ओसाका, जापान । जापानको ओसाकामा आयोजना हुने “प्रथम नेपाल फेस्टिवल कान्साई २०२५” को हाल सम्म भएको कार्यक्रमको प्रगती बारे बिहिबार  पत्रकार सम्मेलन गर्दै जानकारी गराईएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) कान्साई तथा नेपाली राजदुतावास जापानको मुख्य आयोजना तथा जापानमा रहेका अन्य नेपाली सामाजिक संघ संस्थाको सहआयोजनामा बृहत रुपमा “प्रथम नेपाल फेस्टिवल कान्साई २०२५” हुन लागेको हो ।

नेपालको परम्परा, कला संस्कृति र पर्यटनलाई जापानमा प्रवर्दन गर्दै, दुई देशबिचको मित्रता र सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले आयोजना हुन लागेको फेष्टिवल यही अप्रील २६ र २७ तारिक दुई दिन ओसाकाको क्योवासी, फुलाली पार्कमा आयोजना गर्न लागिएको हो । करिब २१ ओटा स्टलमा १० वटा नेपाली फुड तथा अन्य, ११ वटामा बिभिन्न सेवामुलक र स्वास्थ शिविर सहितको रहने एनआरएनए जापानका उपाध्यक्ष एवं फेष्टिव मूल आयोजक समिति संयोजक कृष्ण शर्मा गैरेले जानकारी दिए ।

पत्रकार सम्मेलनमा आर्थिक व्यवस्थापन समिति संयोजक तुलसीराम खरेल, खाध्य गुणस्तर मापन समितिको संयोजक टिकाराम कडेंल, सांस्कृतीक तथा झाँकी व्यवस्थापन समितिको संयोजक टिआर गौडेल, सुरक्षा तथा स्वयम सेवक व्यवस्थापन समितिको संयोजक भीम काउछा अनुप, प्रचार प्रसार समितिको संयोजक तेज गुरुङ, मिडिया व्यवस्थापन समितिको संयोजक पुरुषोत्तम लामिछाने, यातायात व्यवस्थापन समितिको संयोजक सुवाष कडेंल, संघ संस्था समन्वय समितिको संयोजक हरि कडेल, फुलमाला ब्याज व्यवस्थापन समितिको संयोजक सपना डल्लकोटी, लगायतका समितिले आफ्नो कार्य प्रगति बारे जानकारी गराएका थिए।

फेष्टिबलको मूख्य स्पोन्सरको रुपमा जापानको नान्काई रेल्वे कम्पनी रहेको छ भने स्पेशल इभेन्ट पार्टनरको रुपामा क्योदाई रेमिट्यान्स रहेको छ । ओसाका प्रीफेक्चर, ओसाका नगरपालिका तथा मियाकुजीमा बार्ड कार्यलय, ओसाका चेम्बर अफ कमर्श, ओसाका इन्टरनेशनल हाउस फाउन्डेशन, ओसाका फाउन्डेशन, अफ इन्टरनेशनल एक्सचेन्जले समेत उक्त फेष्टिभलको लागि सहयोग गरिरहेको एनआरएनए जापानका विशेषज्ञ समिति सदस्य एवं फेष्टिवल व्यवस्थापन समितिको संयोजक नरेन्द्र कुमार बस्नेत ‘दिनेश’ले जानकारी दिए।

फेष्टिभलमा नेपालका विभीन्न जातजातीका झाँकी तथा संस्कृतीक समुहको प्रस्तुती तथा नेपाली तथा जापानी गित संगित तथा गायन क्षेत्रका कलाकारहरुको पनि २ दिन सम्म प्रस्तुती रहने आयोजकले बताएको छ , कार्यक्रममा एक दिनमा करिब १० हजार जना मानिसहरुले सहभागिता जनाउने अपेक्षा लिएको बताईएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार