टोकियो/जापान। जापानको चर्चित मंगा (कमिक) पुस्तकमा उल्लेखित सम्भावित भूकम्पको भविष्यवाणीका कारण आगामी गृष्मकालीन सिजनअघि प्रमुख एसियाली देशहरूबाट जापानतर्फको पर्यटक बुकिङमा भारी गिरावट आएको छ।
यो डर फैलनुको मूल कारण हो— मांगा कलाकार रियो ताचुकीद्वारा लेखिएको “The Future I Saw” नामक कमिक पुस्तकमा उल्लेख भएको अनुमान हो । सन् १९९९ मा पहिलो पटक प्रकाशित यो ग्राफिक मांगामा जुलाई, सन २०२५ मा जापानमा ठूलो भूकम्प आउँछ र त्यसपछि विशाल सूनामीले देशलाई डुबाउने भविष्यवाणी गरिएको छ। ताचुकीले सन् २०११ को विनाशकारी भूकम्प पनि पहिल्यै भविष्यवाणी गरेको दाबी गर्नेहरू पनि छन्।
सामाजिक सञ्जालमा भाइरल सामग्री
यो मांगा सन् २०२१ मा थप सामग्रीसहित पुनः प्रकाशित भएको थियो र हालसालै सामाजिक सञ्जालहरू— विशेषतः युट्युब र फेसबुकमा यसका अंशहरू भाइरल भइरहेका छन्। यस्ता पोस्टहरूले मानिसहरूलाई जापान यात्रा नगर्न चेतावनी दिँदै लाखौँ दर्शक तानेका छन्।
वैज्ञानिकहरूको स्पष्टीकरण
विज्ञहरूका अनुसार भूकम्पको निश्चित समय भविष्यवाणी गर्नु हालको विज्ञानले सम्भव बनाएको छैन। तापनि ताइवान, दक्षिण कोरिया र हङकङबाट जापान आउने विमान टिकटको बुकिङमा अप्रिलदेखि गिरावट आएको छ। ब्लूमबर्ग इन्टेलिजेन्स फर्वाडकि तथ्यांकको विश्लेषण अनुसार, हङकङबाट जापानका लागि बुकिङ गत वर्षको तुलनामा औसत ५०% ले घटेको छ। विशेषगरी जून अन्त्यदेखि जुलाईको सुरुवातसम्मका लागि साप्ताहिक बुकिङहरू ८३% सम्मले घटेका छन्।
एयरलाइन्स प्रभावित
ग्रेटर बे एयरलाइन्स र हङकङ एयरलाइन्सले मे महिनामा जापानतर्फका केही उडानहरू घटाएका छन्। जापानका अधिकारीहरूले जनतालाई यस्ता अफवाहमा विश्वास नगर्न आग्रह गरेका छन्। मियागी प्रिफेक्चरका गभर्नर योशिहिरो मुराईले गत महिनामा यस्तो हल्लाले पर्यटनमा नकारात्मक असर पार्न थालेको बताउँदै चिन्ता व्यक्त गरेका थिए।
भूकम्पको जोखिम र तथ्य
जापान ‘Ring of Fire’ भनिने भूकम्पीय रूपले सक्रिय क्षेत्रको भाग हो जसले यसलाई संसारकै सबैभन्दा भूकम्पीय देशहरूमा राखेको छ। सन् २०११ मा आएको पछिल्लो ठुलो भूकम्पले जापानमा विनाशकारी सूनामी र फुकुशिमामा आणविक संकट निम्त्याएको थियो।
यद्यपि, जापानको समग्र पर्यटन भने अझै सशक्त नै छ। केवल अप्रिल महिनामा जापानले ३९ लाख विदेशी पर्यटकहरूको स्वागत गरेको थियो, जसको मुख्य कारण कमजोर येन (मूल्यमा गिरावट आएको जापानी मुद्रा) हो।
विश्लेषकको चेतावनी
ब्लूमबर्ग इन्टेलिजेन्सका उड्डयन तथा रक्षा विश्लेषक एरिक झूका अनुसार, “यस्ता भूकम्पसम्बन्धी अफवाहहरूले जापानको पर्यटनमा नकारात्मक असर पारिरहेको छ र यसले अस्थायी रूपमा पर्यटन वृद्धिलाई मन्द पार्नेछ।” उनी भन्छन्, “पर्यटकहरूले अहिले कम जोखिमयुक्त छोटो दूरीका गन्तव्यहरू रोजिरहेका छन्।”
उनका अनुसार आगामी केही महिनामा अझ धेरै एयरलाइन्सहरूले बुकिङमा गिरावट महसुस गर्नसक्छन्। क्याथे प्यासिफिक एयरवेज विशेष रूपमा जोखिममा पर्न सक्छ, किनकि जापानमा उनीहरूको उच्च व्यापारिक निर्भरता छ। हङकङ एक्सप्रेससमेत समेटिएको उक्त समूहले आगामी पतझडसम्मका लागि आफ्ना झण्डै २०% सिटहरू जापान गन्तव्यमा समर्पित गर्ने योजना बनाएको छ।
ताचुकीको प्रतिक्रिया
तात्सुकीको कमिक “The Future I Saw” एउटा सपनामा आधारित हो, जसमा सूनामीले जापान, हङकङ, ताइवान र फिलिपिन्समा प्रभाव पार्ने देखिन्छ। हङकङका एक प्रख्यात फेंगशुई गुरुले समेत आफ्ना लाखौँ फलोअरहरूलाई जापान यात्रा नगर्न सुझाव दिँदै अफवाहमा झन इन्धन थपेका छन्।
अर्कोतर्फ, जापान सरकारले हालै एक रिपोर्ट प्रकाशित गरेको छ जसअनुसार नान्काई ट्रफ क्षेत्रमा ठुलो भूकम्प आउने सम्भावना आगामी ३० वर्षमा ८०% रहेको उल्लेख गरिएको छ।
तात्सुकीले ब्लूमबर्गलाई दिएको बयानमा भनिन्, “ प्राकृतिक विपत्तीप्रति जागरुक र जनचासो बढ्नु सकारात्मक हो। म आफैंले पनि खाद्य सामग्रीहरु मौज्दात र आपतकालीन मार्ग पुष्टि गर्ने उपायहरू अपनाउँदै सतर्क रहनेछु।”
(यो समाचार जापान टाईम्समा प्रकाशित छ।)
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




