टोकियो,जापान। जापानको निगाता प्रान्तीय सरकारले निगाताको ताईनाई सहरको एउटा कुखुरा फार्ममा उच्च संक्रामक बर्डफ्लुको पुष्टि भएको जनाएको छ।यो यस सिजनमा जापानको पोल्ट्री फार्ममा देखिएको तेस्रो बर्डफ्लु संक्रमण हो।

निगातास्थित उक्त फार्ममा रहेका करिब ६ लाख ३० हजार अण्डा उत्पादन गर्ने कुखुराहरूलाई संक्रामण फैलिन नदिनका लागि नष्ट गरिने भएको छ।
प्रान्तीय सरकारका अनुसार सोमबार बिहान फार्मले कुखुराहरूको अस्वाभाविक मृत्यु दर बढेको जानकारी दिएको थियो। प्रारम्भिक परीक्षणमा भाइरस पोजिटिभ देखिएपछि विस्तृत जीन विश्लेषण गरी संक्रमणको पुष्टि गरिएको हो।

यसअघि चालु सिजनको पहिलो बर्डफ्लु संक्रमण अक्टोबर २२ मा होक्काइदोको सिराओई गाउँमा भेटिएको थियो भने दोस्रो संक्रमण यही नोभेम्बर २ मा सोही प्रान्तको एनीवा शहरमा पुष्टि भएको थियो।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार