नरिता/जापान। टोकियो नजिकै रहेको नरिता विमानस्थलमा अन्तर्राष्ट्रिय उडानमार्फत आवतजावत गर्ने गैर-जापानी यात्रुहरूको कुल संख्या सन् २०२४ मा २ करोड नाघेको छ। विमानस्थल सन् १९७८ मा सञ्चालनमा आएयता पहिलो पटक यस्तो उच्च संख्या कायम भएको हो ।
यस वृद्धिको प्रमुख कारण जापान भ्रमण गर्ने विदेशी पर्यटकहरूको संख्या बढ्नु रहेको मानिएको छ । जापानी येनको भाउ घट्दा अघिल्लो वर्ष जापानमा विदेशी पर्यटकहरुको संख्या ऐतिहासिक उचाईमा पुगेको थियो, जसको मुख्य कारण विमानस्थलमा यस्तो चाप वृद्धि भएको हो ।
नारिता विमानस्थल कर्पोरेसनद्वारा विहिबार सार्वजनिक गरिएको विमानस्थल यातायात तथ्यांक अनुसार, सन् २०२३ को तुलनामा कुल यात्रु संख्या २२% ले वृद्धि भई ३ करोड ९८ लाख ७ हजार ६ सय ५१ पुगेको छ, जुन सन् २०१९ मा कायम गरिएको ४ करोड ४३ लाख ४४ हजार ७ सय ३९ को ऐतिहासिक उच्च स्तरको ९०% हो।
कुल संख्यामध्ये, अन्तर्राष्ट्रिय उडानका यात्रुहरूको संख्या ३ करोड २२ लाख ५ हजार ८ सय ३९ रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा २९% वृद्धि हो र सन् २०१९ को तुलनामा ८८% हो। गैर-जापानी यात्रुहरूको संख्या २ करोड १७ लाख ९३ हजार ३४ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३६% वृद्धि हो र २०१९ को तुलनामा २०% वृद्धि भएको छ।
अन्तर्राष्ट्रिय उडानमा जापानी यात्रुहरूको संख्या ७९ लाख ४९ हजार ७ सय ११ मात्र रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३१% वृद्धि भए तापनि सन २०१९ को तुलनामा केवल ५४% मात्र हो। येनको अवमुल्यन हुँदा जापानी नागरिकहरूको विदेश यात्रा गर्ने संख्या अझै कम भइरहेको छ।
विदेश यात्रा सुस्त भए तापनि, आन्तरिक उडान यात्रु संख्या ७६ लाख १ हजार ८ सय १२ पुगेको छ, जुन इतिहासमा तेस्रो उच्च संख्या हो।
नारिता विमानस्थलका अध्यक्ष अकिहिको तामुराका अनुसार, ‘‘येन अमेरिकी डलरसँग तुलना गर्दा ¥१५० मा झरेको छ, जसका कारण विदेशी पर्यटकहरूका लागि जापान भ्रमण किफायती बनेको छ, तर जापानी नागरिकहरूका लागि विदेश यात्रा गर्न गाह्रो भएको छ।’’
विमानस्थलमा आउने र जाने विमानहरूको संख्या अघिल्लो वर्षको तुलनामा १५% वृद्धि भई २ लाख ४२ हजार ७१ पुगेको छ, जुन २०१९ को तुलनामा ९२% हो।
तीमध्ये, अन्तर्राष्ट्रिय उडानहरू २०१९ को तुलनामा ९१% ले पुन: सुचारु भई १ लाख ९० हजार ९७८ पुगेका छन्, जुन अघिल्लो वर्षको तुलनामा २०% वृद्धि हो। तीमध्ये, यात्रुवाहक उडानहरू अघिल्लो वर्षको तुलनामा २६% वृद्धि भए तापनि, कार्गो (सामान ढुवानी) उडानहरू ४% घटेका छन्, तर २०१९ को तुलनामा अझै २४% माथि रहेका छन्।
अन्तर्राष्ट्रिय कार्गो भोल्युम अघिल्लो वर्षको तुलनामा ४% वृद्धि भई १९ लाख ४५ हजार ७९५ टन पुगेको छ, जसले तीन वर्षपछि पहिलो पटक अघिल्लो वर्षको मात्रा पार गरेको देखाउँछ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




