिबार र आइतबार) हुने यो दुईदिने भव्य कार्यक्रम एनआरएनए जापान सेन्दाइ क्षेत्रीय कार्यसमितिको आयोजनामा, नेपाली राजदूतावास जापान र एनआरएनए जापानको सहयोगमा सम्पन्न हुनेछ। कार्यक्रमको मूल उद्देश्य नेपाली संस्कृति र परम्परागत कलालाई...

मार्च महिनामा जापानभर ५ करोड ६९ लाख ७० हजार जना मानिसहरुले होटल तथा र्योकानहरुको सेवा लिए

टोकियो/जापान। जापानको पर्यटन एजेन्सीका अनुसार, सन् २०२५ को मार्च महिनामा देशभरका होटल, र्योकानलगायतका स्थानहरूमा बसोबास गर्ने व्यक्तिको कुल संख्या ५ करोड ६९ लाख ७० हजार पुगेको छ। यो अघिल्लो वर्षको सोही महिनाको तुलनामा ३.४ प्रतिशतले बढी हो र मार्च महिनाका लागि हालसम्मकै सबैभन्दा धेरै हो। यसमध्ये विदेशी पर्यटकको बास संख्या १ करोड ५० लाख ४० हजार रहेको छ, जुन अघिल्लो...

प्रथम नेपाल फेस्टिवल कान्साई आजबाट सूरु

ओसाका, जापान । जापानको ओसाकामा आज देखी “प्रथम नेपाल फेस्टिवल कान्साई २०२५” सुरु भएको छ । गैरआवसीय नेपाली संघ एनआरएनए कान्साईको आयोजनामा आज र भोली अप्रील २७ तारिक आईतबारसम्म चल्ने छ । गैर आवासीय नेपाली संघ एनआरएनए, कान्साई तथा नेपाली राजदुतावास जापानको मुख्य आयोजना तथा जापानमा रहेका अन्य नेपाली सामाजिक संघ संस्थाको सहआयोजनामा भएको उक्त फेष्टिवलमा नेपालको पहिचान झल्कने खाना,...

नारिता विमानस्थल २०२९ मा ‘दोस्रो उद्घाटन’ गर्ने तयारी, विस्तार कार्य तीव्र गतिमा

चिबा/जापान । टोकियो नजिकैको नारिता अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधार विस्तार तीव्र रूपमा अघि बढाइएको छ। विमानस्थल सञ्चालन गर्ने निकाय नारिता इन्टरनेशनल एयरपोर्ट कर्पोरेशन (NAA) ले सन् २०२९ सम्म नयाँ धावनमार्ग (रनवे) निर्माण तथा हालको एक रनवे विस्तार गर्ने योजना अन्तर्गत “दोस्रो भव्य उद्घाटन” को तयारी गरिरहेको छ। विस्तार योजनाअन्तर्गत, विमानस्थल व्यवस्थापन कम्पनीले चाँडै पूर्ण रूपमा निर्माण कार्य सुरु गर्ने बताइएको...

“प्रथम नेपाल फेस्टिवल कान्साई २०२५” को तयारी तिब्र

ओसाका, जापान । जापानको ओसाकामा आयोजना हुने “प्रथम नेपाल फेस्टिवल कान्साई २०२५” को हाल सम्म भएको कार्यक्रमको प्रगती बारे बिहिबार  पत्रकार सम्मेलन गर्दै जानकारी गराईएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) कान्साई तथा नेपाली राजदुतावास जापानको मुख्य आयोजना तथा जापानमा रहेका अन्य नेपाली सामाजिक संघ संस्थाको सहआयोजनामा बृहत रुपमा “प्रथम नेपाल फेस्टिवल कान्साई २०२५” हुन लागेको हो । नेपालको परम्परा, कला संस्कृति...

जापानमा साकुरा फूलसँगै पर्यटकहरू उर्लिए, ३ महिनामै १ करोड पर्यटकहरु जापान आए

टोकियो/जापान। यस वर्ष जापानले अहिलेसम्मकै तीव्र गतिमा १ करोड पर्यटकको सङ्ख्या पार गरेको छ। जापान राष्ट्रिय पर्यटन संगठन (JNTO) द्वारा बुधबार सार्वजनिक गरिएको आधिकारिक तथ्याङ्कअनुसार मार्चमै यो स्तर पुगेको हो। कमजोर येनका कारण हाल जापानमा अहिलेसम्मकै अभूतपूर्व पर्यटन आगमन देखिएको छ। गत महिना मात्रै व्यवसाय र घुमफिरका लागि जापान आएका विदेशीहरूको सङ्ख्या ३५ लाख पुगेको छ। यससँगै पहिलो त्रैमासिकमा जापान...

ओसाका, कान्साई एक्सपो सुरु, २ करोड ८२ लाखभन्दा धेरै अवलोकनकर्ताहरु पुग्ने अपेक्षा

ओसाका/जापान। इनोचीनो खागायाकु मिराइ स्याखाईनो देजाइन् (いのちの輝く未来社会のデザイン)”चम्किलो जिवनका लागि भावी समाजको परिकल्पना”भन्ने नारासहित बहुप्रतिक्षित ओसाक, कान्साई अन्तर्राष्ट्रिय एक्सपो आजबाट ओसाकाको कृत्रिम टापु युमेसुमा सुरु भएको छ। विश्वभरका १५८ राष्ट्र तथा क्षेत्रहरू र ७ वटा अन्तर्राष्ट्रिय संस्थाहरू सहभागी यस भव्य प्रदर्शनीको उद्घाटन समारोह भने हिजो (१२ अप्रिल) सम्पन्न भएको थियो। उद्घाटन समारोहमा जापानका सम्राट तथा सम्राज्ञी, आकिशिनोमिया दम्पती, प्रधानमन्त्री इसिबा, र...