टोकियो/ जापान । जापान भ्रमण गर्ने विदेशी पर्यटकको संख्या यस वर्षको अप्रिलमा जापानको इतिहासमै पहिलोपटक ३९ लाख ९ हजार पुगेको छ। एकै महिनामा जापान आएका पर्यटकको यो संख्या हालसम्मकै सर्वाधिक हो।
जापान सरकार अन्तर्गतको पर्यटन निकाय तथा सरकारी पर्यटन विभागका अनुसार, सन् २०२४ अप्रिलको तुलनामा यो वर्ष अप्रिलमा २८.५ प्रतिशत (लगभग ९ लाख) बढी पर्यटक जापान आएका हुन्। यसअघि गत जनवरीमा ३७ लाख ८० हजारको कीर्तिमान थियो, जुन यसपटक पार भएको छ।
यो वृद्धि विशेषगरी वसन्तको चेरी फुल्ने मौसम र पश्चिमी देशहरूमा पर्ने ‘ईस्टर’ छुट्टीका कारण भएको बताइएको छ। यी दुवै अवसरमा अन्तर्राष्ट्रिय अवकाश र यात्रा योजनाहरूमा उल्लेखनीय वृद्धि हुने गर्छ।
जापानमा हाल इन्बाउण्ड पर्यटनको माग तीव्ररूपमा बढ्दै गएको देखिन्छ। केवल जनवरीदेखि मार्चसम्मको अवधिमा मात्रै १ करोडभन्दा बढी विदेशी पर्यटक जापान भित्रिएका छन्।
यस ऐतिहासिक कीर्तिमानसँगै जापान सरकारले आगामी महिना र वर्षहरूमा अझ व्यवस्थित र प्रभावकारी पर्यटन नीतिहरू अवलम्बन गर्ने संकेत पनि दिएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




