जापानको क्योतो सहरमा प्रति पर्यटक १० हजारयेनसम्म होटल कर (आवास कर ) लिने प्रस्ताव पारित

क्योतो/जापान। जापानको पर्यटकिय नगरी क्योतोमा पर्यटक कर वृद्धि गर्न क्योतो नगर सभाले प्रस्ताव पारित गरेको छ। क्योतो नगर सभाले मंगलबार बहुमतले एउटा अध्यादेश पारित गर्दै अधिकतम आवास कर(Accommodation Tax) प्रति पाहुना प्रति रात १०,००० येन ($६६) पुर्याउने निर्णय गरेको छ। जापानी आन्तरिक मामिला मन्त्रालयलेका अनुसार जापानभरि स्थिर कर प्रणाली लागू गर्ने क्षेत्रहरूमा यो कर सबैभन्दा उच्च हुनेछ । आन्तरिक मामिला मन्त्रीले...

जापानमा पर्यटन वृद्धिसँगै २४ स्थानिय सरकारलाई होटलहरुमा लजिङ ट्याक्स कार्यन्वयनका लागि स्विकृत

टोकियो/जापान। जापान सरकारले यो वर्षको शरद ऋतुदेखि लागू हुने गरी नौ शहर र दुई प्रिफेक्चरमा होटलहरुमा बसोबास कर (लजिङ ट्याक्स) लगाउने निर्णय गरेको छ। कोभिड-१९ महामारीपछिको पर्यटन वृद्धिका कारण धेरै स्थानीय सरकारहरू यस प्रकारको कर लगाउने तयारीमा छन्। आन्तरिक मामिला तथा सञ्चार मन्त्री सेइइचिरो मुराकामीले मियागी र हिरोशिमा प्रिफेक्चर, होक्काइदोका पाँच शहर, गिफु प्रिफेक्चरका दुई शहर तथा मियागी र शिमाने...

जापानमा मे महिनाबाट विद्युत् महशुल वृद्धि हुने,आम नागरिक थप महंगीको मारमा

टोकियो/जापान। जापानमा विद्युत् सेवाहरू प्रदान गर्ने प्रमुख कम्पनीहरूको मे महिनाको बिल वृद्धि हुने देखिएको छ। सरकारद्वारा दिइएको सहयोग समाप्त हुनुका साथै नवीकरणीय ऊर्जा प्रवर्द्धनका लागि थपिएको शुल्क बढ्न लागेको कारणले विद्युत् शुल्कमा वृद्धि हुने भएको हो। टोकियो इलेक्ट्रिक पावर (TEPCO) का अनुसार, औसत उपभोक्ताको मे महिनाको बिल अप्रिलको तुलनामा ४३६ येनले बढ्नेछ र कुल ९०३१ येन पुग्नेछ। टोकियो इलेक्ट्रिकको औसत ग्राहकको...

जापानको ग्रामिण क्षेत्रमा ३३ वर्षपछि पहिलो पटक जग्गाको मूल्य वृद्धि,टोकियोको गिन्जा सबैभन्दा महंगो

टोकियो/जापान। जापानका ग्रामीण क्षेत्रमा ३३ वर्षपछि पहिलो पटक जग्गाको औसत मूल्य वृद्धि भएको छ। सरकारद्वारा मंगलबार प्रकाशित तथ्यांकअनुसार देशको आर्थिक पुनरुत्थान सम्पत्ति मूल्यहरूमा समेत प्रभाव पार्न थालेको देखिएको छ। समग्र जापानमा, पर्यटन वृद्धिले थप ऊर्जा प्राप्त गरेको र न्यून ब्याजदरका कारण घरजग्गाको माग बलियो रहेको हुँदा, सन् २०२५ को जनवरी १ सम्ममा सबै प्रकारका जग्गा मूल्यहरू लगातार चौथो वर्ष वृद्धि...

जापानमा जनवरीमा विदेशी पर्यटकको संख्या ४०.६ प्रतिशतले वृद्धि, ३७ लाख ८० हजारको नयाँ कीर्तिमान

टोकियो/जापान। जनवरी महिनामा जापान भ्रमण गर्ने विदेशी पर्यटकहरूको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४०.६ प्रतिशतले वृद्धि भई ३७ लाख ८० हजार पुगेको छ। मुख्य रूपमा लुनार नयाँ वर्षको विदाको कारण चिनियाँ पर्यटकहरूको संख्या दोब्बरभन्दा बढी वृद्धि भएको जापान सरकारको बुधबार सार्वजनिक तथ्यांकले देखाएको छ। गत छ महिनाको सबैभन्दा उच्च वृद्धिसँगै हङकङ र ताइवानबाट आउने पर्यटकहरूको संख्यामा उल्लेखनीय वृद्धि भएको...

जापानको क्योतोमा ओभर टुरिजम रोक्न,पर्यटक कर वृद्धि : एक रातको अधिकतम १० हजार येन कर लिइने

क्योतो/जापान। जापानको क्योतो सहरले पर्यटक आगमन व्यवस्थापन गर्न तथा पूर्वाधार सुधारका लागि हालको १ हजार येनको अधिकतम बसोबास कर (Accommodation Tax) बढाएर १० हजार येन पुर्याउने योजना सार्वजनिक गरेको छ। यो कर वृद्धिपछि क्योतो जापानभरकै सबैभन्दा महँगो पर्यटक कर लाग्ने सहर बन्नेछ। सन् २०१८ देखि लागू गरिएको बसोबास करअन्तर्गत अहिलेसम्म पर्यटकहरूले अधिकतम १ हजार येन प्रति व्यक्ति तिर्नुपरेको थियो। तर...

तपाईलाई थाह छ ? जापाको ओसाकामा अप्रिलबाट विश्वकै नमुना,ओसाका एक्स्पो २०२५ को आयोजना हुनेछ

टोकियो/जापान । तपाईलाई थाह छ ?जापानको ओसाकामा यस वर्ष “ओसाका एक्स्पो २०२५” आयोजना हुनेछ । यो अत्यन्तै भव्य प्रदर्शनीका रुपमा रहनेछ। यस एक्स्पो जापानको ओसाका, कान्साई क्षेत्रमा १३ अप्रिल २०२५ देखि १३ अक्टोबर २०२५ सम्म आयोजना हुनेछ। यो विश्व एक्स्पोको मुख्य थिम “हाम्रो जीवनको लागि भविष्यको समाजको डिजाइन” रहेको छ, जसअन्तर्गत तीन उपथिमहरू— जीवन बचाउने, जीवनलाई सशक्त बनाउने, र जीवनलाई...

अघिल्लो वर्ष जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्ने विदेशीहरुको संख्या २ करोड नाघ्यो,ऐतिहासिक रेकर्ड

नरिता/जापान। टोकियो नजिकै रहेको नरिता विमानस्थलमा अन्तर्राष्ट्रिय उडानमार्फत आवतजावत गर्ने गैर-जापानी यात्रुहरूको कुल संख्या सन् २०२४ मा २ करोड नाघेको छ। विमानस्थल सन् १९७८ मा सञ्चालनमा आएयता पहिलो पटक यस्तो उच्च संख्या कायम भएको हो । यस वृद्धिको प्रमुख कारण जापान भ्रमण गर्ने विदेशी पर्यटकहरूको संख्या बढ्नु रहेको मानिएको छ । जापानी येनको भाउ घट्दा अघिल्लो वर्ष जापानमा विदेशी पर्यटकहरुको...

जापानमा ९५ प्रतिशत मानिसहरुमा मूल्यवृद्धिको प्रत्यक्ष असर,तपाईको अवस्था कस्तो छ ?

टोकियो/जापान। बैंक अफ जापानको अक सर्वेक्षण अनुसार, जापानमा ९५% भन्दा बढी मानिसहरूले अघिल्लो वर्षको तुलनामा मूल्यहरू बढेको महसुस गरेका छन् । गएको डिसेम्बरमा सार्वजनिक गरिएको यो सर्वेक्षणमा देखाइएअनुसार, मूल्यवृद्धि महसुस गर्ने उत्तरदाताहरूको प्रतिशत ९५.१% पुगेको छ, जुन सेप्टेम्बरको ९४.७% बाट वृद्धि भएको हो। सर्वेक्षणले देखाएको छ कि ८५.७% उत्तरदाताहरूले अर्को एक वर्षभित्र मूल्यहरू बढ्ने अपेक्षा गरेका छन्, जुन सेप्टेम्बरमा ८५.६% थियो।उत्तरदाताहरूले...

जापानमा विदेशी पर्यटकको संख्या ३ करोड ६८ लाख नाघ्यो, कोभिड-१९ महामारीअघि भन्दा बढी, गिफुमा पर्यटकको चाप किन बढ्यो?

टोकियो/जापान। सन् २०२४ मा जापान भ्रमण गर्ने विदेशी पर्यटकहरूको संख्या ३ करोड ६८ लाख ६० हजार पुगेको छ, जुन कोभिड-१९ महामारीभन्दा पहिलेको रेकर्डलाई समेत उछिनेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। महामारीपछि अन्तर्राष्ट्रिय यात्रा खुलेसँगै जापान पर्यटकहरूका लागि पहिलो गन्तव्य बनेको छ। यसपटक विशेष गरी जापानको गिफु प्रिफेक्चरजस्ता क्षेत्रहरूमा पर्यटकहरूको चाप उल्लेखनीय रूपमा बढेको पर्यटन मन्त्रालयको रिपोर्टले देखाएको छ। जापानको पर्यटन विभागका...