टोकियो/ जापान। नेपाली कला, संस्कृति तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित जापानको सेन्दाइ सहरमा ‘ प्रथम नेपाल फेस्टिवल सेन्दाइ २०२५’ आयोजना हुने भएको छ। आउँदो जुन ७ र ८ तारिख (शनिबार र आइतबार) हुने यो दुईदिने भव्य कार्यक्रम एनआरएनए जापान सेन्दाइ क्षेत्रीय कार्यसमितिको आयोजनामा, नेपाली राजदूतावास जापान र एनआरएनए जापानको सहयोगमा सम्पन्न हुनेछ।

कार्यक्रमको मूल उद्देश्य नेपाली संस्कृति र परम्परागत कलालाई जापानी समुदायमा चिनाउने, जापानी नागरिकहरूलाई नेपालको भ्रमणमा आकर्षित गर्ने तथा आपसी सम्बन्ध थप सुदृढ बनाउने रहेको आयोजकहरूले जनाएका छन्।

फेस्टिवलमा नेपाली परम्परागत नृत्य, संगीत, हस्तकला, खाना, तथा पर्यटन सामग्रीको प्रदर्शनी रहनेछ। यसले जापानी समुदायलाई नेपाली सांस्कृतिक धरोहरको प्रत्यक्ष अनुभूति दिलाउनेछ। साथै, नेपाली समुदायबीच आपसी एकता, सहकार्य र संस्कृति प्रति गौरव अभिवृद्धि हुने विश्वास लिइएको छ।

एनआरएनए जापान सेन्दाइ क्षेत्रीय समितिका उपसंयोजक तथा नेपाल फेस्टिवल सेन्दाई २०२५ का प्रचार- प्रसार संयोजक अनिल गिरीका अनुसार फेस्टिवलको तयारी तीव्र गतिमा अगाडि बढिरहेको छ र जापानभरिका नेपालीहरूलाई सहभागी हुन विशेष अनुरोध गरिएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार