जापानको इशिकावामा ‘किरामेकी’ ब्रान्डको पहिलो हिउँदे येलोटेल माछा ४० लाख येनमा बिक्री
टोकियो/जापान। इशिकावा प्रान्तमा उत्पादित उच्च गुणस्तरको हिउँदे येलोटेल (बुरी) को यो सिजनको पहिलो कारोबारमा सोमबार कानाजावामा सम्पन्न भएको छ। नीलामीमा प्रस्तुत गरिएको ‘किरामेकी’ ब्रान्डको येलोटेल माछा ४० लाख येन (अन्दाजी २५ हजार अमेरिकी डलरभन्दा बढी) मा बिक्री भएको छ, जुन अहिलेसम्मका सबैभन्दा उच्च मूल्यसँग बराबरी गर्दै इतिहास दोहोर्याएको छ। सो दिन केवल एक मात्र येलोटेललाई ‘किरामेकी’ ब्रान्डको प्रमाणपत्र प्रदान गरिएको...
नोभेम्बर महिनामा जापानमा अन्डाको मूल्य ऐतिहासिक उच्च, बर्ड फ्लुको प्रभाव अझै कायम
टोकियो,जापान। जापानको राजधानी टोकियोमा नोभेम्बर महिनामा कुखुराको अन्डाको थोक मूल्य इतिहासकै उच्च पुगेको छ, जसले बजारमा अझै पनि आपूर्ति अभाव र महंगी जारी रहेको संकेत गरेको छ। यो महिनामा व्यापार भएको मिडियम साइज अन्डाको औसत मूल्य प्रतिकिलो ३४० येन रहेको छ, जुन सन् १९९३ मा तथ्यांक सार्वजनिक हुन थालेदेखि अहिले सम्मको नोभेम्बर महिनाका लागि सबैभन्दा उच्च मूल्य हो। जेए...
जापानमा चामलको खुद्रा मूल्य ऐतिहासिक उच्च, उपभोक्ता थप दबाबमा
टोकियो जापान। जापानभरका सुपरमार्केटहरूमा बिक्री हुने चामलको मूल्य पुनः उक्लिँदै ऐतिहासिक स्तरमा पुगेको छ। कृषि मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार ५ किलोग्राम चामलको औसत खुद्रा मूल्य ४,४४४ येन पुगेको छ, जुन गत साताको तुलनामा ११६ येन बढी हो। लगातार छैटौँ हप्तादेखि वृद्धि हुँदै आएको मूल्यहरूले, घर–परिवारको खर्च पहिले नै बढिरहेको अवस्थामा, उपभोक्तामाथि थप आर्थिक बोझ थपिदिएको छ। सरकारले केही महिना...
जापानमा यस वर्षको तेस्रो बर्डफ्लु संक्रमण पुष्टि,६ लाख बढी कुखुरा नस्ट गरिँदै
टोकियो,जापान। जापानको निगाता प्रान्तीय सरकारले निगाताको ताईनाई सहरको एउटा कुखुरा फार्ममा उच्च संक्रामक बर्डफ्लुको पुष्टि भएको जनाएको छ।यो यस सिजनमा जापानको पोल्ट्री फार्ममा देखिएको तेस्रो बर्डफ्लु संक्रमण हो। निगातास्थित उक्त फार्ममा रहेका करिब ६ लाख ३० हजार अण्डा उत्पादन गर्ने कुखुराहरूलाई संक्रामण फैलिन नदिनका लागि नष्ट गरिने भएको छ। प्रान्तीय सरकारका अनुसार सोमबार बिहान फार्मले कुखुराहरूको अस्वाभाविक मृत्यु दर बढेको जानकारी...
जापानमा उपभोग्य वस्तुको मूल्य वृद्धिः अण्डा र तरकारीको मूल्य अझ बढ्ने अनुमान
टोकियो,जापान। टोकियोका २३ वटै वडामा गत अक्टोबर महिनाको उपभोक्ता मूल्य सूचकाङ्क अघिल्लो वर्षको सोही महिनाको तुलनामा २.८ प्रतिशत बढेको सरकारी तथ्याङ्कले देखाएको छ। यो वृद्धिदर गत सेप्टेम्बरको २.५ प्रतिशतभन्दा ०.३ अंक बढी हो, र पछिल्ला ५ महिनामध्ये पहिलो पटक वृद्धि भएको हो। जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय का अनुसार मूल्य वृद्धिको मुख्य कारण यस वर्षको गर्मीमा गरिएको पानीको आधारभूत...
अक्टोबरमा जापानमा अण्डाको मूल्य ऐतिहासिक रूपमा उच्च
टोकियो,जापान। जापानमा अण्डाको औसत थोक मूल्य यस वर्षको अक्टोबर महिनामा सन् १९९३ पछि पहिलो पटक सबैभन्दा उच्च स्तरमा पुगेको छ। वर्षको सुरुवाततिर फैलिएको बर्ड फ्लूका कारण अण्डाको आपूर्ति घटेपछि मूल्यमा निरन्तर वृद्धि देखिएको हो। कृषि मन्त्रालयका अनुसार, यो मूल्य वृद्धि निकट भविष्यमा पनि कायम रहने सम्भावना छ। पछिल्लो पटक सार्वजनिक गरिएको तथ्यांकअनुसार, टोकियो क्षेत्रमा अक्टोबर महिनामा मिडियम -साइज अण्डाको थोक...
जापानमा चामलको मूल्य फेरि बढ्यो, पाँच सातापछि पहिलो वृद्धि
टोकियो/जापान। जापानभरका सुपरमार्केटहरूमा अक्टोबर १९ सम्मको साताभित्र बिक्री भएका चामलको औसत मूल्य पुनः बढेको छ। कृषि, वन तथा मत्स्य मन्त्रालयका अनुसार ५ किलो चामलको औसत खुद्रा मूल्य करसहित ४ हजार २ सय ५१ येन पुगेको छ, जुन अघिल्लो साताको तुलनामा १०९ येनले वृद्धि भएको हो। यो वृद्धि पाँच सातापछि पहिलो पटक भएको हो। मन्त्रालयले देशभरका करिब १ हजार सुपरमार्केटमा बिक्री...
जापानकी नयाँ प्रधानमन्त्री सानाए ताकाइचीद्वारा ज्याला बढाएर मुद्रास्फीति स्थिर राख्न आग्रह
टोकियो,जापान। जापानकी नयाँ प्रधानमन्त्री सानाए ताकाइचीले मंगलबार बैंक अफ जापानलाई मुद्रास्फीति दरलाई स्थायी रूपमा २ प्रतिशतमा पुर्याउने लक्ष्यका लागि तलव वृद्धिद्वारा प्रेरित मुद्रास्फीति नीतिलाई अघि बढाउन आग्रह गरेकिछन् । उनले पत्रकार सम्मेलनमा भनिन् – “केन्द्रीय बैंक र सरकारबीच नीति समन्वय र घनिष्ठ संवाद नै सबैभन्दा महत्वपूर्ण कुरा हो। म चाहन्छु बैंक अफ जापानले लागत वृद्धि मात्र होइन, ज्याला वृद्धिसँग पनि...
जापानमा चामलको औसत मूल्य लगातार चौथो हप्ता घट्यो
टोकियो,जापान। जापानभरका करिब १ हजार सुपरमार्केटहरूमा बिक्री हुने चामलको औसत मूल्य गत आइतबारसम्मको एक सातामा अघिल्लो हप्ताको तुलनामा ६३ येनले घटेर ५ किलोको लागि ४,१४२ येन पुगेको जापानको कृषि मन्त्रालयले जनाएको छ। मूल्य लगातार चौथो हप्ता घटेको भए पनि यो लगातार छैटौँ हप्ता ४ हजारभन्दा माथि नै रहेको छ। शुक्रबार सार्वजनिक गरिएका नयाँ मूल्य विवरण अघि, कृषि मन्त्री शिन्जिरो कोइजुमीले पत्रकार...
सन् २०२७ देखि जापानमा विदेशी प्रशिक्षार्थी कार्यक्रम नयाँ प्रणाली मार्फत कार्यन्वन गरिने ,विदेशी कामदारहरुलाई थप सहज हुने अपेक्षा
टोकियो/जापान। जापान सरकारले अहिले विवादित विदेशी प्रशिक्षार्थी कार्यक्रमलाई सन् २०२७ देखि नयाँ प्रणालीमार्फत प्रतिस्थापन गर्ने निर्णय गरेको छ। यस नयाँ कार्यक्रमले कामदारको अधिकार संरक्षणलाई सुदृढ बनाउने, रोजगारी परिवर्तनमा लचकता दिने र निगरानी प्रणाली कडा गर्ने उद्देश्य राखेको छ। यस सम्बन्धी कानुन सन २०२७ अप्रिल १ देखि लागू हुने छ। नयाँ व्यवस्थाअनुसार विदेशी कामदारले निश्चित सर्तसहित एउटै उद्योगभित्र कार्यस्थल परिवर्तन गर्न...

