ओसाका, जापान । जापानको ओसाकामा आज देखी “प्रथम नेपाल फेस्टिवल कान्साई २०२५” सुरु भएको छ । गैरआवसीय नेपाली संघ एनआरएनए कान्साईको आयोजनामा आज र भोली अप्रील २७ तारिक आईतबारसम्म चल्ने छ ।

गैर आवासीय नेपाली संघ एनआरएनए, कान्साई तथा नेपाली राजदुतावास जापानको मुख्य आयोजना तथा जापानमा रहेका अन्य नेपाली सामाजिक संघ संस्थाको सहआयोजनामा भएको उक्त फेष्टिवलमा नेपालको पहिचान झल्कने खाना, परिकार तथा  नेपालका विभीन्न जातजातीका झाँकी तथा संस्कृतीक समुहको प्रस्तुती रहेको छ । जापानका लागि नेपाली राजदुत महामयिम डाक्टर दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यतामा भएको थियो ।

उक्त उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै राजदुत सुवेदीले नेपालको कला संस्कृती भाषा, भेषभुषा, जातजाती हाम्रो पहिचान भएको तथा विविधता विचको एकता हामि नेपालीहरुको विषेशता रहेको र सबै नेपाली एक आपसमा मिलेर बस्नु पर्ने बताए।

कार्यक्रममा ओसाका प्रिफेक्चरका प्रतिनिधी इचीसाकी हिरोफुमी, ओसाका नगरका प्रतिनिधी मिहोको अराई, ओसाका मियाकोजी बार्डका प्रतिनिधी केइको फुजियोका, ओसाकामा नेपालका लागि महावानिज्यदुत कुनियो इमानिशी, फुकुओकास्थित नेपालको मानार्थ वाणिज्य दूतावास कन्सुल युइचिरो किमोटो, नानकाई इलेक्ट्रिक रेलवे कम्पनी, लिमिटेडका प्रतिनिधी युकिको यामामोटो, कार्यक्रमका विशिष्ट अतिथि एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदका पूर्ब अध्यक्ष  देवमान हिराचन, एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष रोबिन शेरचन, गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष, नबिन निउरेले शुभकामना मन्तव्य दिएका  थिए ।

समारोहमा स्वागत मन्तव्य नेपाल फेस्टिवल आयोजक समिति संयोजक कृष्ण शर्मा गैरे तथा  कार्यक्रमको बारेमा ब्यबस्थापन समिति संयोजक नरेन्द्र बस्नेत दिनेश ले प्रकाश  पारेका  भएको थियो । उद्घाटन समारोहको सभापतित्व एनआरएन कान्साईका संयोजक हरि प्रसाद कडेंलले गर्नू भएको थियो ।  कार्यक्रममा जापानमा रहेका स्थानीय कलाकारहरु तथा नेपाली संगित क्षेत्रका चर्चित गायक उग्रेन दोङ, जापानमा रहेका सांगितिक व्याण्ड अनन्त नेपाल र अनुभव व्याण्डले प्रस्तुती दिएको थियो उक्त फेष्टिवलमा उल्लेख्य नेपाली तथा जापानी नागरिकहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार