टोकियो/जापान। इशिकावा प्रान्तमा उत्पादित उच्च गुणस्तरको हिउँदे येलोटेल (बुरी) को यो सिजनको पहिलो कारोबारमा सोमबार कानाजावामा सम्पन्न भएको छ। नीलामीमा प्रस्तुत गरिएको ‘किरामेकी’ ब्रान्डको येलोटेल माछा ४० लाख येन (अन्दाजी २५ हजार अमेरिकी डलरभन्दा बढी) मा बिक्री भएको छ, जुन अहिलेसम्मका सबैभन्दा उच्च मूल्यसँग बराबरी गर्दै इतिहास दोहोर्याएको छ।
सो दिन केवल एक मात्र येलोटेललाई ‘किरामेकी’ ब्रान्डको प्रमाणपत्र प्रदान गरिएको थियो। किरामेकी मान्यता पाउन माछाले कडा मापदण्ड पूरा गर्नुपर्छ, जसमा न्यूनतम १४ किलोग्राम तौल, शारीरिक क्षति नदेखिनु र पर्याप्त मोटाइ तथा आकार हुनु पर्दछ।
हिउँदमा पकडिने येलोटेल माछा बाक्लो बोसोयुक्त हुने भएकाले स्वादिष्ट मानिन्छ। तीमध्ये पनि किरामेकी ब्रान्डलाई सबैभन्दा उत्कृष्ट मानिन्छ। सोमबार इशिकावा क्षेत्रमा कुल ५५२ येलोटेल माछा ल्याइएका थिए, जसमा केवल ९ वटा माछालाई किरामेकी प्रमाणिकरणको प्रक्रिया सञ्चालन गरिएको थियो।
लिलामी विक्री भएको माछाको तौल १४.५ किलोग्राम र लम्बाइ ९२ सेन्टिमिटर रहेको बताइएको छ। यो माछा स्थानीय बजार तथा उच्चस्तरीय रेस्टुरेन्टहरूमा उच्च मूल्यमा प्रस्तुत गरिने अनुमान गरिएको छ।
इशिकावा क्षेत्र उच्च गुणस्तरको येलोटेलका लागि प्रसिद्ध मानिन्छ, र किरामेकी ब्रान्डले यो प्रतिष्ठालाई अझ मजबुत बनाउँदै गएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




