टोकियो,जापान। टोकियोका २३ वटै वडामा गत अक्टोबर महिनाको उपभोक्ता मूल्य सूचकाङ्क अघिल्लो वर्षको सोही महिनाको तुलनामा २.८ प्रतिशत बढेको सरकारी तथ्याङ्कले देखाएको छ। यो वृद्धिदर गत सेप्टेम्बरको २.५ प्रतिशतभन्दा ०.३ अंक बढी हो, र पछिल्ला ५ महिनामध्ये पहिलो पटक वृद्धि भएको हो।
जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय का अनुसार मूल्य वृद्धिको मुख्य कारण यस वर्षको गर्मीमा गरिएको पानीको आधारभूत शुल्कमा छुट अक्टोबरअघिसम्म मात्र कायम भएकाले, त्यसको अन्त्यपछि पानीको बिलमा वृद्धि हुनु हो।
खाद्य वस्तुहरूको हकमा, ताजा तरकारीबाहेकका खाद्य पदार्थको मूल्य ६.७ प्रतिशत बढेको छ। त्यसमध्ये,चामलको मूल्य अघिल्लो वर्षभन्दा ४० प्रतिशत बढी रहेको छ।
विशेष गरी अण्डाको मूल्यले सन् १९९३ पछि पहिलोपटक अक्टोबर महिनामा सबैभन्दा उच्च स्तर पुगेको छ। यसको प्रमुख कारण वर्षको सुरुमा फैलिएको बर्डफ्लु हो जसले उत्पादनमा ठुलो असर पारेको थियो।त्यस्तै, आगामी नोभेम्बर महिनाको तरकारी बजार सम्बन्धी पूर्वानुमान अनुसार आलु र प्याजको मूल्य औसतभन्दा ३० प्रतिशतभन्दा बढी बढ्ने देखिएको छ।
समग्रमा, जापानमा खाद्य तथा दैनिक उपभोगका वस्तुहरूको मूल्य स्थिर हुन समय लाग्ने देखिएको छ भने, उपभोक्ताहरूका लागि घरपरिवार खर्च अझ बढ्ने चिन्ता थपिएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




